बिर्तामोड / पत्रकार महासंघ प्रदेश १ को चैत २५ मा हुने निर्वाचनका लागि उमेद्वारको नामावली प्रकाशन गरिएको छ । निर्वाचन समितिले प्रकाशन गरेको नामावली अनुसार प्रदेश १ मा २१ पदका लागि निर्वाचन हुँदैछ । सुसेलीले भने विज्ञाप्ति मार्फत आफुलाई मतदान नगरी लिलाबल्लभ प्यानलमा मतदान गर्न आवहान गरेका छन् ।

महासंघ प्रदेश १ को अध्यक्ष पदमा दुई जनाको उमेद्वारी परेको छ । अध्यक्ष पदमा झापाका मोहनकाजी न्यौपाने र  मोरङका लीलाबल्लभ घिमिरेको उमेदवारी परेको निर्वाचन समितिले जनाएको छ ।

महासंघले प्रदेश समितिमा ७ पदाधिकारी, पाँच खुला सदस्य र समावेशी समूहहरु आदिवासी जनजाति, महिला, मधेशी, दलित, सिमान्तकृत समुदाय आदि क्षेत्रबाट आठ जना सदस्य निर्वाचित गर्ने व्यवस्था छ । प्रदेश १ मा पत्रकारका विभिन्न संगठनले आपसी गठबन्धन बनाएर निर्वाचनमा सहभागी हुन लागेका हुन् ।

नेपाल पत्रकार महासंघले पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत केन्द्र, प्रदेश र जिल्लाको निर्वाचन एकै पटक गर्न लागेको हो ।