बिर्तामोड / कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउने पत्रकारको संख्या १३ पुगेको छ । उपचारमा रहेकामध्ये ३ को अवस्था गम्भीर छ । 

पहिलो लहरमा ६ पत्रकारको मृत्यु भएकोमा दोस्रो लहरमा पनि यही संख्यामा पत्रकारको मृत्यु भएको नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । 

OM Sai Pathibhara Hospital

करिब ७ सय ५० पत्रकार अहिलेसम्म सक्रिमत भइसकेका छन् । यीमध्ये करिब २०० भन्दा बढी पत्रकार अहिले भाइरससँग जुधिरहेका छन् । यसमा काठमाडौं कार्यक्षेत्र बनाउने धेरै छन् । 

नेपाल पत्रकार महासंघका अनुसार, सक्रमितमध्ये अधिकांश घरमै स्वास्थ्यलाभको प्रयास गरिरहेका छन् । २५ जना भने देशका विभिन्न अस्पतालमा उपचाररत छन् । यीमध्ये तीन पत्रकारको अवस्था भने गम्भीर रछ । उनीहरू पोखरा र काठमाडौंमा उपचाररत रहेको बताइएको छ । 

 ‘अहिले कोरोना संक्रमित २५ पत्रकार अस्पताल भर्ना हुनु भएको छ । यसमध्ये ३ पत्रकारको अवस्था गम्भीर छ,’ महासंघका अध्यक्ष पोखरेलले साँघुसँग भने ।  

अध्यक्ष पोखरेलका अनुसार, कोरोनासँग सम्बन्धी समस्या लिएर आउने फोन कल बढेको छ । आफूलाई आउने झण्डै ९० प्रतिशत फोन कोरोनासँग सम्बन्धित रहेको उनले जानकारी दिए । 

 पत्रकारहरूलाई महासंघले पहिलो त सचेत रहन आग्रह गरेको पोखरेलले जानकारी दिए । सञ्चार गृहलाई पनि पत्रकारको स्वास्थ्यमा ध्यान दिन भनिएको छ । यसबाहेक केन्द्र र विभिन्न जिल्लामा आइसोलेसन निर्माण गरिएका छन् । 

केन्द्रको आइसोलेसनमा भने अहिलेसम्म कोही पनि नबसेको उनले जानकारी दिए । आइसोलेसनमा नबसे पनि अक्सिजनलगायतका सामग्रीको सहायता महासंघले गरिरहेको छ ।