काठमाडौं / गृहमन्त्री सुधन गुरुङको सक्रिय पहलमा पछिल्ला केही दिनदेखि जनकपुरधाममा देखिएको दुई समुदायबीचको विवाद समाधानका लागि तीनै तहकासरकारका प्रतिनिधिबीच आइतबार महत्वपूर्ण छलफल भएको छ।जनकपुरस्थित जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमा मधेश प्रदेशका मुख्यमन्त्री, प्रदेशका गृहमन्त्री, अर्थमन्त्री, जनकपुरधाम उपमहानगरपालिकाका मेयर तथा गृहमन्त्री गुरुङको सहभागिता रहेको थियो। बैठकमा पछिल्ला दिनमा उत्पन्न धार्मिक विवाद, त्यसबाट सिर्जित परिस्थितिको समीक्षा गर्दै सामाजिक सद्भाव कायम गर्ने विषयमा गम्भीर छलफल भएको जनाइएको छ।छलफलका क्रममा हिन्दु सम्राटको प्रतिनिधि टोलीले आफ्ना मागहरू सरकारसमक्ष औपचार
काठमाडौं / काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित एक काठ गोदाममा शनिबार राति लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।शनिबार राति करिब साढे ९ बजे अचानक आगलागी भएपछि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सक्रिय प्रयासमा आगो नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी र दमकल घटनास्थलमा परिचालन गरिएको थियो।आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। साथै, आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।
सिरहा— सुनसरीको घटनालाई लिएर सिरहाको गोलबजारमा भएको आन्दोलनका क्रममा गोली लागेर मृत्यु भएका औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवका परिवार र सरकारबीच आठबुँदे सहमति भएको छ।शुक्रबार गृह मन्त्रालय र मृतकका अभिभावकबीच भएको सहमतिअनुसार सरकारले गणेश यादवलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।सहमतिपत्रमा साउन १४ गते गोलबजार क्षेत्रमा भएको घटनाको निष्पक्ष र प्रभावकारी छानबिन गरी दोषीमाथि प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया तत्काल अघि बढाइने उल्लेख छ।त्यस्तै मृतकका परिवारका एक योग्य सदस्यलाई रोजगारीको अवसर उपलब
काठमाडौं— प्रेस काउन्सिल नेपालले सुनसरीको कप्तानगञ्जमा भएको घटनापछि देशका विभिन्न भागमा देखिएको तनावपूर्ण अवस्थालाई दृष्टिगत गर्दै सञ्चारमाध्यम, पत्रकार तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई तथ्यमा आधारित, सन्तुलित र जिम्मेवार सामग्री सम्प्रेषण गर्न आग्रह गरेको छ।शुक्रबार जारी प्रेस विज्ञप्तिमा काउन्सिलले समाचार, तस्बिर, भिडियो वा अन्य सामग्री प्रकाशन तथा प्रसारण गर्दा तथ्य, मानवीय संवेदनशीलता, धार्मिक तथा सामाजिक सद्भाव र सार्वजनिक हितलाई प्राथमिकतामा राख्नुपर्ने जनाएको छ। अपुष्ट, भ्रामक वा उत्तेजक सामग्रीले समाजमा हिंसा, त्रास, द्वेष र भ्रम फैलाउन सक्ने भएकाले त्यस्ता सामग्री प्रकाशन तथा प्रसारण
काठमाडौं— सिरहाको औरही गाउँपालिका–२ तुलसियाहीका १५ वर्षीय गणेश यादवको मृत्यु भएको घटनापछि गृहमन्त्री सुधन गुरुङ मध्यरातमा शोकसन्तप्त परिवारलाई भेट्न पुगेका छन्।दिउँसै भ्रमण गर्ने कार्यतालिका रहे पनि गृहमन्त्री गुरुङ मध्यरातमा मृतक गणेश यादवको घर पुगेर परिवारजनसँग भेट गरेका हुन्।भेटका क्रममा उनले घटनाप्रति दुःख व्यक्त गर्दै पीडित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तथा घटनाको निष्पक्ष छानबिन गर्न सरकार प्रतिबद्ध रहेको विश्वास दिलाएका छन्।
काठमाडौं— काठमाडौं महानगरपालिका कार्यक्षेत्रभित्र दर्ता भएका १ हजार ९१२ सहकारी संस्थामध्ये आर्थिक वर्ष २०८२/८३ मा ६६७ वटा मात्रै नवीकरण भएका छन्। महानगरले यसलाई अधिकांश सहकारी संस्थागत नियमन र सम्पर्कभन्दा बाहिर रहेको वा निष्क्रिय रहेको संकेतका रूपमा लिएको छ।सहकारी विभागले शुक्रबार कार्यवाहक प्रमुख सुनिता डंगोलसमक्ष वार्षिक प्रगति विवरण प्रस्तुत गर्दै उक्त जानकारी दिएको हो।विभाग प्रमुख ध्रुवकुमार काफ्लेका अनुसार गत वर्ष १०३ सहकारीका १ हजार ७१२ ऋणीलाई एसएमएस र पत्राचारमार्फत ऋण तिर्न सहजीकरण गरिएको छ। त्यस्तै ५८ सहकारीमा बचतकर्ता र व्यवस्थापनबीचको विवाद समाधानका लागि मेलमिलाप गराइएको छ।कार्यवाह
काठमाडौं— कृषि, वन तथा वातावरण मन्त्री तथा राष्ट्रिय चिया तथा कफी विकास बोर्डकी अध्यक्ष गीता चौधरीले चिया तथा कफी क्षेत्रको सुधारका लागि कार्यदल गठन गर्ने निर्णय गरेकी छिन् ।कीर्तिपुरस्थित राष्ट्रिय चिया तथा कफी विकास बोर्डको केन्द्रीय कार्यालयमा बोर्डका पदाधिकारीसँग भएको छलफलका क्रममा मन्त्री चौधरीले उक्त निर्णय गरेकी हुन् ।छलफलमा नेपालमा चिया तथा कफी क्षेत्रको उत्पादन, प्रशोधन, बजारीकरण तथा समग्र प्रवद्र्धनका लागि आवश्यक नीतिगत तथा संस्थागत सुधारका विषयमा विस्तृत छलफल भएको थियो।मन्त्री चौधरीले चिया तथा कफी क्षेत्रलाई थप प्रतिस्पर्धी, व्यवसायमुखी र किसानमैत्री बनाउन बोर्डले प्रभावकारी भूमिका
काठमाडौं— देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिम नेपालमा सरदर स्थानभन्दा दक्षिणतिर तथा पूर्वी नेपालमा सरदर स्थानको आसपास रहेको छ। हाल लुम्बिनी प्रदेशको तराईमा आंशिक बदली रहेको छ भने बाँकी भूभागमा सामान्यदेखि पूर्ण बदली रहेको छ। बागमती प्रदेशका केही तथा कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने तथा हिमाली भेगका केही र पहाडी क्षेत्रका धेरै स्थानमा
काठमाडौं— नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ३२ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २६ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०४ रुपैयाँ ८९ पैसा र बिक्रीदर २०५ रुपैयाँ ६९ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८९ रुपैयाँ २० पैसा ,अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ १६ पैसा र बिक्रीदर १०७ रुपैयाँ ५८ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०९ रुपैयाँ
काठमाडौं— सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको स्वास्थ्य, शिक्षा तथा अन्य आधारभूत अधिकार सुनिश्चित गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिएको छ।बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानका अध्यक्ष तिलोत्तम पौडेल र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का तर्फबाट वरुण बस्यालले संविधानको धारा १३३ को उपधारा (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेशसहित उपयुक्त आदेश जारी गर्न माग गर्दै साउन १४ गते सर्वोच्च अदालतमा रिट दायर गरेका छन ।रिटमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत १५ भन्दा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.