विराटनगर / कोशी अस्पताल विराटनगरका स्वास्थ्यकर्मी माथि ड्युटि सकेर घर जाने क्रममा प्रहरीले निर्घात कुटपिट गरेको छ । अस्पतालका सिनियर अहेव अशोक राजवंशीलाई मंगलबार राति देवकोटा चौकमा ड्युटीमा खटिएका प्रहरीले निर्घात रुपमा कुटपीट गरेका हुन् । कुटपीटका कारण राजवंशीको घुडा र खुट्टामा चोट लागेको छ ।

प्रहरीको कुटाईबाट घाईते बनेका राजवंंशीले वाटोमा खटिएका प्रहरीले अस्पतालबाट ड्युटि सकेर फर्केको बताउँदा बताउँदै आफु माथि कुटपिट भएको जानकारी गराएका कछन् ।

OM Sai Pathibhara Hospital

उता प्रहरीले भने ड्युटिमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेर भाग्न खोजेपछि घटना भएको जिकीर गरेको छ । मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले घटनाको विषयमा अनुशन्धान भईरहेको वताएका छन् । उनले चेकजाँचको क्रममा मोटसाइकल नरोकी अपशब्द बोल्दै अगाडि बढ्न खोज्नेपछि ड्युटीमा खटिएको प्रहरीले बल प्रयोग गरेको देखिएको  वताएका छन् ।

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको विषयलाई लिएर अस्पतालका कर्मचारीले आन्दोलन थालेपछि एसपी सन्तोष खड्का सहित कोशी अस्पतालमा बैठक बसेको छ । बैठकमा खड्काले स्वास्थ्यकर्मीलाई कुटपिट गर्ने प्रहरीलाई कारवाहीको दायरमा ल्याउने प्रतिवद्धता जनाएका छन् ।