काठमाडौँ / कोरोना सङ्क्रमणका कारण वाग्मती प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनाको निधन भएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना सङ्क्रमणका कारण प्रदेशका १३ जिल्लामा नौ महिला र ११ पुरुष गरी कूल २० को निधन भएको छ ।

OM Sai Pathibhara Hospital

मन्त्रालयका अनुसार निधन हुनेमा काठमाडौँमा पाँच, ललितपुरमा चार, रामेछापमा तीन, काभ्रेमा दुई, घादिङ, नुवाकोट र भक्तपुरमा एक/एक रहेका छन् । यससँगै वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण निधन हुनेको सङ्ख्या दुई हजार ४४४ जना पुगेको छ ।