मकवानपुर / हेटौँडा उपमहानगरपालिका–९ शान्तिचोकमा करेन्ट लागेर एक दम्पत्तीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय अन्दाजी ३५ वर्षीय समीर पाख्रिन र उनको श्रीमती ३० वर्षीया अन्सु पाख्रिन रहेका छन् ।
पाख्रिन दम्पतीले आफ्नो घरको मिटर बक्समा झोलिएको तारलाई फलामको डण्डीले उठाउन खोज्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले बताएको छ ।मृतक दम्पतीको शव हाल हेटौँडा अस्पतालमा राखिएको कार्यलयले जनाएको छ ।