काठमाण्डौं / कोराना संक्रमण नियन्त्रण तथा रोकथामका लागि निषेधाज्ञा लागू गरिएका जिल्लाको सङ्ख्या आजदेखि ७० पुगेको छ । ७० जिल्ला मध्ये सात जिल्लामा आंशिक र ६३ जिल्लामा जिल्लाभर पूर्ण निषेधाज्ञा लागू भएको गृह मन्त्रालयले जनाएको छ ।

रसुवा र पाँचथरमा लागू भएको निषेधाज्ञा आजदेखि सुरु भएको छ । यसैबीच काठमाडौं उपत्यकामा थप १५ दिन निषेधाज्ञा थप्न सिफारिस भएको छ ।

OM Sai Pathibhara Hospital

जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले सिफारिस गरेको र तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरुको सहभागितामा आज हुने बैठकले आवश्यक निर्णय लिने काठमाण्डौका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

देशभर सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा लम्ब्याउनुपर्ने आवश्यकता देखिएको प्रमुख जिल्ला अधिकारी पराजुलीले बताएका छन् ।

यसअघि बैशाख १६ गतेदेखि लागू हुने गरी उपत्यकामा एक हप्ता र त्यसपछि थप कडाइ गर्दै पुनः अर्को एक हप्ता थप गरिएको थियो । भोलि रातिदेखि निषेधाज्ञा आदेशको समय सकिन लागेकाले थप गर्ने तयारी गरिएको हो ।