धनगढी / कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचाररत एक म्युकोमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु भएको छ ।

यही १९ जेठ १७ गतेदेखि अस्पतालमा उपचाररत कैलालीको बर्दगोरियाकाका ६५ वर्षीय पुरुषको म्युकोमाइकोसिस (कालो ढुसी) का कारण मृत्यु भएको हो ।

OM Sai Pathibhara Hospital

उनको बिहीबार बिहान ७ः०० बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए । लक्षण देखिएपछि ‘बायोप्सी’ परीक्षण गर्दा कालो ढुसी पुष्टि भएको अस्पताल प्रशासनले जनाएको छ ।