काठमाडौं / आज देशभर थप ६ हजार ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभरका प्रयोगशालामा १७ हजार १४७ जनाको पिसिआर र  ३ हजार १८  जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत  ५ हजार २८५ जना र एन्टीजेटमार्फत ८०० जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

OM Sai Pathibhara Hospital

देशभर एक लाख ४ हजार ७८९ जना  सक्रिय संक्रमित रहेका छन्। 

त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ६८ जना संक्रमितको मृत्यु भएको छ। आज ६ हजार ८९८ जना संक्रमित निको भएका छन्।