बिर्तामोड / भारत भ्रमणबाट फर्किएको केहि समय नबित्दै पुर्व राजा ज्ञानेन्द्र शाह पुन भारत भ्रमणमा निस्किने भएका छन् । पुर्वी नाका काकडभिट्टा हुँदै परिवार सहित भारत गएका उनी केहि दिनको भारत बसाई सकेर पुर्वी नाका हुँदै स्वदेश फर्किएका थिए । शाह भारत सरकारको गोप्य निमन्त्रणामा नै पुन कुम्भ मेलाको प्रमुख अथितिका रुपमा  भारत जान लागेको स्रोतले वताएको छ । 

भारत सरकार अनि विश्वभरिका हिन्दुले निकै महत्व दिने गरेको कुम्भ मेलामा पुर्व राजालाई प्रमुख अथिति बनाईने अनि सोहि अवशरमा उनलाई विश्व हिन्दु सम्राटको सम्मान दिने भारतमा तयारी भएको स्रोतको भनाई छ । पछिल्लो समयमा  नेपाललाई हिन्दु राष्ट्र बनाउन दबाव दिनु पर्ने भारतमा नै आवाज उठिरहेको समयमा उनलाई भातरकै निकै ठुलो अनि धार्मिक महत्वको मेलामा बोलाएर सो सम्मान दिने तयारी भएपछि यसलाई निकै अर्थपुर्ण रुपमा हेरिएको छ । 

OM Sai Pathibhara Hospital

विगत दुई वर्ष यता पुर्व राजाको बाक्लिदैं गएर धार्मिक भ्रमण अनि देश भित्र फेरिदै गरेका  राजनितिक घटनाक्रमका बिचमा हुन लागेको यस पटकको भारत भ्रमणलाई भने पुर्व राजपरिवार निकटहरुले निकै ठुलो उपलब्धिका रुपमा लिएका छन् । पुर्व राजपरिवार निकट एक व्यक्ति भन्छन् – दरवार छाडेपछि भएका भारत भ्रमण मध्ये यो पटक हुन लागेको भ्रमण खास अनि भिन्न छ , यो पटकको भ्रमणले विश्वभरिका हिन्दुलाई नेपाललाई हिन्दु राष्ट्र बनाउन राजनितिक रुपमा निकै ठुलो सन्देश समेत दिनेछ । 

उनले भारतीय जनता पार्टीका नेताहरुले पछिल्लो समयमा दिंदै गरेका हिन्दु राष्ट्रका अभिव्यक्तिलाई पुर्व राजाको भ्रमणले सहयोग पुग्ने पनि बताएका छन् । केहि वर्ष यता भाजपाका प्रभावशाली नेता एवं उत्तर प्रदेशका मुख्यमन्त्री योगियादीत्यनाथले नेपाललाई हिन्दु राष्ट्र बनाउन पर्ने भनेर गर्दै आएको अन्तराष्ट्रिय लविङलाई पनि यो पटकको भ्रमण पछि थप शक्ति आर्जन हुने उनको भनाई छ ।

देश भित्रै राजनितिक अवस्था जटिल बनिरहेको समयमा दैनिक हँुदै आएका राजसंस्था पक्षधरका समर्थकहरु भ्रमण तालिका सार्वजनिक भए लगत्तै निकै हौसिएका छन् । नेपाल भित्र भईरहेका प्रर्दशनका अगुवा मानिएका एकले गुप्तचर खबरसँगको कुराकानीका क्रममा भने – नेपालमा हिन्दु राष्ट्र अनि राजसंस्थाको आवस्यक्ता रहेको बल्ल आएर भारतले बुझेको छ । उनले निकट भविष्यमा नै कुनै न कुनै रुपमा नेपालमा राजसंस्थाको स्थापना हुने दावी समेत गरेका छन् ।  

आगमी चैत्र २६ गते त्रिभुवन विमानस्थल हुँदै पत्नि कोमलका साथमा भारत जान लागेका पुर्व राजाको आगमनलाई लिएर भारत भित्रै स्वागतको निकै ठुलो तयारी गरिएको समेत बताईएको छ । कुम्भ मेलामा सहभागि हुन जान लागेका पुर्व राजालाई मेलाको उद्घाटन समारोहमा विश्वभरिका हिन्दु धर्मका गुरु अनि भारत वर्षका विभिन्न राज्य अनि रजौटाका पुर्व राजपरिवारका सदस्यको बिचमा नै हिन्दु सम्राटको रुपमा विषेश सम्मान दिने गरी आयोजकले तयारी गरेको बताईएको छ । 

यस पटकको भ्रमणका क्रममा भारतीय सरकारी अधिकारी अनि सत्ताशिन भारतीय जनता पार्टीका प्रभावशाली नेताहरुसँग राजनितिक भेटघाट अनि पछिल्लो समयमा नेपालमा बिकसीत राजनितिक घटनाक्रमका विषयमा राजनितिक छलफल समेत हुने सम्भावना रहेको स्रोतको भनाई छ । स्रोत भन्छ– भारतीय सरकारका प्रतिनिधी समेत सहभागि हुने उद्घाटन समारोहमा जान लागेका पुर्व राजाले भारतीय सरकारका प्रतिनिधिसँग भेटघाट अनि छलफल समेत गर्न सक्ने छन् ।