काकडभिट्टा / स्थानीय प्रशासनले नाकामा कडाइँ गर्दै पुर्वी नाकाबाट नेपाल प्रवेश गर्ने सँग पिसिआर रोपोर्ट माग्न सुरु गरिएको छ । पिसिआर रिर्पोट हुनेलाई मात्र नेपाल प्रवेश दिन थालिएको छ ।
नेपाल प्रवेश गर्ने भारतीयलाई ७२ घन्टाभित्रको पिसिआर परीक्षणको रिपोर्टको आधारमा मात्रै प्रवेश दिन थालिएको छ भने नेपाली नागरीकको हकमा भने स्वास्थ्य परिक्षण गरेर प्रवेश दिने गरिएको छ ।
संक्रमण वढेपछि स्थानीय प्रशासनले सीमावर्ती नाकामा आवतजावतमा कडाइ गरेको छ । सीमावर्ती नाकामा सुरक्षा कडा पारिएको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ।