बिर्तामोड / शाही शासनको झल्को दिने गरी प्रहरीले समाचारको विषयलाई लिएर उज्यालो नेटवर्क डटकम नामक अनलाइन न्यूज पोर्टलको कार्यालय घेरावन्दी गरेको छ ।
अनामनगर स्थित कार्यालय घेरावन्दी गरेको प्रहरीले पत्रकारलाई कार्यालयभित्रै नियन्त्रणमा राखेको छ ।उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङले प्रहरीले धरपकड गरेको फेसबुक मार्फत जानकारी गराएका छन् । तामाङले फेसबुकमा लेखेका छन्– ‘उज्यालो नेटवर्कको कार्यलयमा प्रहरीले पुनः धरपकड गरेको छ । म लगायत उज्यालो नेटवर्कको पत्रकारहरुलाई प्रहरीले उज्यालो नेटवर्ककै कार्यलयमा नियन्त्रणमा राखेको जानकारी गराउन चहान्छु ।’
समाचार लेखेकै कारण पत्रकारलाई धरपकड नगर्न अदालतले आदेश दिइसकेको बेला प्रहरी पुनः उज्यालो नेटवर्क डटकमको कार्यालय पुगेको हो । शाही शासनको झल्को दिने गरी प्रहरीले संचारमाध्यम माथि गरेको धरपकडको पत्रकार महासंघ सहित पत्रकार सम्वद्द संघ संस्थाले विरोध जनाएका छन् ।