नेपालगञ्ज / बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक र नर्ससहितका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणमा नेकपा एमालेको ओली समुहका प्रदेश स्तरिय नेता मन बहादुर राउत संलग्न रहेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानका क्रममा घटनामा संलग्न रहेको पाईएपछि राउतलाई पक्राउ गरेको छ ।

पक्राउ परेका राउत एमालेको लुम्बिनी प्रदेश कमिटि सदस्य हुन् । आफन्तको मृत्यु भएको विषयलाई लिएर राउत नेतृत्वको समुहले मध्यराति अस्पतालमा प्रवेश गरी चिकित्सक , नर्स र अन्य स्वाथ्यकर्मीमाथि सांघातिक हमला गरेको थियो ।राउत समुहको आक्रमणमा परी अस्पतालका ४ कर्मचारी घाईते भएका छन् । घाइतेको भेरी अस्पतालमा नै उपचार भईरहेको छ ।  

OM Sai Pathibhara Hospital

घटनामा संलग्न समुहका नाईके राउत मुख्य मन्त्री शंकर पोखरेल र शान्ता चौधरी निकट ओली समुहका नेता भएको स्थानियले जानकारी गराएका छन् ।

दाङको तुलसीपुर ११ उरहरीका ५४ वर्षीय डिल्लीबहादुर रावतको मृत्यु भएपछि उनका भाइ मनबहादुर रावत नेतृत्वको समुहले अस्पताल अनि अस्पतालका कर्मचारी माथि भौतिक आक्रमण गरेको थियो ।

आक्रमण पछि त्रसित बनेका स्वास्थ्यकर्मीले घटनामा संलग्नमाथि कडा कारवाही अनि सुरक्षाको माग राखी आन्दोलन सुरु गरेका छन् । कोरोनाको सवैभन्दा वेसी विरामीको उपचारमा संलग्न अस्पतालका कर्मचारीमाथि भएको आक्रमणको सर्वत्र आलोचना भएको छ ।

घटनाका विषयमा छानविन गर्न सरकारले छानविन समिति बनाएको भएपनि सत्तामा रहेको दलकै प्रदेश स्तरिय नेता संलग्न रहेकाले उनलाई छुटाउन छानविन समिति बनाईएको आशंकामा स्वास्थ्यकर्मीले आन्दोलनलाई निरन्तरता दिने जनाएका छन् ।