बिर्तामोड / सुन तस्करीमा संलग्न चुणामणि उप्रेती गोरे गिरोहका सदस्य मोरङको उर्लाबारीका सनम शाक्यको हत्या भएको तीन वर्ष पुरा भईसकेको भएपनि सो गिरोहमा संलग्नलाई कानुनी कारवाहीको दायरामा ल्याउन वर्तमान सरकार असफल बनेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल हुँदै ०७४ माघ ७ गते फ्लाई दुवईको जहाजबाट दुवई हुँदै भित्रिएको ३३ केजी सुन तस्करीको घटनासँगै सतहमा आएको सुन तस्करीको संजालका विषयमा सरकारले बनाएको छानविन समितिको प्रतिवेदन नै गोप्य राखेर प्रधानमन्त्रीले छानविन र कारवाहीलाई स्थगन गरेपछि तस्करीमा संलग्न गिरोहका सदस्यहरु कानुनी कारवाहीबाट जोगिन सफल बनेका छन् ।

गोरे गिरोहले विमानस्थल हुँदै भित्राएको ३३ केजी सुन गायब बनाएको विषयलाई लिएर यातनाका कारण मोरङको उर्लावारी जंगल आसपासको क्षेत्रमा ०७४ फाल्गुण १८ गते शाक्यको हत्या भएपछि शव लुकाउने क्रममा सार्वजनिक भएको यो विषय सरकारी संरक्षण कै कारण निष्कर्षमा पुग्न नसकेको छानविनमा संलग्न सरकारी अधिकारीको भनाई छ । शाक्यको शव लुकाउने क्रममा मोरङको विराटनगरबाट जिल्ला प्रहरी कार्यालयले शव सहित बा ५ प ५९६३ नम्बरको स्कारपियो गाडी सहित गिरोहका सदस्य नरेन्द्र कार्की , टेकराज मल्ल र मोहन काफ्ले लाई माघ १९ गते पक्राउ गरेपछि यो गिरोहको पर्दाफास भएको थियो ।

उनीहरु पक्राउ परे लगत्तै महानगरीय अपराध महाशाखाले केरुङ नाका हुँदै तस्करी भएर आएको साढे ३३ केजी सुन खोजीका क्रममा तस्करीमा संलग्न एकको मृत्यु भएको अनि हत्यामा संलग्न नरेन्द्र कार्की , टेकराज मल्ल र मोहन काफ्ले मोरङको विराटनगरबाट पक्राउ परेको अनि उनिहरुलाई कानुनी कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय मोरङको जिम्मा लगाईएको सार्वजनिक गरेको थियो ।

OM Sai Pathibhara Hospital

सुन तस्करीको सुचना पाएर पिछा गरिरहेको अपराध महाशाखाका डीएसपी प्रजित केसी र सई बालकृष्ण संजालको टोलीले तस्करी भई आएको सुन खोजी गर्ने क्रममा शाक्यको हत्या भएपछि शव व्यवस्थापन गर्ने क्रममा मोरङको विराटनगरबाट शव वरामद भएपछि सुन तस्करीको संजाल अनुसन्धानको घेरामा तानिएको थियो । हत्याको अनुन्शन्धान गर्ने क्रममा हत्या भएको स्थानमा मोरङ प्रहरी र अपराध महाशाखाको भनाई बाझिएपछि यो प्रकरण पेचिलो अनि शंकास्पद बनेको थियो ।

यातनाको भिडियो

अपराध महाशाखाले हत्या भएको स्थान सिराहा भएको भन्दै शवको मुचुल्का बनाएको थियो भने पक्राउ परेकाको बयानका आधारमा मोरङ प्रहरीले हत्या भएको स्थान उर्लाबारीको कान्छिचौक क्षेत्र भएको फेला पारेपछि तस्करीमा प्रहरी अधिकारी समेत संलग्न रहेको खुलेको थियो । मोरङ प्रहरीका तत्कालिन प्रमुख अरुण कुमार बिसीले हत्यामा प्रहरीकै भुमिका शंकास्पद रहेको पाएपछि प्रहरीको उपल्लो तहलाई थप अनुसन्धानका लागि अनुमति मागेपछि तत्कालिन डीआईजी पुस्कर रेग्मी , एसएसपी बसन्त लामा , डीएसपी सुदीप पाठक र इन्सपेक्टर बसन्त हुमागाई रहेको छानविन समिति बनाईएको थियो । अपराध महाशाखाले हत्यामा संलग्न गोरे सुन लिएर भारत तर्फ भागेको रिपोर्ट बनाएर सार्वजनिक गरेको थियो ।  तर पक्राउ परेकाले आफुहरुलाई काठमाण्डौंबाट ल्याएर धरानको निर्वाण कन्ट्री क्लबमा राखेर नियमित यातना दिएको अनि यातनाका क्रममा सनमको उर्लाबारीमा हत्या गरेको मोरङ प्रहरीलाई बयान दिएपछि यो विषय अनुसन्धानको दायरमा तानिएको थियो ।

छानविनका क्रममा पक्राउ परेकाले दिएको बयानका आधारमा मृतक शाक्यको शव बोकेको गाडी ईलाका प्रहरी कार्यालय ईटहरीमा राखेर एक दिन इटहरी कै होटेलमा बसेको अनि शाक्यको हत्या अघि विमानस्थलमा कार्यरत थाई एयरवेजका कर्मचारी सानु बमको माघ २३ गते शंकास्पद मृत्यु भएको घटना पक्राउ परेकाको बयानका क्रममा खुलेपछि विमानस्थलबाट सुन तस्करी हुने गरेको खुलेको थियो । उनीहरुको बयानकै आधारमा वर्षौ देखि विमान स्थलबाट हुने गरेको सुन तस्करीको विषयमा छानविन अघि वढेको थियो ।

पक्राउ परेकाका आफन्त र मोरङ अनि धरान प्रहरीका अधिकारीले यो विषयमा उपल्ला तहका प्रहरी अधिकारीसमेतको संलग्नता देखिएको भन्दै गृहमन्त्री राम बहादुर थापा बादलसँग कुरा पुर्याएपछि प्रधानमन्त्रीको सल्लाहमा सहसचिव ईश्वर चन्द्र पौडेलको संयोजकत्वमा छानविन समिति बनेको थियो । शनमको शव वरामद सँगै धरानमा बसेर नियमित यातना दिने क्रममा उनको हत्या भएको अनि शव व्यवस्थापन गर्ने क्रममा विषय वाहिर आएको तथ्य भेटिएपछि तत्कालीन मोरङ प्रहरीका एसपी अरुण कुमार बिसी र धरान प्रहरी प्रमुख रामेश्वर पौडेलको सहयोगमा छानविन समितिले छानविन अघि बढाएको थियो ।

भिडियो – संजेल अनि गोरे फोन संवाद

सरकारले सुन तस्करीका विषयमा छानविन गर्न ०७४ चैत्र गते गृहमन्त्रालयका सहसचिव ईश्वर चन्द्र पौडेलको संयोजकत्वमा छानविन समिति बनाएको थियो । दुई पटक म्याद थप गरिएको समितिको म्याद ०७५ असार १० गते सकिएको थियो । अनुशन्धान नै पुरा नभई समितिको म्याद सकिएपछि थप छानविन अनि अनुशन्धान आवस्यक रहेको भन्दै समितिले २५२ पृष्ठ लामो प्रतिवेदन गृहमन्त्रालयलाई बुझाएको थियो ।

समितिले बुझाएको प्रतिवेदनमा गोरेको डायरीमा भेटिएका २०० सय संकास्पद तस्करीमा संलग्न सहित ३०० भन्दा बेसी सरकारी अधिकारी ,प्रहरी अधिकारी र राजनितिक दलका नेता सहितलाई शंकाको दायरामा राखेर विस्तृत अनुशन्धान गर्न सुझाव दिईएको थियो । अनुशन्धान प्रतिवेदन बुझ्ने क्रममा गृहमन्त्री राम बहादुर थापाले थप छानविन गरी तस्करीमा संलग्न जालो नै ध्वस्त बनाउने बताएका थिए । तर प्रतिवेदन बुझेको एक वर्ष पछि गत साल फरक पार्टीमा रहेका उनले अनुशन्धान प्रतिवेदन गृहमन्त्रालयमा नरहेको अनि आफुले प्रधानमन्त्री कार्यालयमा बुझाएको बताएका थिए ।

सो समयमा गृह मन्त्रालयका अधिकारीले नै थप छानविन अनि कारवाहीका लागि छानविन प्रतिवेदन प्रधानमन्त्री कार्यालयले लगेको संचारमाध्यमलाई बताएका थिए । भ्रष्टाचार अनि तस्करीको जालो तोड्ने दिनहुँ सार्वजनिक रुपमा अभिव्यक्ति दिंदै आएका प्रधानमन्त्रीले नै सम्हालेको कार्यालयमा भने यति ठुलो गिरोहको छानविन समितिको प्रतिवेदन गोप्य राखिएपछि गिरोहमा संलग्नलाई नै जोगाउन प्रधानमन्त्री नै लागेको अनि उनलाई गृहमन्त्रीले समेत सहयोग गरेको आरोप लागिरहेको छ । तर उनीहरु दुवै जना यो विषयमा मौन छन् भने यति ठुलो अपराधको विषयमा तयार भएको प्रतिवेदन समेत लुकाएर थप अन्यलाई जोगाउन उद्यत रहेको आरोप लाग्दै आएको छ ।

रोकिएन तस्करी

३३ केजी सुन तस्करीको पर्दाफास सँगै सुन तस्करी रोकिएको सरकारले प्रचार गर्ने गरेको भएपनि ३ वर्षको अवधिमा फरक फरक रुपमा तस्करी हुने गरेको तथ्यहरुले देखाएका छन् । विमानस्थलबाट ठुलो परिमाणमा हुने गरेको तस्करी रोकिएको भएपनि तस्करीमा संलग्नको जालो ध्वस्त नबनेकाले उनीहरुले नै फरक शैलीमा तस्करी गरिरहेको प्रहरीले ३ वर्षको अवधिमा बरामद गरेको सुन अनि पक्राउ परेकाले दिएको वयानका क्रममा खुल्ने गरेको छ ।

बर्षौ देखि सुन तस्करी गर्दै आएकाले विमान स्थलबाटै विदेशबाट आउने लाई सानो परिमाणमा सुन ल्याउन लगाई विमानस्थलबाटै भेला गरेर देशका प्रमुख शहर अनि भारतसम्म लाने काम भईरहेको कारोबारमा संलग्नहरुको भनाईले पुष्टि गर्दछ । सुन कारोवारमा संलग्न एक व्यवसायी भन्छन् –बैंकले दिने परिमाण भन्दा वेसि सुनको गहनाको कारोवार ठुला व्यवसायीकोमा कारोवार हुन्छ , वैकले दिएको सुनले उनीहरुलाई पुग्दैन बाँकी सुन कहाँ बाट आउँछ त रु । ति व्यवसायीले प्रमुख शहरहरुमा रहेका ठुला व्यवसायीकोमा हुने गरेको कारोवारको सुक्ष्म निगरानी अनि छानविन सरकारले गरेको खण्डमा सुन तस्करी मत्थर मात्रै भएको नरोकिएको प्रष्ट तथ्यले नै खुल्ने समेत बताएका छन् । उनले खुला सिमानका कारण भारतमा भन्दा सस्तो पर्ने सुन नेपाली बजारबाट भारत तर्फ जाने गरेको पनि जानकारी गराएका छन् ।

तस्करीमा संलग्नको जालो नै ध्वस्त नबनेकाले छानविन समितिले थप छानविन गर्न भनेकाहरुबाटै फरक नाका अनि शैलीबाट तस्करी भईरहेको सरकारी अधिकारी समेत स्विकार्न छन् । ३३ केजी सुन तस्करीमा जोडिएका एक व्यक्ति भन्छन् – हामीलाई मात्र पक्राउ गर्दैमा तस्करी रोकिनेवाला छैन , तस्करीमा संलग्न भरिया, लगानीकर्ता अनि उनीहरुलाई संरक्षण गर्दै आएका सबैलाई कानुनी दायरामा ल्याएर कार्वाही नगरी तस्करीको जालो मेटिदैन ।

किन गोप्य राखियो छानविन प्रतिवेदन

सुन तस्करीमा संलग्नका विषयमा छानविन गर्न बनाईएको अधिकार सम्पन्न समितिले थप छानविनका लागि समय माग गरेकै अवस्थामा म्याद थप नगरी प्रतिवेदन तयार पार्न लगाएपछि यो विषयले पुर्णता पाउन सकेन । तिन वर्षको अवधिमा फरार पक्राउ गर्न अनि थप छानविन अघि वढाउन सरकार नै उदासिन बनेपछि अपराध अनुसन्धानको दायित्व बोकेको प्रहरीले समेत यो विषयमा थप अनुशन्धान गर्न सकेको छेन । प्रहरीकै उच्च अधिकारीले सरकारी निर्देशनको अभावका कारण थप छानविन नभएको बताएका छन् ।

 मोरङ प्रहरीले अभियुक्त भनि मुद्धा चलाएका कुल ७५ मध्ये मुख्य लगानीकर्ता मोहनकुमार अग्रवाल सहित थप २४ जना  अझै पनि फरार छन् । गिरोहमा संलग्न सुनिल अग्रवाल, किसनगोपाल अग्रवाल, रमेश उप्रेती, प्रमोद कुमार श्रेष्ठ, मणिराज चौलागाई, कमल कार्की, शिव कुमार गुभाजु, अर्जुन खरेल र रोशन भुषाल अझै पनि फरार नै छन् ।

त्यसैगरी प्रयास पराजुली, संजय अधिकारी, समीर अधिकारी, भोजराज भण्डारी, रोहित आचार्य, माधव आचार्य, ओम प्रकाश नेवार, सन्दीप खड्का, सुरेन्द्र गौतम, उस्तै मियाँ, टुकबहादुर मगर, भविन तामाङ, गरेकी प्रेमीका भनिएकी रक्षा भण्डारी पनि फरार छन् ।

उनीहरुमध्ये मोहन अग्रवाल, भोजराज भण्डारी, रोहित आचार्य, टुकबहादुर मगर, कृष्ण बस्नेत, मोहम्मद उस्ताम मियाँविरुद्ध अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन ९इन्टरपोल०ले ‘रेड नोटिस’ जारी गरेको छ । रेड नोटिसमै भएका गोरेका भाइ रमेश उप्रेतीलाई युएइ प्रहरीले डेढ वर्ष अघि नै पक्राउ गरेकोमा उनलाई नेपाल ल्याउन सकेको छैन ।

अहिले तारेखमा पनि उनी दुबईमा व्यवसाय गरिरहेका छन् । फरार अभियुक्तद्वय प्रयास पराजुली र सन्दीप खड्काविरुद्ध भने ‘डिफ्युजन’ नोटिस जारी भएको छ । सन्दीप खड्का दुबईमै कान्तिपुर ट्राभल चलाउँदै आएका छन् । केही व्यक्तिहरु अझै दुबईबाट सुन तस्करी र हुन्डीको कारोबारमा सक्रिय रहेको बताइन्छ । मुख्य लगानीकर्ता मोहन कुमार अग्रवालले भने भारतको पश्चिम बंगालको कोलकातामा बसेर पुर्वी नेपालका विभिन्न नाकाबाट सुन कै तस्करी गरिरहेको सुचना पाएको तस्करीकै अभियोगमा पक्राउ परेका एकले आफुले थाहा पाएको गुप्तचर खबरलाई बताएका छन् । उनले तस्करीमा संलग्नको जालो आफुहरुलाई पक्राउ अनि कारवाही गरेरै नसकिने समेत जिकीर गरेका छन् ।

तस्करीको छानविनमा संलग्नको निकट रहेर काम गरेका प्रहरी अधिकारीले पनि छानविन समितिको प्रतिवेदनले थप छानविन औंल्याएका सवैलाई छानविनको दायरामा ल्याएर ईमान्दारीपुर्वक छानविन अनि कार्वाही नगरी तस्करीको जालो पुर्ण रुपमा ध्वस्त नहुने बताएका छन् । उनले भने – सरकारले ईमान्दारीपुर्वक स्वतन्त्र छानविन समिति बनाएर दोषी देखिएका सवैको सम्पती रोक्का गरी छानविन अनि कारवाही नगरे तस्करी रोकिनेवाला छैन ।

छानविनमा नै संलग्न एक अधिकारीले प्रतिवेदनमा शंकास्पद देखिएका ३०० व्यक्ति मध्ये दुई दर्जन बेसी ठुला व्यवसायी , पुर्व प्रहरी उच्च पदस्त अधिकारी , राजनितिक दलका नेता अनि उनीहरुका आफन्त सहित सबैलाई अनुसन्धानको दायरामा राखेर इमान्दारी पुर्वक छानविन अनि कार्वाही नगरी तस्करी नरोकिने तर्क गरेका छन् ।

पक्राउ परेकाको भएन सम्पती छानविन

सरकारले छानविनका क्रममा तस्करी भएको भनिएको सुन समेत फेला पारेको छैन । न त सरकारले यो विषयमा प्रतिवेदन बुझेको दिन यता कुनै पनि औपचारीक धारणा नै सार्वजनिक गरेको छ । छानविन समितिले तस्करीमा संलग्न भएको भनिएकाको सम्पति समेत रोक्का गरी सम्पती छानविन गर्न भनेको थियो तर प्रधानमन्त्री कार्यालय मातहतको सम्पती शुद्धिकरण विभागले ३ वर्ष सम्म पनि पक्राउ परेका अनि तिनका हकदारको सम्पति अझै छानविनको दायरामा ल्याएको छैन । यो प्रकरणमा मुछिएका कुनै व्यक्ति माथि पनि सम्पति शुद्धिकरण विभागले तीन वर्ष यता कुनै पनि मुद्धा दायर गरेको छैन ।

छानविन समितिले तस्करीको गिरोहमा संलग्न रहेको भनि अभियोग लगाएका ठुला भनिएका धेरै अदालतको आदेशमा धरौटीमा रिहा भईसकेका छन् ।  विमल पोद्दार, संजय खेतान भन्ने प्रभात अग्रवाल, आ।डी भनिने राजकुमार दारुका, डब्बु भन्ने इस्तियाज उद्दिन, अबु सलमान भनिने शैयद अकबर शाह, बाला दाई भन्ने बालकृष्ण खड्का, ठाकुर प्रसाद ढुंगाना, चेतन भनिने चेतनाथ भण्डारी, रेवन्त कुमार आचार्य, बिनोद अधिकारी, मोतीराम श्रेष्ठ, मदन सिलवाल, रामकुमार तिवारी, मदनकुमार घिमिरे, राजेन्द्र कुमार शाक्य, महाविर प्रसाद गोल्यान अग्रवाल, सुनिल श्रेष्ठ, गिता श्रेष्ठ र निरु भन्ने नर्गदा खरेल उप्रेती छन् । प्रधानमन्त्री निकट तत्कालीन महान्यायधिवक्ता अग्नि खरेल निकट भनिएकी आफन्त समेत जोडिएपछि यो प्रकरणमा जोडिएकाको सम्पति विवरण संकलन गरी छानविन अनि कार्वाही नभएको सरकारी अधिकारी कै आशंका छ । एक सरकारी अधिकारी भन्छन् – पक्राउ परेको अनि अभियोग लागेको समयमा नै सम्पती रोक्का गरेर कार्वाही प्रकृया अघि नबढाएकाले उनीहरुले अवैध बाटोबाट आर्जन गरेको सम्पती लुकाउन अनि जोगाउन पाएका छन् ।

छानविन समितिले सम्पति रोक्का गरी थप छानविन औल्याएकाहरुलाई सरकारले छानविनको दायरामा नल्याउँदा तस्करी नरोकिएको अनि अवैध बाटोबाट आर्जन गरेको सम्पति लुकाउने मौका पाएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारी बताउँछन् ।

अमेरिकाको वित्तीय कारोबार प्रणालीबारे निगरानी राख्ने सरकारी निकाय ‘फाइनान्सियल क्राइम्स इन्फोर्समेन्ट नेटवर्क’ (फिनसेन) ले तयार पारेको गोप्य कागजातका आधारमा खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ ९आईसीआईजे० ले गरेको थप खोजमा पनि नेपालमा दुबईबाट हुने सुन तस्करीबारे थप तथ्य खुलेको थियो ।

‘फिनसेल फाइल्स’ नाम दिइएको सो खोजमा दुबई कालोटी ज्वेलर्सलाई ललितपुरको सास्ता ट्रेडिङ कम्पनीमार्फत अरबौं भुक्तानी दिएको खुलासा भएको थियो । कालोटीसँगै सम्बन्धित कम्पनी भिरेन ज्वेलर्समार्फत खरिद गरी नेपालमा सयौं किलो सुन ल्याइएको पनि  पक्राउ परेका गोरे लगायतले छानविन समितिलाई वयान दिएका थिए ।

अझै ३३ थुनामा

सुन तस्करीमा संलग्न भएको अभियोगमा अहिले पनि प्रहरी अधिकारी सहित ३३ जना थुनामा रहेका छन् । जसमा एसएसपी श्याम खत्री, डीएसपी संजयसिंह राउत, हवल्दार विष्णुबहादुर खड्का र जवान अम्बरबहादुर थापा मगर पुर्पक्षका क्रममा कारागारमा रहेका छन् । तस्करीमा संलग्न रहेको अभियोगमा पक्राउ परेका पूर्व डीआईजी गोविन्द निरौलासहितका प्रहरी अधिकारी भने उच्च अदालतको आदेशमा धरौटीमा रिहा भएका छन् ।

तस्करीमा संलग्न भएको अभियोगमा नाईके मानिएका चुणामणि उप्रेती, टेकबहादुर मल्ल ठकुरी, मोहन काफ्ले, लाक्पा शेर्पा, कृष्ण भनिने नरेन्द्र कार्की, राजन कुमार, भुजुङ गुरुङ, डा. डेबिट भनिने छिरिङ वाङदेल घले, रेनु श्रेष्ठ, हरिशरण खड्का, एलबी मगर भनिने लालबहादुर मगर, चन्दन भनिने विरेन्द्रमान श्रेष्ठ, सम्बिरप्रसाद तोलांगे र बालकृष्ण श्रेष्ठ कारागारमा छन् ।

त्यसैगरी दोराम खत्री, कपिलराज पुरी, गोपालकुमार श्रेष्ठ, तक्ले भन्ने पुण्यप्रसाद लामा, हेमन्त गौतम, राजु महर्जन, रामहरी कार्की, राजन थापा, अमरमान डंगोल, तुलाराम थारु, विष्णुबहादुर खड्का, अम्बरबहादुर थापा मगर, संजयबहादुर राउत, श्याम खत्री र फाल्दुङ भनिने लक्षबहादुर गुरुङलाई पनि अदालतको आदेशमा थुनामा रहेका छन् ।