काठमाडौं  / छिमेकी देश भारतमा आजदेखि कोरानाविरुद्धको औषधी सुरु हुँदै छ । २–डिजी नामक औषधी आजदेखि बिरामीलाई दिन सुरु गर्न लागिएको हो ।

रक्षा मन्त्री राजनाथ सिंहले सोमबार २–डीजी औषधि सार्वजनिक गर्दैछन् । यसलाई भारतमा कोविड १९ संक्रमित बिरामीको लागि तयार पारिएको पहिलो औषधि भनिएको छ ।

OM Sai Pathibhara Hospital

यो औषधि भारतको रक्षा अनुसन्धान र विकास संगठन (डीआरडीओ) ले बनाइएको हो । यो औषधिलाई भारत सरकारले आपतकालीन प्रयोगको लागि अनुमति दिएको छ। सामान्य प्रयोगको लागि अनुमति नपाएसम्म यो औषधि बजारमा तत्काल उपलब्ध हुने छैन । त्यसकारण तत्काल नेपालमा आउने सम्भावना छैन ।

२–डिजी औषधि पाउडरको रूपमा तयार पारिएको छ । यसलाई सबैभन्दा पहिले डीआरडीओ कोभिड अस्पतालमा भर्ती भएका बिरामीलाई दिइने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । डीआरडीओका अधिकारीहरूका अनुसार देशभरका २७ अस्पतालमा यसको अन्तिम परीक्षण गरिएको थियो ।