विराटनगर / विराटनगर महानगरपालिका वडा नम्बर ८ मा एक जनाको हत्या भएको छ। बलुवाई चौकका ५२ वर्षीय विको सहनीको गए राति हत्या भएको प्रहरीले जानकारी गराएको छ ।
घटनाको सुचना पाएर पुगेको प्रहरीले हत्या पछि मृतकका छोरा नै सम्पर्क वाहिर गएकाले उनैले हत्या गरेको आशंका गरेको छ । धारिलो हतियार प्रयोग गरी उनको हत्या भएको हो ।
घाँटीमा गम्भिर चोट लागेका मृतकलाई अस्पताल लगे लगत्तै अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी गराएका छन् ।