बिर्तामोड / देशभर आज थप सात हजार ३ सय ६८ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरिएको १९ हजार ४३९ जनाको पिसिआर र ३४४  जनाको एन्टीजेन  परीक्षणमा सात हजार ३ सय ६८ जनालाई संक्रमण पुष्टि भएको हो । पिसिआर विधिबाट सात हजार ३ सय १६ र एन्टीजेन विधिबाट ५३ जना संक्रमित पुष्टि भएका हुन्।

OM Sai Pathibhara Hospital

यो सँगै नेपालमा सक्रिय संक्रमितको संख्या एक लाख १० हजार २ सय ६३ पुगेको छ।

आज देशभर छ हजार ६ सय ४८ जना संक्रमित निको भई डिस्चार्ज भएका छन्। देशभर ७०१ जना व्यक्ति क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। आज देशभर १ सय ४५ जना संक्रमितको मृत्यु भएको छ।