बिराटनगर / धनकुटा र उदयपुरका २ छुट्टाछुट्टै स्थानबाट लागुऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धनकुटा नगरपालिका –७ बाट धरान उपमहानगरपालिका –१९ का २३ बर्षीय भिमराज लिम्बु एभिल ४४ एम्पुल, लुपिगेसिक ३८ एम्पुल, डिज्याल्याब ४७ एम्पुल लागुऔषध सहित पक्राउ परेका हुन् ।
यसैगरी उदयपुरको त्रियुगा नगरपालिका –६ चुहाडेबाट त्रियुगा नगरपालिका –१२ का २१ बर्षीय पप्पु मल्लिक डुम लागुऔषध डाईजेपाम ६० एम्पुल, न्युफिन ६० एम्पुल, फेनारगन –६० एम्पुल र सिरिन्ज –१ थान सहित शनिवार साँझ ६ बजे पक्राउ परेका हुन् ।
लागुऔषध सहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।