बिर्तामोड ( कारोबार दैनिकबाट ) कोभिड–१९ कारण लगभग ६ महिना ठप्प भएको वैदेशिक रोजगारीमा जाने क्रम विस्तारै बढ्दै गएको छ । वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको विगत ३ महिनाको तथ्यांकअनुसार विदेश जाने श्रमिकको संख्यामा क्रमशः वृद्धि हुँदै गएको पाइएको हो ।

विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार मंसिरको तुलनामा रोजगारीमा जाने नयाँ श्रमिकको संख्यामा लगभग ५० प्रतिशतले वृद्धि भएको छ । विभागको तथ्यांकअनुसार मंसिरमा नयाँ ९वैधानिकीकारण, संस्थागत० रुपमा ४ हजार ३ सय ७७ श्रमिक रोजगारीका लागि विदेश गएकोमा माघमा ८ हजार ९ सय ६६ श्रमिक विदेशिएका छन् । यो तथ्यांक लकडाउनपछि पुनः श्रम स्वीकृति लिएर वैदेशिक रोजगारी गएका बाहेकको हो ।

OM Sai Pathibhara Hospital

यसैगरी बिदामा आएर जाने नेपालीले लिने पुनः श्रम स्वीकृतिसमेत बढेको पाइएको छ । मंसिरमा पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या माघमा भने न्यूनमात्र बढेको पाइएको छ । मंसिरमा पुनः श्रम स्वीकृति लिएर जाने नेपालीको संख्या ८ हजारबाट बढेर ८ हजार ९ सय २१ पुगेको छ । यो अवधिमा पुनः श्रम स्वीकति लिनेको भन्दा नयाँ श्रम स्वीकृति लिनेको वृद्धि प्रतिशत बढिरहेको छ ।

वैदेशिक रोजगारीमा जाने नयाँ नेपालीको संख्याले वैदेशिक रोजगारीलाई सन्तुलन गर्ने गरेका कारण नयाँ श्रमिक जाने विषयलाई अर्थपूर्ण रुपमा हेर्ने गरिएको छ । नयाँ जाने नेपाली श्रमिकको संख्याले रेमिट्यान्सलाई प्रभाव पर्ने गरेकाले यसलाई महत्वका साथ हेरिने गरिन्छ ।

वैदेशिक रोजगार विभागका प्रवक्ता टिकामणि नेउपानेले श्रम गन्तव्यमा रहेका रोजगारदाताले विदेशी श्रमिको मागलाई बढाउन थालेपछि श्रम स्वीकृतिको संख्या समेत वृद्धि हँदै गएको बताए । हाल विदेश जाने क्रम बढेपनि बिगतको तुलनामा भने वैदेशिक रोजगारीमा जानेको संख्या भने अभैm कम रहेको छ ।

वैदेशिक रोजगार व्यवसायी संघका पूर्वअध्यक्ष रोहन गुरुङले प्रमुख ५ श्रम गन्तव्यले विदेशी श्रमिक लिन सकारात्मक भएपनि कोभिड संकट कायम नै रहेकाले विगतको जस्तो माग आउन नसकेको बताए । नेपालका प्रमुख श्रम गन्तव्य कतार, साउदी अरब, युएईले नेपाली श्रमिकको माग केही बढाएका कारण जाने नेपालीको संख्या वृद्धि भएको हो ।

युएईले हाल सरकारी र अर्धसरकारी निकायमा माग सुरु गरेकाले त्यहाँ जाने नेपालीको संख्यामा केही वृद्धि भएको हो । यसबाहेक कतार, ओमन र बहराइन भने सबै क्षेत्रका श्रमिकलाई रोजगारीका लागि आफनो देशमा प्रवेश अनुमतिसहित मागपत्र जारी गर्न थालेका छन् । साउदी अरब सरकारले पनि विदेशी श्रमिकको मागपत्र जारी गरिरहेकाले त्यहाँस्थित नेपाली दूतावासले अनलाइनमार्पmत प्रमाणिकरणको काम गरिरहेका छन् ।

साउदी अरब सरकारले मार्चको १४ तारिखयता श्रमिक नपठाउन अनुरोध गरेपनि मागपत्र भने जारी गर्दै आएको छ । त्यहाँस्थित नेपाली दूतावासले प्रमाणिकरणका लागि अनलाइन आवेदन लिइरहेको जनाएको छ । यो महिना मात्र साउदी दूतावासले एक हजार भन्दा बढी नेपालीको मागपत्र प्रमाणिकरणका कागजात विभागमा पठाएका छन् । खाडी देशका अधिकांश श्रम गन्तव्यले पूर्णरुपमा विदेशी श्रमिकको प्रवेशलाई खुला नगरेपनि माग प्रक्रिया भने रोकेको छैन ।