बिर्तामोड / सरकारले अगामी बर्षभित्रमा काठमाडौ उपत्यकामा एक सय विद्युतीय वस सञ्चालन गर्ने भएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषणका क्रममा सो कुराको जानकारी गराएका हुन् ।
त्यस्तै विद्युतीय सवारी साधनको प्रयोग बढाउन काठमाडौ उपत्यकासहितका स्थानमा चार्जिग स्टेशन, टर्मिनल भवन लगायत अन्य पुर्वाधार निर्माण गर्ने सरकारले जनाएको छ ।