स्वास्थ्य

    Showing 11-20 of 2,137 items.
  • स्वास्थ्यकर्मी अभाव हुँदा जिल्ला कारागार दार्चुलामा समस्या

    दार्चुला। जिल्ला कारागार दार्चुलामा छ महिनादेखि स्वास्थ्यकर्मी नहुँदा कैदीबन्दीको स्वास्थ्य परीक्षण तथा उपचारमा समस्या भएको छ । अहेबको दरबन्दी रहे पनि गत साउनयता कारागारमा कुनै पनि स्वास्थ्यकर्मी खटिएका छैनन् ।चिसो मौसमसँगै बिरामीको सङ्ख्या बढ्न थाले पनि स्वास्थ्यकर्मीको अभावले सामान्य स्वास्थ्य जाँच गर्न समेत समस्या भइरहेको जेलर सरिता चन्दले जानकारी दिनुभयो । सामान्य बिरामी देखिँदा पनि कैदीबन्दीलाई जिल्ला अस्पताल लैजानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ ।कारागारबाट करिब ५०० मिटर तल जिल्ला अस्पताल रहे पनि कार्यालयसँग सवारीसाधन नभएकाले सुरक्षाकर्मीको सहायतामा पैदलमार्फत अस्पताल लैजानुपर्ने अवस्थ

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 202 पटक पढिएको
  • औषधि व्यवस्था विभागद्वारा औषधि फिर्तासम्बन्धी सूचना जारी

    काठमाडौँ। औषधि व्यवस्था विभागले औषधि फिर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । विभागले अज एक सूचना जारी गर्दै औषधि ‘लेभोफ्क्स-५००’ ट्याबलेट फिर्ता गर्न सूचना जारी गरेको हो । ब्याच नं ‘बिबी-२४००१’ को औषधि बजारबाट फिर्ता गर्न भनिएको हो । यो औषधि मेग्नस फर्मा प्रालिले उत्पादन गरेको हो । उक्त औषधि ब्याक्टेरिया सङ्क्रमण रोक्नलाई प्रयोग गरिन्छ । विभागले उक्त ब्याच नं उल्लेख भएका औषधिको सिफारिस, बिक्री वितरण तथा प्रयोगसमेत नगर्न र नगराउनु हुन सबैलाई अनुरोध गरेको छ ।राष्ट्रिय औषधि प्रयोगशालाबाट बजारीकृत औषधिको नमुना सङ्कलन गरी परीक्षण गर्दा देहायको उत्पादकबाट उत्पादित ब्याच नं को औषधि न्यून गुणस्

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 188 पटक पढिएको
  • डा. टीका ढकाल भन्छन महिला नेतृत्व, युवा सहभागिता र पार्टी अनुशासनमा एमाले अघि छ

    काठमाडौं— नेकपा एमालेको ११ औँ महाधिवेशनबाट अत्याधिक मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएपछि डा.टीका ढकालले आफूलाई ठूलो जिम्मेवारी आएको अनुभूति भएको बताएकी छन् । महाधिवेशन प्रतिनिधि बन्नु नै आफ्नो लागि गर्वको विषय भएको र त्यसपछि केन्द्रीय सदस्यमा निर्वाचित हुँदा अपेक्षा भन्दा धेरै विश्वास प्राप्त भएको उनको भनाइ छ ।पार्टीको मूलधारमा नयाँ भए पनि देशभरिका प्रतिनिधिहरूले दिएको लोकप्रिय मतले आफूलाई अझ गम्भीर र जिम्मेवार बनाएको उनले उल्लेख गरिन् ।नतिजा सार्वजनिक भएको दिन महाधिवेशन स्थलमै देखिएको बधाई र समर्थनले आफ्नो काँधमा ठूलो दायित्व थपिएको महसुस भएको डा. ढकालको भनाइ छ ।पार्टीको विधि, विधान र अनु

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 354 पटक पढिएको
  • डा.जीवन बानियाँ भन्छन वैदेशिक रोजगारीको क्षेत्रमा अन्तरिम सरकारले गर्नसक्ने धेरै काम छन्

    काठमाडौं— वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि सामाजिक सुरक्षा व्यवस्था नेपाल सरकारको एक महत्वपूर्ण पहल भए पनि यसको कार्यान्वयनमा अझै धेरै चुनौती र सुधारका सम्भावना देखिएका छन् ।अनुसन्धानकर्ता तथा श्रम आप्रवासन विज्ञ डा.जीवन बानियाँसँग गरेको कुराकानीका आधारमा सामाजिक सुरक्षा कोष, यसको बाध्यकारी व्यवस्था, खर्चको बोझ, अन्तरदेशीय समन्वय र ‘पोर्टेबिलिटी’ जस्ता विषयमा महत्वपूर्ण पक्षहरू बाहिर आएका छन् ।डा. बानियाँका अनुसार नेपाल सरकारले वैदेशिक रोजगारीमा जानुअघि श्रम स्वीकृति लिन सामाजिक सुरक्षा कोषमा अनिवार्य आबद्धता गराउने व्यवस्था लागू गरेको छ । यसले वैदेशिक रोजगारमा जाने प्रत्येक नेपाली

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 346 पटक पढिएको
  • धवलागिरी अस्पताल भवन तीन पटक म्याद थप्दा पनि ६० प्रतिशत मात्र सम्पन्न

    म्याग्दी— म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको काम ढिलाइ भइरहेको छ। तीन पटक म्याद थपिसक्दा पनि हालसम्म भवनको भौतिक प्रगति ६० प्रतिशतमात्र सम्पन्न भएको छ।विसं २०७८ मा चार करोड ७९ लाख रुपैयाँमा ठेक्का सम्झौता भएको पाँच श्यया क्षमताको अस्पताल भवन २०७९ असारमै सम्पन्न हुनुपर्ने थियो। तर गत साउनदेखि निर्माण कार्य रोकिएको छ।मुख्य भवनको ढलान सकिए पनि फिनिसिङको काम सुरु हुन सकेको छैन। स्थानीय जनप्रतिनिधिले ठेकेदारलाई ताकेता गरिएको र आवश्यक परे धरौटी जफत तथा कालोसूचीमा राख्ने प्रक्रिया अघि बढाउने बताएका छन्।निर्माण कम्पनीले बजेट उपलब्ध भए चालु आर्थिक वर्षमै काम

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 363 पटक पढिएको
  • प्रभावकारी बन्दै एकीकृत घुम्ती सेवा शिविर

    महोत्तरी— मटिहानी नगरपालिकाले सञ्चालन गरेको एकीकृत घुम्ती सेवा शिविर प्रभावकारी बन्दै गएको छ। नगरपालिकाले पछिल्ला तीन वर्षदेखि शिविर आयोजना गर्दै आएको हो।यस वर्ष पुस ८ देखि १६ गतेसम्म नौ दिन चलेको शिविरबाट सात हजार ९०९ जनाले सेवा लिएका छन्। अत्याधिक चिसो मौसमका बाबजुद पनि नागरिकहरूको उल्लेख्य सहभागिता रहेको नगरपालिकाले जनाएको छ।नगरप्रमुख हरिप्रसाद मण्डलका अनुसार नगरपालिकाबाट दिइने विभिन्न सेवाहरू एकै ठाउँमा उपलब्ध गराइएकाले आम नागरिकलाई सहज भएको छ। यसले जनप्रतिनिधि, कर्मचारी र नागरिकबीचको सम्बन्ध राम्रो बनेको उनले बताए।शिविरमा सबैभन्दा बढी पशुपालक किसान लाभान्वित भएका छन्। दुई हजार ८४९ घरपालुव

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 357 पटक पढिएको
  • गस्ती सकिएर फर्किएलगत्तै सशस्त्र डीएसपी कोइरालाको निधन

    काठमाडौं—  सशस्त्र प्रहरी बल (एपीएफ) का नायब उपरीक्षक (डीएसपी) प्रकाश कोइरालाको हृदयाघातका कारण बुधबार साँझ निधन भएको छ । इलामको पशुपतिनगर गुल्मका इन्चार्ज समेत रहेका कोइरालाको उपचारका क्रममा काठमाडौंस्थित एपीएफ अस्पतालमा मृत्यु भएको हो ।घटना विवरण अनुसार, बुधबार सीमावर्ती नाका मानेभञ्ज्याङ क्षेत्रको गस्ती सकेर गुल्ममा फर्किनासाथ डीएसपी कोइराला एक्कासी अचेत भएर ढलेका थिए । कार्यालय परिसरमै ढलेपछि उनलाई तत्कालै हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको थियो ।उनलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूको प्रयास सफल हुन सकेन । अस्पताल स्रोतका अनुसार साँझ ६ बजे चिकित

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 379 पटक पढिएको
  • ब्राजिलका महान फुटबल खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया

    काठमाडौं— ब्राजिल फुटबलका महान खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया गरिएको छ । ५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसलाई फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ । उनी २०२६ फिफा विश्वकप ड्रअमा सहभागितासहित व्यस्त कार्यक्रम सकेर ब्राजिल फर्किएपछि अस्पताल भर्ना भएका थिए । सुरुमा उनको खुट्टामा रगत जमेको आशंकामा जाँच गराइएको थियो ।तर, पूर्ण शरीरको एमआरआई परीक्षणका क्रममा मुटुसम्बन्धी समस्या पत्ता लागेपछि तत्काल शल्यक्रिया गर्नुपरेको थियो । सामान्यतया करिब ४० मिनेटमा सम्पन्न हुने यो शल्यक्रिया जटिलताका कारण झण्डै तीन घण्टा लागेको थियो, जसक्रममा मुटुमा ट्युब समेत जडान गरिएको थियो

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 343 पटक पढिएको
  • राष्ट्रिय सभाका दुई समितिको बैठक आज, चलचित्र विधेयक र सार्वजनिक स्वास्थ्य विषयमा छलफल हुने

    काठमाडौं— संघीय संसद अन्तर्गत राष्ट्रिय सभाका दुई महत्वपूर्ण समितिको बैठक आज बस्दैछ ।राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको १४६ औँ बैठक आज बिहान ११ः३० बजे सिंहदरबारस्थित संसद भवनमा बस्नेछ ।बैठकमा चलचित्र विधेयक, २०८१ माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ । साथै विविध विषयमा समेत छलफल हुने समितिले कार्यसूचीमा तय गरिएको छ।यस्तै, आजै दिउँसो २ः३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्नेछ । सिंहदरबारस्थित समिति कक्षमा बस्ने उक्त बैठकमा सर्ने तथा नसर्ने रोगको वर्तमान अवस्था, चुनौती र भावी कार्यदिशा सम्बन्धी विषयमा छलफल गरिनेछ ।

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 360 पटक पढिएको
  • निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च

    गण्डकी। समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च  भेटिएको हो । स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जना तथा घोडाघोडी नगरपालिकामा ३८४ जनाको परीक्षण गर्दा ७५ जनामा मोतियाबिन्दुको समस्या भेटिएको थियो ।नेपाल नेत्रज्योति सङ्घ, हिमालय आँखा अस्पतालद्वारा वालिङ नगरपालिकाको आयोजना तथा आइकेयर फाउन्डेसनको आर्थिक सहयोगमा निःशुल्क आँखा परीक्षण शिविर सञ्चालन गरिएको थियो । गेटा आँखा अस्पतालद्

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 236 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा