बिर्तामोड / नेपालका लागि नेपाली पार्टीका प्रवक्ता डा बिजय मिश्रले आफ्नो दलको ओमकार परिवार सहित नेपालमा रहेका सवै धार्मिक समुदायको सह अस्तित्व सहितको सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र स्थापना गर्ने लक्ष्य रहेको बताएका छन् ।

२५६५ औं वुद्ध जयन्ति , साकेला उभौली र गोरखनाथ पर्वका अवसरमा सो पार्टीका तर्फबाट शुभकामना  वक्तव्य जारी गर्दै महासचिव मिश्रले पार्टीको आधिकारीक धारणा सार्वजनिक गरेका हुन् । 

OM Sai Pathibhara Hospital

मिश्रद्धारा जारी वक्तव्यमा महायोगी गोरखनाथकै कृपा र आशीर्वादले नेपाली विश्वमा विर गोर्खाली नामले चिनिएको अनि अंग्रेजलाई परास्त गर्न पनि गोरखनाथकै कृपा रहेको जिकीर समेत गरिएको छ । 

नेपाल र नेपाली संकटमा रहेको भन्दै विज्ञप्तिमा गोर्खालीको संरक्षण र विजय अभियानमा जस्तै अहिले पनि योगी गोरखनाथको कृपा अनि आर्शिवाद आवस्यक रहेको उल्लेख गरिएको छ । संकटको घडीमा पुगेको अनि संकटमा रहेका नेपालीलाई संकटमोचन गरेर समृद्ध मुलुक बनाउन नेपालका लागि नेपाली पार्टी स्थापना भएको विज्ञप्ति मार्फत जानकारी गराईएको छ । 

भगवान वुद्धका पञ्चशीलको उपदेशको स्मरण गराउँदै विज्ञप्तिमा भ्रष्टाचारी, झुटको खेती गर्ने र हिंसाबाट राजनितिमा आएकाबाट टाढै बसेर मुलुकलाई जोगाउन आम जनतामा अपिल समेत गरिएको छ ।


111 3

dui

333 1