बिर्तामोड / बहुचर्चित सुन तस्करीको गिरोहमा संलग्नलाई माथिल्लो तहकै सेटिङमा जोगाईएको सार्वजनिक भएको छ । चुणामणि उप्रेति गोरे गिरोहको छानविन गर्ने क्रममा खुलेका केहि व्यक्ति सरकारी सेटिङमा नै कारवाही मुक्त भएको सरकार निकट स्रोतले जानकारी गराएका छन् । वहुचर्चित सुन तस्करी प्रकरणका विषयमा छानविन गर्न गठित ईश्वरचन्द्र पौडेल नेतृत्वको छानविन समितिले थप छानविन अनि कारवाहिका लागि सिफारीस गरेको व्यक्ति सरकारी सेटिङमा नै उम्कन सफल बनेको सरकार निकट स्रोतले जानकारी गराएका छन् । 

सुन तस्करीको अभियोगमा करिव दुई महिनाअघि पक्राउ परेका केही व्यक्तिबाट तस्करीमा संलग्न संजाल नै सार्वजनिक हुने भएपछि सरकारी चलखेलमा यो विषय सतहमा आउन नदिन ठुलो कसरत भएको सरकार निकट स्रोतको भनाई छ । 

OM Sai Pathibhara Hospital

सरकारी छानविन समितिको सुझावका आधारमा प्रधानमन्त्री कार्यालय मातहत रहेको सम्पत्ति शुद्धीकरण विभागले गत १८ चैतमा  सुन तस्करीसम्बन्धि पहिलो मुद्दा दायर गरेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा पक्राउ परेका अनि छानविनमा तानिएका सहित थप करिव २०० व्यक्ति उपर विभागमा मुद्धा चलाउन सिफारीस गरेको थियो । विभागले  अकुत सम्पति आर्जन गरेको देखिएको भन्दै अंकित कुमार अग्रवाल, सचिन कुमार अग्रवाल र भारतीय नागरिक नुरद्धीन अन्सारीविरुद्ध मुद्दा दायर गरेको थियो । 

काठमाण्डौको नागढुंगामा गत २० पुसमा बरामद भएको १ करोड ४६ लाख रुपैयाँमाथि अनुसन्धान गर्ने क्रममा उनीहरु ठूलो परिणाममा नेपालबाट भारतमा सुन तस्करीमा संलग्न रहेको खुलासा भएको स्रोतको भनाई छ । तर सुन तस्करीको सो गिरोहमा संलग्नको पहिचान नगरी विभागले मुद्धा नै कमजोर बनाउने गरी छानविन गरी कारवाहीको सिफारीस गरेर गिरोहमा संलग्न जोगाउन भुमिका खेलेको स्रोतले आरोप समेत लगाएको छ । 

देशभरका ठुला सुन चाँदी कारोवारी समेत सो समुहमा तानिने भएपछि सो मुद्धालाई कमजोर बनाएको अनि अनुशन्धानलाई फितलो बनाएको स्रोतको भनाई बछ । विभागले दायर गरेको मुद्धामा १ करोड ४६ लाख बरामद भएकोमा विभागले दुई करोड ९२ लाखको बिगो दाबी गरेको छ । विभागले पक्राउ परेकाहरुको बैंक खातामा भेटाएको थप ९५ लाख रुपैंया समेत थपेर बिगो कायम गरेको छ । तर उनीहरुका नाममा भएको थप चल तथा अचल सम्पति भने खोजविन गरीएको छैन । थप सम्पति र कारोवार केलाउँदा अन्य समेत यो मुद्धामा तानिने भएपछि मुद्धा कमजोर बनाउन कै लागि सरकारी अधिकारीकै मिलेमतोमा त्यसो गरिएको स्रोत भन्छ । 

पक्राउ परेकाहरुले संघिय राजधानी काठमाण्डौ सहित रसुवा , विरगंज , धनगडी , विराटनगर , धरान र पुर्वको विर्तामोड लगायतका शहरका ठुला कारोवारीसँग कनेक्सन देखिने भएपछि सुन तस्करीमा संलग्न गिरोहलाई जोगाउन कै लागि उनीहरुको मद्धा कमजोर बनाउन अनुशन्धान अनि मुद्धा कमजोर बनाईएको स्रोतको भनाई छ । 

उर्लावारीका सनम शाक्यको हत्या भएपछि सार्वजनिक भएको बहुचर्चित सुन तस्करीको जालोका विषयमा अनुशन्धान गर्न सरकारले बनाएको अधिकार सम्पन्न छानविन समितिले थप अनुशन्धानको सिफारीस गरेका व्यक्तिमाथिको छानविन रोकेर अनुशन्धान प्रतिवेदन नै लुकाएका कारण सुन तस्करीको जालो तोडिन नसकेको स्रोतको भनाई छ ।