बिर्तामोड / कोरोनाको दोस्रो लहरका क्रममा अक्सिजन अभावले सर्वसाधारणको मृत्यु भएको विषयलाई लिएर सरकारी अधिकारीमाथि नागरिक हत्याको अभियोगमा मुद्धा चलाउनु पर्ने माग उठिरहेको समयमा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले नै अक्सिजन अभावले जनता मर्न थालेको स्विकार गरेका छन् । 


OM Sai Pathibhara Hospital

वरिष्ठ पत्रकार कनकमणि दिक्षितले हिमाल खबर पत्रिकाका लागि लिएको अन्र्तवार्ताका क्रममा मन्त्री ज्ञवालीले अक्सिजन अभावले जनता मर्न थालेको स्विकार गर्दै विर अस्पताल र ट्रमा सेन्टरमा अक्सिजन अभावले १८ जना मरेको समाचारको पुष्टि गरिदिएका हुन् ।

नेपालको संविधान ०७२ मा मौलिक हकका रुपमा प्रत्येक नागरिकले स्वास्थ्य सेवा पाउने सुनिश्चितता गरिएको छ । संविधानको धारा ३५ मा स्वास्थ्यसम्बन्धी हक उल्लेख छ । उक्त धाराको उपधारा १ मा भनिएको छ, ‘प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्ने हक हुनेछ र कसैलाई पनि आकस्मिक स्वास्थ्य सेवाबाट वञ्चित गरिने छैन ।’

आधारभूत स्वास्थ्य सेवा अन्तर्गत नेपाली निःशुल्क रुपमा प्राप्त गर्ने स्वास्थ्यसम्बन्धी हक मध्ये सरुवा रोग सम्बन्धी सेवा पनि पर्छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस पनि सरुवा रोग हो । 

अक्सिजन अभावका विषयमा मन्त्री ज्ञवालीले जनतालाई झुक्याउने गरी तथ्याङ्क समेत प्रस्तुत गरेका छन् । उनले लिक्वीड सिलिण्डर ओसार–पसार र आयातका लागि थप एउटा ट्याङकर व्यवस्था भए मुलुकभर अक्सिजन अभाव नहुने दावी गरेका छन् । स्मरण रहोस एउटा ट्यांकरमा भएको लिक्वीड ले १५०० सिलिण्डर मात्रै भर्न मिल्छ । 

नेपालमा संचालित उद्योग र अस्पतालहरुको उत्पादन दैनिक करिव १० हजार सिलिण्डर भएपनि माग अहिले दैनिक १५००० सिलिण्डर भन्दा बेसी रहेको छ । मन्त्री ज्ञवालीले भनेको कुरालाई मान्ने हो भने दैनिक १५०० सिलिण्डर थप हुँदा पनि नेपालको उत्पादन क्षमता करिव १२००० सिलिण्डर मात्रै हुन जान्छ । 

अक्सिजन सिलिण्डर अभावका विषयमा उनले गैरआवासिय नेपालीले सरकारलाई दिएको सिलिण्डरको विषयमा पनि अर्को झुट बोलेका छन् । उनले अर्को झुट बोलेका छन् । अक्सिजन नपाएर नेपाली मर्न थालेपछि नेपालीलाई बचाउन गैरआवासिय नेपालीले आर्थिक संकलन गरी ओमानबाट पठाउन लागेको अक्सिजन सिलिण्डरको विषयमा पनि प्रवासी नेपालीको मन दुख्ने गरी उनले भनेका छन् –सिलिन्डरहरुको आवश्यकतालाई ध्यानमा राखेर हामीले चीनबाट, ओमानबाट र अरु विभिन्न ठाउँबाट अक्सिजन सिलिण्डरहरु पनि मगाइरहेका छौं । र, अरु देशहरुले पनि अक्सिजन सिलिन्डरको सहायता गरिरहनुभएको छ ।

उनले अन्तरवार्ताका क्रममा संक्रमित मध्ये २० प्रतिशतलाई अक्सिजन आवस्यक हुने समेत बताएका छन् । उनकै भनाई लाई आधार मान्ने हो भने सक्रिय संक्रमितको २० प्रतिशत संख्या २० हजार भन्दा माथि हुन जान्छ । २० हजार लाई दैनिक एउटा सिलिण्डर आवस्यक पर्न जाँदा पनि नेपालको माग दैनिक २० हजार सिलिण्डर हुन्छ । 

मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली सघ चिनले दिएको १०० सिलिण्डर र चिनिया सरकारले दिएको ४०० सिलिण्डरको विषयमा सरकारले मगाएको भनेर अभिव्यक्ति दिएपछि नागरिक स्तरबाट सो कुराको विरोध सुरु भएको छ । स्मरण रहोस प्रवासमा काम गरिरहेका नेपाली नागरिकले खरिद गरी सरकारलाई दिएका अक्सिजन र दिन तयारी पारिएका अक्सिजन सहितका सामाग्रीको विषयलाई संघको अनि संघका अध्यक्ष कुमार पन्तको फेसबुक पेजमा राखिएको छ ।

उनले खोप लगाउने मुलुकमा दक्षिण एसियामा नेपाल दोस्रो मुलुक भएको भन्दै फेरि पनि जनता झुक्याउने गरी झुटो प्रचार गर्ने कोसिस गरेका छन् । स्मरण रहोस भारतमा १६ जनवरी अनि नेपाल र बंगलादेशमा एकै दिन अर्थात जनवरी २७, २०२१ मा खोप लगाउन सुरु भएको थियो । जनसंख्याको अनुपातमा खोप दिने मुलुकमा भुटान पहिलो हो भने दोस्रो बंगलादेश अनि तेस्रोमा नेपाल र पाकिस्तान भएको तथ्याङ्कहरुले पुष्टि गरेका छन् ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसअघि संसदको बैठकलाई सम्वोधन गर्दै यसो भनेर जनता झुक्याएका थिए – ‘अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं । हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएकोे छ ।

खोप आयातका विषयमा भएको कमिशनको खेल उनले अन्तरवार्ताका क्रममा लुकाउने कोशिस गरेपनि लुकाउन सकेका छैनन् । सरकारले सिधै सेरमबाट खरिद गरेको १० लाख खोपमा कमिशनको खेल नभएको दावी उनले गरेका छन् । तर थप ५० लाख खोप आयातका विषयमा सेरम बिचमा घुसेको आएको पनि उनले स्वीकार्दै सेरमलाई दिन खोजिएको १० प्रतिशत कमिशनका विषयमा मौनता साँध्दै सो कुराको पुष्टि गरिदिएका छन् । 

प्रधानमन्त्रीले विदेशी संचारमाध्यमलाई एक दिनको फरकमा दिएको अन्तरवार्ताका विषयमा पनि जनता झुक्याउने उनले कोशिस गरेका छन् । उनले प्रश्न सोधाईका कारण त्यस्तो भएको दावी गरेका छन् । 

स्मरण रहोस स्वास्थ्य मन्त्रालयले महामारी थेग्न नसक्ने भनेर घोषणा गरेको भोली पल्ट सिएनएनलाई प्रधानमन्त्रीले दिएको अन्तरवार्तामा संक्रमण सरकारको नियन्त्रणमा रहेको बताएका थिए भने त्यसको एक दिन पछि गार्जियनमा लेख लेख्दै नेपालमा संकट आएको स्विकार गरेका थिए ।  

संकटका बेला औषधि अभाव समेत भएको स्विकार गर्दै मन्त्री ज्ञवालीले सरकारी लगानीको नेपाल औषधि लिमिटेडको अभाव खड्किएको बताउँदै सो उद्योग बन्द हुनुमा आफु आवद्ध दल सहित राजनितिक दलको हात भएको समेत अन्र्तवार्ताका क्रममा स्विकार गरेका छन्