बिर्तामोड ( कान्तिपुर दैनिकबाट ) ज्येष्ठ नागरिकलाई निःशुल्क र सहुलियतमा स्वास्थ्य सेवा दिन सरकारले प्रत्येक प्रदेशका केही अस्पतालमा ‘जेरियाट्रिकमैत्री स्वास्थ्य सेवा’ कार्यक्रम सुरु गरेको छ ।

विरेन्द्रनगरस्थित कर्णाली प्रदेश अस्पताल

OM Sai Pathibhara Hospital

हाल स्वास्थ्य मन्त्रालयको ससर्त अनुदानबाट २४ वटा जिल्ला तथा प्रदेश अस्पतालमा सञ्चालन गरिएको हो । उक्त कार्यक्रमअन्तर्गत ६० वर्षमाथिका नागरिकलाई अस्पताल व्यवस्थापनबाट तोकिएअनुसारको निश्चित स्वास्थ्य सेवामा ५० प्रतिशत छुट दिनुपर्नेछ ।

कार्यक्रम कार्यान्वयनका लागि मन्त्रालयले हालै जेरियाट्रिक ९ज्येष्ठ नागरिक० स्वास्थ्य सेवा सञ्चालन निर्देशिका २०७७ समेत पारित गरेको छ । यसअन्तर्गत प्रदेश १ मा ४, प्रदेश २ मा ४, वाग्मतीमा ७ गण्डकीमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदूरपश्चिममा २ वटा स्वास्थ्य संस्थामा यो सेवा दिन थालिएको हो । सरकारले ६० वर्षमाथिका व्यक्तिलाई ज्येष्ठ नागरिक भनेको छ । उनीहरूको पहिचानका लागि ज्येष्ठ नागरिक परिचयपत्र, वृद्धभत्ता परिचयपत्र, नागरिकतालाई आधार मानिनेछ ।

यस्तै ७० वर्षमाथिका नागरिकको स्वास्थ्य बिमा भएमा बिमा रकमबाटै उपचार गरिनेछ । उक्त रकम अपुग भए मात्र अस्पतालले ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, सामाजिक एकाइ वा अन्य स्रोतबाट उपचार खर्च बेहोर्नुपर्नेछ । निर्देशिकाअनुसार स्वास्थ्य बिमा लागू नभएका जिल्लामा ७० वर्षमाथिकालाई अस्पतालले शारीरिक अशक्तता, दीर्घरोग र आर्थिक स्थितिका आधारमा सेवाको दायरा बढाई उपचारमा छुट दिनुपर्नेछ । तर अस्पतालले उपलब्ध गराएको वार्ड वा शय्याको प्रयोग नगरी प्राइभेट वार्ड वा क्याबिनमा बसेर उपचार गराउँदा लागेको खर्चमा कुनै छुट सुविधा नहुने निर्देशिकामा उल्लेख छ ।

यस्तै, कृत्रिम दाँत, दाँतमा सुनको काम, अर्थोडोन्टिक काम, कस्मेटिक शल्यक्रिया, फिजियोथेरापीसँग सम्बन्धित किन्नुपर्ने सामानमा भने अस्पताल निःशुल्क सेवा दिन बाध्य नहुने जनाइएको छ । यस्तै इनभेसिभ र मिनिमल इनभेसिभ शल्यक्रिया, उपकरण प्रत्यारोपण, आईसीयूरसीसीयू स्याहार, कृत्रिम अंगरप्रत्यारोपण शल्यक्रियालगायतका लागि उपकरणको मूल्य निःशुल्क उपलब्ध गराउन अस्पताल बाध्य नहुने निर्देशिकामा छ ।

‘यो कार्यक्रमलाई अस्पतालहरूले आगामी वर्षसमेत निरन्तरता दिनुपर्नेछ’, स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा।समीरकुमार अधिकारीले भने । उनका अनुसार ५० शय्याभन्दा माथिका सबै अस्पतालमा कार्यक्रम लागू गर्ने मन्त्रालयको लक्ष्य छ । नेपालमा ज्येष्ठ नागरिकको संख्या र उनीहरूले लिने विशेष किसिमको स्वास्थ्य सेवाको दर पछिल्लो दशकमा बढ्दै गएको डा। अधिकारीले बताए ।

‘संसारमै ज्येष्ठ नागरिकको संख्या र उनीहरूमा स्वास्थ्य समस्या तीव्र गतिले बढ्ने देशमा नेपाल पर्छ,’ उनले भने । केहीअघिसम्म ज्येष्ठ नागरिकलाई हेर्ने दायित्व परिवार र समाजको मानिए पनि अहिले यसमा कमी देखिएकाले उनीहरूको स्वास्थ्य सेवा सुनिश्चित गर्न सरकारले विशेष रणनीति बनाउनुपरेको हो ।

‘अस्पतालको भौतिक पूर्वाधार, सामग्री तथा शय्याको व्यवस्था ज्येष्ठ नागरिकमैत्री बनाउँदै जानुपर्छ’, डा। अधिकारीले भने । निर्देशिकामा ज्येष्ठ नागरिकले आकस्मिक बहिरंग र अन्तरंग सेवा प्रयोग गर्न सहज हुने गरी र्‍याम्प, शौचालय, स्नानगृहलगायत पूर्वाधार निर्माण हुनुपर्ने उल्लेख छ ।