ताप्लेजुङ / ताप्लेजुङमा बुधबार ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वाब पठाइएको मध्ये ६६ जनाको मात्र रिपोर्ट आएको र बाँकी ६ जनाको बिहीबार मात्रै रिपोर्ट आउने स्वास्थ्य कार्यालय ताप्लेजुङका जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलले जानकारी दिइन् ।

OM Sai Pathibhara Hospital

जनस्वास्थय अधिकृत खरेलका अनुसार संक्रमित हुनेमा ६ महिला र ५ पुरुष रहेका छन् । संक्रमितहरु सबै फुङलिङ नगरपालिका स्थित बजार क्षेत्रका रहेका छन् । यो सहित ताप्लेजुङमा सक्रिय संक्रमितको संख्या १३ पुगेको छ ।

संक्रमितहरु सबैजनालाई होम आइसोलसन बस्ने गरी व्यवस्थापन गरिएको फुङलिङ नगरपालिकाका मेयर छत्रपति प्याकुरेलले जानकारी दिए । उनका अनुसार आवश्यक स्वास्थ्य सामाग्री सहित नगरपालिकाबाट स्वास्थ्यकर्मीहरु समेत खटाइएको छ ।

यसअघि कोरोना संक्रमणको संभावित जोखिमलाई न्युनिकरण गर्न सिमा नाका काबेलीमा हेल्थ डेक्सको समेत स्थापना गरिएको छ ।