बिर्तामोड / वहुचर्चित साँढे ३३ केजी सुन तस्करी प्रकरणमा तानिएका तर थप अनुशन्धान नगरीएका प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिएका व्यवसायी दिपक मल्होत्रालाई  विवाद कै बिच सम्माति गरिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सको ७० औँ वार्षिक साधारण सभामा होटल सोल्टीमा आयोजित कार्यक्रममा  प्रधानमन्त्री ओलीले मलहोत्रालाई अवार्ड प्रदान गरेका हुन् । विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान गरेको भन्दै चेम्वर अफ कमर्सले उद्यमी तथा व्यवसायीहरुलाई सम्मान गरेको हो । कोभिड १९ महामारीमा नेपाल चेम्बर अफ कमर्शले बनाएको कोभिड राहत समितिका संयोजक एवं चेम्बर उपाध्यक्ष समेत रहेका मल्होत्रालाई सम्मान गरिएको हो ।

OM Sai Pathibhara Hospital

सम्मानित भएका व्यवसायी मलहोत्रा त्रिभुवन विमानस्थलबाट भएको बहुचर्चित साँढे ३८ क्विन्टल सुन तस्करी प्रकरणमा जोडिएका विवादास्पद व्यवसायी हुन् । सरकारी सेटिङमा त्रिभुवन विमानस्थल क्षेत्रको आयल निगमको जग्गा नियमविपरीत लिजमा लिएका व्यवासायी आलोचना अनि शंकाको घेरामा रहेका छन् । विमानस्थलवाट भएको साँढे ३८ क्विन्टल सुन तस्करी प्रकरणमा पक्राउ परेका अभियुक्त बिमल पोद्दारले दिएको बयानमा मलहोत्रा समेत सुन तस्करीमा जोडिएका थिए । तस्करीको छानविन गर्न गठित छानविन समितिले समेत उनीमाथि थप छानविनको सुझाव दिएको भएपनि प्रधानमन्त्री ओली निकट भएकै कारण उनी माथि थप छानविन भएको छैन भने नियमविपरीत लिजमा दिएको जग्गा समेत फिर्ता आउन सकेको छैन ।

प्रधानमन्त्रीको विदेश भ्रमणको समयमा समेत भ्रमण टोलीमा देखिने गरेका व्यवसायी मल्होत्रालाई प्रधानमन्त्री ओली कै संरक्षणका कारण उनलाई छाबनविन अनि कारवाहीको दायरमा ल्याउन नसकिएको छानविनमा संलग्न एक अधिकारीले बताएका छन् ।