मोरङ / मोरङको बिराटनगर महानगरपालिका –१६ बाट नियन्त्रीत लागुऔषध सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईटहरी उप–मानगरपालिका –४ का २४ बर्षीय असिम बस्नेत र ईटहरी उप–मानगरपालिका –५ का ३२ बर्षीय कुमार बिश्वकर्मा रहेका छन् । 

बिहिवार राती  भारतिय क्षेत्रबाट नेपाल तर्फ आउँदै गरेको को २५ प २५५५ नम्बरको स्कुटरलाई रोकेर चेकजाँच गर्ने क्रममा  उनीहरुको साथबाट प्रहरीले लागुऔषध डाईजेल्याब ३० एम्पुल, लुपिजेसिक ३० एम्पुल, फेरागन ३० एम्पुल, डाईलेक्स डिसी १ बोतल, नाईट्रोजन ट्याब्लेट १० चक्की र सामसुङ कम्पनिको २ थान मोवायल बरामद गरेको छ । 

OM Sai Pathibhara Hospital

पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय रानीले जनाएको छ ।