काठमाडौं  / बालुवाटार स्थित प्रधानमन्त्रीनिवास भत्काएर नयाँ भवन निर्माण गर्न गरिएको एउटा टेन्डर रद्द गरिएको छ । 

शहरी विकास तथा भवन निर्माण विभाग, विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले गत चैत १ गते प्रधानमन्त्रीनिवासको प्राइभेट ब्लक निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । प्राप्त बोलपत्र प्रभावग्राही नभएको भन्दै कार्यालयले उक्त टेन्डर रद्द गरेको हो । 

OM Sai Pathibhara Hospital

प्रधानमन्त्रीनिवासको प्राइभेट ब्लक निर्माणका लागि पेश भएका बोलपत्रदाताहरूको बोलपत्र मूल्यांकन गर्दा सबै बोलपत्रहरु सारभूत रूपमा प्रभावग्राही नभएकाले सो बोलपत्र रद्द गरिएको आयोजना समन्वय कार्यालयका निर्देशकले जनाएका छन् । यसअघिको टेन्डर रद्द भएपछि कार्यालयले यसका लागि पुनः अर्को प्रक्रिया थाल्ने तयारी गरेको छ । 

अहिलेको प्रधानमन्त्री निवासलाई भत्काएर ४० करोड लागतमा दुई भवन बनाउन आर्थिक वर्ष ०७६÷७७ मै बजेट विनियोजन गरिएको थियो । जसअनुसार दुई भवन निर्माण हुनेछन् । एउटा भवनमा प्रधानमन्त्रीको निजी निवास र अर्कोमा भेटघाट र बैठक कक्ष रहनेछ । 

पब्लिक भवन चोक शैली ९कन्ट्रियार्ड कन्सेप्ट०मा बनाउने योजना छ ।  करिब हजार स्क्वायर मिटर अर्थात् दुई रोपनी क्षेत्रफलमा निर्माण गर्न लागिएको यो भवनमा नेपाली संस्कृति र परम्परागत शैली झल्किनेछ । भवन तीन तलाको हुनेछ । पूर्वतर्फ फर्काएर बनाइने भवनको भुइँतलामा विभिन्न प्रयोजनका लागि १४ युनिट हुनेछन् । 

यो भवन पूर्वतर्फ फर्काएर बनाइनेछ ।  विभिन्न प्रयोजनका लागि १४ युनिट रहने भवनको भुइँतलामा अति विशिष्ट व्यक्तित्वसँगको भेटघाट कक्ष, क्याबिनेट हललगायतको प्रबन्ध गरिनेछ । ४० जनासम्म बसेर खान मिल्ने डाइनिङ हल, भान्छाकोठा, सञ्चार कोठा, सुरक्षाकर्मी कन्ट्रोल रुम, गोप्य लाउन्ज, हाउस किपिङ, वेटिङ एरिया, एडिसी कार्यालयलगायत पनि हुनेछ ।