बिर्तामोड / सरकारले लकडाउनको समयमा अनुमतिविना सवारीसाधन चलाए जरिबाना तिर्नु पर्ने कठोर कानुन ल्याएको छ । । सरकारले विना अनुमति सवारीसाधन चलाए जरिबाना लाग्ने कठोर कानुन अध्यादेश मार्फत ल्याएको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा २१ को उपदफा २ ९ (ग) मा , ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन चलाए ५ हजार रुपैयाँ जरिवाना लाग्ने छ ।’
सरकारले ल्याएको नयाँ कानुनमा मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि पटकै पिच्छे एक सय रुपैयाँ जरिबाना लाग्ने भएको छ । आवतजावतमा रोक लगाइएको अवस्थामा सरकारी आदेशको अवज्ञा गर्ने लाई पनि दुई सय रुपैयाँ जरीवाना लाग्ने भएको छ ।