दमौली / तनहुँको दमौली अस्पतालमा तयार गरिएको आइसोलेसन कक्षको सोमबार अनुगमन गरिएको छ ।  

जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी सागर आचार्य, व्यास नगरपालिकाका उपप्रमुख मीरा जोशी लगायत अनुगमन गरेका हुन् । दमौली अस्पतालले सात आइसियु र चार वटा भेन्टिलेटरसहितको आइसोलेसन कक्ष तयार गरेको छ ।