काठमाडौं । नेपाल पत्रकार महासंघको महाधिवेशन २०७७ फागुन ४ र ५ गते हुने भएको छ । २०७७ फागुन ४ गते महाधिवेशनमा सहभागीलाई स्वागत गर्ने, ५ गते बिहान ९ बजे उपराष्ट्रपतिबाट महाधिवेशन उद्घाटन गराउने र सोही दिन बन्दसत्र सकेर महाधिवेशन सम्पन्न गर्ने लक्ष्य महासंघले लिएको छ ।

महाधिवेशन सम्पन्न भएको एक महिनामा निर्वाचन हुने भएकाले पत्रकार बिच माहौल तातेको छ । यस पटक विधानमै प्रत्यक्ष निर्वाचनको व्यवस्था गरेको र हरेक सदस्यले मतदान गर्ने भएकाले संगठनहरुले चर्चित अनुहारलाई महासंघको नेतृत्वमा प्रतिस्पर्धा गराउने कसरत थालेका छन् ।

OM Sai Pathibhara Hospital

२०७७ चैतको पहिलो साता हुने पत्रकारहरुको छाता संगठन महासंघको निर्वाचन गराउन केही दिनअघि धुलिखेलमा बसेको सबै संगठनहरुसँगको परामर्श बैठकले बाटो खोलेको छ । कोरोनाका कारण २०७७ भदौ ५ गतेभित्र हुनु पर्ने महाधिवेशन अहिले सरेको हो र निर्वाचन २०७७ चैतको पहिलो हप्ता  हुने भएको छ ।

तीनवटा बलिया संगठनहरु मध्ये प्रेस संगठनको दुई समूह र युनियनको गठबन्धन जताहुन्छ  त्यो निर्णायक हुने छ । युनियनको वार्गेनिङ पावर बढेकाले महासंघको नेतृत्व हात पार्ने आंकलन पनि गरिदैछ । तर, नेपाल पत्रकार महासंघ सबै विचारका पत्रकारका पेशागत संगठनको साझा छाता संगठन भएकाले नेतृत्व मिलीजुली बन्नु पर्छ भन्ने माग पनि दह्रोसंग उठेको छ । तर, विभिन्न पदका लागि आकांक्षीहरुको लर्को लागेको छ ।

खासगरी हालका उपाध्यक्ष विपुल पोखरेल र महासचिव रमेश विष्ट बिच कसले पद पड्काउने भनेर होडबाजी र खुट्टा तानातान सुरु भएको युनियनकर्मीहरु बताउँछन् । उसो त म किन पछाडि हट्ने भन्दै उपाध्यक्ष दिलीप थापा मगर पनि खुट्टा उचालेर बसेका छन् । 

युनियनमा यो होडबाजी चलिरहेको बेला प्रेस संगठनको खासगरी गणेश बस्नेत समूहले महासंघका पूर्व महासचिव उजिर मगरलाई अगाडि सारेको छ । निर्मला शर्मा र बालकृष्ण बस्नेतले महासंघको अध्यक्षमा चाहना राखे पनि एकाएक उजिरलाई अगाडि बढाइएको चर्चा संगठनभित्र छ । महेश्वर दाहाल पक्षले भने हालको राजनीतिक कदमलाई जसले ‘प्रतिगमन’ भनेर अगाडि आउछ त्यही समूहसंग नीतिगत एकता गर्ने अडान लिएको छ ।  

दाहालको नेतृत्वको संगठनले अध्यक्षमा पपुलर पत्रकार अगाडि नसारेकाले मौदान खाली गर्दै कतै न कतै हातेमालो गर्ने रणनीति लिएको पत्रकार बिच चर्चा पनि चलेको छ । प्रेस युनियनको हालै सम्पन्न केन्द्रीय समिति बैठकले प्रतिनिधि सभा विघटनलाई संवैधानिक कूको संज्ञा दिएर विज्ञप्ति जारी गरिसकेको र दाहाल खेमाले पनि यसलाई प्रतिगमन भनेकाले यी दुई पक्ष मिल्ने बलियो सम्भावना बनेको पत्रकारहरु बताउछन् ।

अध्यक्ष बन्ने होडबाजी चलिरहेको बेला वरिष्ठ उपाध्यक्ष र महासचिव बन्नेहरुको पनि लर्को लागेको छ । कतिपय युनियनकर्मीले भने श्रमजीवी पत्रकारको अधिकार र प्रेस स्वतन्त्रताको मुद्दामा सँधै लडाकु शैलीमा खटिएकाले हालका सचिव रामप्रसाद दाहाललाई अध्यक्ष नै बनाउनु पर्छ भनेर गफगाफ गरिरहेको पनि सुनिन्छ  ।

युनियनबाट अध्यक्ष बन्ने समय भएको छैन भनेर  दाहाललाई वरिष्ठ उपाध्यक्ष र महासचिव दुई मध्ये एक पदको उम्मेदवार बनाएर चित्त बुझाउने रणनीति बनेको बताइन्छ भने सचिव प्रकाश थापा र कोषाध्यक्ष राजेश मिश्रलाई पनि कतै न कतै व्यवस्थापन गर्न सकिन्छ कि भन्नेबारे पनि छलफल चलिरहेको युनियनका एक नेताले बताए ।

कोषाध्यक्ष मिश्र भने कान्तिपुर जस्तो बिग हाउसको प्रयोग गरेर भएपनि महासचिव बन्ने भन्दै हिंडेका छन् । श्रमजीवी पत्रकारको पक्ष र प्रेस स्वतन्त्रताको मुद्दामा समेत मिश्र दह्रोसंग अडिन नसकेको भनेर कान्तिपुरकै कतिपय सहकर्मीले आलोचना गरेको साँघुलाई एक कान्तिपुरका पत्रकारले जानकारी दिए ।

उसो त युनियनस“ग सहकार्य भएमा कसलाई वरिष्ठ उपाध्यक्ष र कसलाई महासचिव बनाउने भनेर प्रेस संगठनको दाहाल समूह पात्रको खोजीमा जुटेको छ । महासचिवमा महासंघका हालका लेखा समिति संयोजक रोशन पुरीको चर्चा चले पनि विस्तारै उनको माहौल कमजोर बनेको दाहाल निकट एक पत्रकारले बताए । अहिले सिनियर पत्रकार बलराम थापालाई त्यो पदमा पु¥याउने कि भन्ने चर्चा सुरु भएको छ । यद्यपि दाहाल पक्षले माधव नेपाल पक्षको समेत चित्त बुझाउनु पर्ने भएकाले सचिव वा कोषाध्यक्षमा नेपाल पक्षलाई ल्याउनु पर्ने दबाब बढेको छ ।

त्यसका लागि केन्द्रीय सदस्य रहेका गोविन्द चौलागाई तयार रहेको बताइन्छ । तर, रामकुमार एलनलगायतले नेपालको सिफारिस गराउने हो कि भन्ने चर्चा पनि छ । श्रमजीवी पत्रकारहरुको मुद्दामा संघर्षको मैदानमा निरन्तर लागेका क्रान्तिकारी युवा पत्रकार जन्मदेव जैसी पनि को भन्दा के कम भन्दै सचिव त छाड्दै नछाड्ने भनेर कसिएर देश दर्शनमा निस्किएका छन् ।  

उता गणेश बस्नेत नेतृत्वको प्रेस संगठनबाट चर्चित पत्रकारहरु वरिष्ठ उपाध्यक्ष र महासचिवमा बालकृष्ण बस्नेत, गणेश पाण्डे, मातृका पौडेल र दीपक पाण्डेको चर्चा चलाइएको छ । उनीहरुमध्ये कसले बाजी मार्ने हो भन्ने चाहिं यकिन भइसकेको छैन ।

महासंघको उम्मेदवार छनौटमा युनियनमा रोचक खेल हुन थालेको छ । रमेश विष्ट देउवाको हातबाट टिकट फुत्काउन लागेको चर्चा  छ भने विपुल पोखरेल रामचन्द्र पौडेल पक्षको जोडबलमा अध्यक्षको टिकट लिने दाउमा रहेको चर्चा छ ।

देउवा समूहले भने पोखरेललाई कांग्रेसको दाङको सचिव बनाउने गरी सेटल गर्न लागेको र उनी त्यसमा लचिलो बनेको चर्चा युनियनकर्मीहरुबीच चलेको छ । रात रहे अग्राख पलाउँछ भनेझै पत्रकार महासंघको भावी नेतृत्वमा को कसरी पुग्छ त्यो भने रोचक खेल बन्दैछ ।