बिर्तामोड / वास्तविक जग्गाधनीको मृत्यु भएको करिव सवा एक वर्षपछि नक्कली जग्गाधनी बनाएर बिर्तामोड – १ स्थित अदुवाखोला नजिक पुर्व पश्चिम राजमार्गमा पर्ने करोडौ मुल्यको १ कठ्ठा पौने १४ धुर जग्गा किनबेचमा संलग्न गिरोहका १० जनालाई प्रहरीले पक्राउ गरेको छ भने थप ६ जना फरार रहेको जनाएको छ ।
करोडौं मुल्य पर्ने जग्गा वास्तविक हकवालाले थाहा नै नपाई किनबेच भएको विषयमा ईलाका प्रहरी कार्यालय बिर्तामोडमा जाहेरी परेपछि सो विषयमा प्रहरीले एक महिना अघि वाट अनुशन्धान थालेको थियो । घटनामा संलग्न फरार हुने भयले प्रहरीले पक्राउ परेकाको विवरण गोप्य राख्दै आएको थियो । बिहिबार जिल्ला प्रहरी कार्यालय झापाले प्रेस सुचना जारी गर्दै अनुशन्धान विवरण सार्वजनिक गरेको हो ।
पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–३ का ३९ वर्षिय मंगलसिंङ राजवंसी , नापी शाखाका पुर्व कर्मचारी एवं चन्द्रगडीमा रहेको नमस्ने होटलका संचालक ५२ वर्षिय नविन कोईराला, बाह्रदशी गाउँपालिका–५ का जग्गा कारोवारी ५० वर्षिय लिलाधर राजवंसी , भोजपुरको तिवारी भन्ज्याङ स्थायि ठेगाना भई झापाको गौरीगंज–१ का ३७ वर्षिय बलराम विस्वकर्मा सुसिल र नेपाल विध्युत प्राधिकरण फिक्कल शाखाका कर्मचारी झापाको शिव सतासी नगरपालीका –८ का ४२ वर्षिय भुपदेव कटुवाल रहेका छन् ।
त्यसैगरी पक्राउ पर्ने अन्यमा विर्तामोड स्थित ट्याक्टर सो रुमका संचालक एव जग्गा कारोवारी अर्जुनधारा –५ का ५३ वर्षिय लेखनाथ खनाल , विर्तामोड स्थित दोभान कन्ट्रक्सन कम्पनीका संचालक विर्तामोड–४ का ३४ वर्षिय गोवीन्द वान्तवा मिलन , विर्तामोड–१० का ७१ वर्षिय देवी प्रसाद पाण्डे , विर्तामोड–४ झापाकी ३३ वर्षिय रन्जु राई र उर्लावारी ४ मोरङका –४८ वर्षिय राजन विस्वकर्मा रहेका छन् ।सुनिल यस अघि पनि अन्तशुल्कको नक्कली स्टिकर प्रकरणमा पक्राउ परेका थिए ।
गिरोहमा संलग्न बलराम विस्वकर्र्मा , लेखनाथ खनाल ,गोवीन्द वान्तवा , राजन विस्वकर्मा र रन्जु राई काठमाण्डौका विभीन्न ठाउँबाट र पक्राउ परेका अन्यलाई भने झापाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुशार फरार हुनेमा गौरादह – १ का वडाअध्यक्ष वलराम खरेल , भुमिसुधार तथा मालपोत कार्यालय झापाका अधिकृत चेतन अधिकारी , भुभिसुधार तथा मालपोत कार्यालय झापाका नायव सुब्बा हरि तिवारी , ओखलढुङ्गा चिसंकुगढी –७ का ५६ वर्षिय वेद प्रसाद कोईराला र खोटाङको तुवाचुङ नगरपालीका ११ स्थाई ठेगाना भई काडाघारी काठामाण्डौ बस्ने ३२ वर्षिय देव वहादुर विष्ट र झापाको भद्रपुर –७ का वर्ष ५३ का प्रकाश कार्की रहेका छन् ।
बिर्तामोडका टुंङगबहादुर बस्नेतको नाममा दर्ता कायम रहेको कित्ता नम्बर ४१८३ को एक कट्टा पौने १४ धुर जग्गा उनको मृत्यु पछि अंशियारले थाहा नै नपाई बिर्तामोड –७ की रञ्जु राईको नाममा नामसारी भएपछि यो विषय सार्वजनिक भएको थियो । वास्तविक हकवालाले सो विषयमा जाहेरी दिएपछि प्रहरीले गरेको अनुशन्धानमा १६ जनाको संलग्नतामा बस्नेतको जग्गा राईको नाममा नामसारी भएको खुलेको हो ।
अनुशन्धानका क्रममा जग्गा धनी बस्नेतको बि।स। २०७६ साल साउन २४ गते मृत्यु भएको र उनको मृत्यु पछि वास्तविक अंशियारले थाहा नै नपाई सो जग्गा बि।सं ०७७ माघ २१ गते राईको नाममा गएको पाईएको छ । बस्नेतको मृत्यु पछि सो जग्गा कानुनत उनका हकदारहरु गोपाल बस्नेत , श्याम बस्नेत र जितेन्द्र बस्नेतको नाममा नगई नक्कली नक्कली कागजात र नक्कली धनी खडा गरी राईको नाममा लगिएको प्रहरीले जनाएको छ ।
बस्नेतको मृत्यु पछि अर्थिक प्रलोभनमा पारी ५ लाख रुपैंया दिएर देवी प्रसाद पाण्डेलाई नक्कली जग्गा धनी बनाएर काठमाडौँ जिल्ला अदालतबाट सो जग्गाको अधिकृत वारेसनामा बनाई पक्राउ परेका मङ्गलसिंह राजवंशीको हातमा पुर्याएको अनुशन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । किर्ते जग्गा धनी र कागजात बनाएर राजवंसीको नाममा वारेसनामा बनाईएको करोडौ मुल्य पर्ने सो जग्गा किनबेचका लागि मालपोत कार्यालयवाट धनीपुर्जाको प्रतिलिपी र वडा कार्यालयबाट घरवाटो सिफारीस बनाएको पाईएको अनुशन्धानमा संलग्न प्रहरी अधिकारीले जानकारी गराएका छन् । प्रहरीले राजवंसीको नाममा वारेसनामा बनाई सो जग्गा पक्राउ परेकी रन्जु राईको नाममा मालपोत कार्यालयबाट ल्याएको पाईएको वताएको छ ।
करोडौ मुल्य पर्ने सो जग्गा बि।स। ०७७ माघ २१ गते ८४ लाख ३७ हजार ५ सय रुपैंया थैली देखाई राईको नाममा ल्याएको अनुशन्धानका क्रममा खुलेको छ । जग्गा नामसारी गर्ने क्रममा पुँजीगत लाभकर २ लाख १० हजार ९ सय ४० रुपैंया र रजिष्ट्रेसन शुल्क २ लाख ५३ हजार १ सय २५ रुपैयाँ सरकारी कोषमा जम्मा गरेको समेत देखिएको छ ।
नक्कली कागजात र नक्कली जग्गाधनी तयार गरी बनाईएको वारेसनामा देखाएर भएको सो जग्गा किनबेचको घटनामा पक्राउ परेका राजवंशी, खनाल र बलराज विश्वकर्मालाई साँचीका रुपमा उभ्याईएको प्रहरीले जानकारी गराएको छ । गिरोहको प्रभावमा परी मालपोतका अधिकृत चेतन अधिकारीले सो जग्गा किनबेचको फाईललाई सदर गरेको देखिएको अनुशन्धान अधिकारीको भनाई छ ।
जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरिक्षक एवं प्रवक्ता राकेश थापाले पक्राउ परेकाको हकमा अदालतवाट म्याद थप गरी कानुनी कारवाही अघि वढाईएको र फरार रहेकाको खोजी भईरहेको जनाएका छन् । उनले पक्राउ परेकामाथि ठगी , सांगठिन अपराध , सरकारी छाप किर्ते र नक्कली नागरिकताको अभियोगमा मुद्धा चलाईने थापाले जानकारी गराएका छन् ।