समाज

    Showing 471-480 of 6,625 items.
  • नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    काठमाडौं— आज नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ । बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।मुख्यसचिव पौडेलका अनुसार बैठकले उम्मेदवार छनोट र अन्य दलसँगको चुनावी तालमेलबारे छलफल गर्दैछ । निर्वाचनमा सिट बाँडफाँटका विषयमा नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूसँग शीर्ष तहमा छलफल जारी राखेका छन्।राष्ट्रिय सभाको निर्वाचनका लागि पनि कांग्रेसले प्रतिनिधित्व सुनिश्चित गर्न र निर्वाचन जित्न सक्ने आधार तय गर्न अन्य शक्तिहरूसँग सहकार्यको हात बढाएको छ ।

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 367 पटक पढिएको
  • यही पुस २६ र २७ गते ट्रक यातायात व्यवसायी महासंघको साधारणसभा र महाधिवेशन हुने

    काठमाडौं— नेपाल ट्रक यातायात व्यवसायी महासंघको १७औँ वार्षिक साधारणसभा तथा आठौँ महाधिवेशन आगामी पुस २६ र २७ गते ललितपुरमा आयोजना हुने भएको छ।महासंघको गत मंसिर १४ गते बसेको कार्यसमितिको निर्णयअनुसार साधारणसभा तथा महाधिवेशन ललितपुरको धोबिघाटस्थित सिद्धार्थ कटेज रेष्टुरामा हुने महासंघले जनाएको छ। कार्यक्रम दुवै दिन बिहान ८ बजेदेखि सुरु हुनेछ।महासंघले उक्त कार्यक्रममा पदाधिकारी, प्रतिनिधि तथा सम्बन्धित सबै सदस्यहरूको सक्रिय सहभागिता रहने विश्वास व्यक्त गरेको छ। साधारणसभा तथा महाधिवेशनमार्फत संगठनले हालसम्म गरेका गतिविधिको समीक्षा गर्नुका साथै आगामी कार्ययोजना र नयाँ नेतृत्व चयनसम्बन्धी विषयमा छलफल

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 376 पटक पढिएको
  • टी–ट्वान्टी विश्वकप ट्रफी नेपालमा

    काठमाडौं— अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) अन्तर्गत अर्को महिनामा हुने टी–ट्वान्टी विश्वकप ट्रफी नेपाल ल्याइएको छ । सो टी–ट्वान्टी विश्वकप ट्रफी राष्ट्रपति निवासमा सोमबार सार्वजनिक गरियो । राष्ट्रपति रामचन्द्र पौडेलले टी–ट्वान्टी विश्वकपको ट्रफी अनावरण गरेका छन्।राष्ट्रपतिले विश्वकप ट्रफी नेपाल आउनु देशका लागि गौरवपूर्ण क्षण भएको बताए । उनले यस ऐतिहासिक अवसरले नेपाल विश्व क्रिकेटको केन्द्रतर्फ अग्रसर भइरहेको सन्देश विश्वभर फैलिएको बताए।राष्ट्रपति पौडेलले भने– ‘नेपाल आज खेलप्रेमी राष्ट्रका रूपमा सशक्त तवरले स्थापित हुँदैं गएको छ, क्रिकेटले देशलाई एकतामा बाँध्ने महत्वपूर्ण भूमिका निर्वाह

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 370 पटक पढिएको
  • उद्योग दर्तादेखि सञ्चालनसम्म एकद्वार प्रणाली लागु गर्न चेम्बरको सुझाव

    काठमाडौं— उद्योग दर्तादेखि सञ्चालनमा ल्याउने प्रक्रियासम्म एकद्वार प्रणाली कार्यान्वयन गर्न नेपाल चेम्बर अफ कमर्सले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री अनिलकुमार सिन्हाको ध्यानाकर्षण गराएको छ।काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा चेम्बरले मुलुकमा औद्योगिक तथा व्यवसायिक वातावरण निर्माणका लागि नीतिगत सहजीकरण आवश्यक रहेको धारणा राख्दै स्थानीय तह, प्रदेश र संघबीचको अधिकार क्षेत्र स्पष्ट गरी दोहोरो कर तथा अनुमति पत्र हटाउने व्यवस्थाका लागि पहल गर्न आग्रह गरेको छ।कार्यक्रममा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवालले औद्योगिक र व्यवसायिक वातावरण निर्माणसँगै उद्यमी–व्यवसायीहरूको मनोबल उकास्न सु

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 364 पटक पढिएको
  • धनुषा मस्जिद तोडफोड घटना प्रकरणः सरोकारवलासंग छलफल सम्पन्न

    जनकपुर— धनुषाको कमला नगरपालिका वडा नं. ६ मा गत शनिबार १९ गत्ते भएको मस्जिदमा तोडफोड एवम मुस्लिम धर्मको धार्मिक ग्रन्थमा आगजनी घटनामा आज सरोकारवलाहरुसंग छलफल भएको छ ।जनकपुरधामस्थित जिल्ला प्रशासन कार्यालय धनुषामा प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद लुइटेलले मुस्लिम र हिन्दू समुदायका अगुवाहरुसंग छलफल गरेका छन् । छलफल पश्चात सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रमुख जिल्ला अधिकारी लुइटेलले कमला नगरपालिकाका घटेको घटनामा संलग्नहरु कानुन बमोजिम सजाय हुने जानकारी दिए ।उनले सामाजिक सद्भाव, धार्मिक सहिष्ण्णुता, एकताको भावनामा कहिँ कसैबाट कानुन उलंघन हुने, द्वव्श फैलाउने, एक अर्काप्रति आक्षेप लगाउने जस्ता कार्

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 357 पटक पढिएको
  • राष्ट्रियसभा निर्वाचनको तयारीमा एमाले, आज सचिवालय बैठक बस्दै

    काठमाडौं— नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक आज बिहान बस्दैछ।समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा निर्वाचनमा भोलि हुने मनोनयन र केन्द्रीय कमिटीका एजेण्डा तय गर्न बैठक बस्न लागेको हो।पार्टी केन्द्रीय सचिव पद्मा अर्यालका अनुसार बैठक बिहान ९ बजे च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्नेछ।आजको बैठकमा नेताहरूको कार्यविभाजन पनि प्रमुख एजेण्डाका रूपमा रहेको एक पदाधिकारीले जानकारी दिएका छन्। उनका अनुसार देश निर्वाचनतर्फ उन्मुख भएकाले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने तयारी एमालेको छ।सो तयारीअनुसार मुख्य–मुख्य विभागका प्रमुख, प्रदेश इन्चार्जहरूलाई संयोजकको जिम्मेवारी दिने तथा जिल्ला

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 350 पटक पढिएको
  • सञ्चयकोष चोकबाट दुई बालिकाको उद्धार, मानव बेचबिखनको आरोपमा दुई जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका–२६ स्थित सञ्चयकोष चोक नजिकको सडक खण्डबाट शङ्कास्पद अवस्थामा ट्याक्सीमा राखेर लगिँदै गरेका दुई जना बालिकाको प्रहरीले उद्धार गरेको छ। सो घटनामा संलग्न रहेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।यही पौष १२ गते राति करिब १२ः३० बजे बा.२ ज २३२७ नम्बरको ट्याक्सीमा शङ्कास्पद तवरले दुई जना बालिकालाई राखी लिएर जान लागेको अवस्थामा प्रहरीले फेला पारी ट्याक्सीको पछाडी सिटमा रहेका उनीहरूको उद्धार गरेको हो।प्रहरीका अनुसार ट्याक्सीभित्र रहेका राजन तामाङ र लक्ष्मण तामाङले विभिन्न मितिमा विभिन्न व्यक्तिहरूसँग महिलाहरूको फोटो आदान–प्रदान गर्ने, रकमको विषयमा सौदाबाजी गर्ने तथा

    • प्रकाशित मितिः पुस २२, २०८२
    • 333 पटक पढिएको
  • थरुहट–रथारुवान क्षेत्रका नेतृत्व र रास्वपाबीच वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु

    काठमाडौं— थरुहट र रथारुवान क्षेत्रका विशेष नेतृत्व, अभियन्ता तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बीचको वृहत् राजनीतिक समायोजन घोषणा सभा सुरु भएको छ।काठमाडौंस्थित सभागृहमा आयोजित कार्यक्रममा रास्वपाका सभापति रवि लामिछानेसहित विभिन्न अभियन्ता र नेताहरूको उपस्थिति रहेको छ। सोही कार्यक्रममार्फत थरुहट–रथारुवान क्षेत्रका राजनीतिक नेतृत्व र रास्वपाबीच औपचारिक रूपमा समायोजन घोषणा गरिने जनाइएको छ।कार्यक्रममा सहभागी वक्ताहरूले समावेशी राजनीति, पहिचान र अधिकारका विषयमा धारणा राख्ने अपेक्षा गरिएको छ। साथै, यस समायोजनले आगामी राजनीतिक समीकरणमा नयाँ आयाम थप्ने विश्वास आयोजकहरूले व्यक्त गरेका छन्।घोषणा

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 389 पटक पढिएको
  • ईभीको ठक्करबाट युवकको मृत्यु

    रौतहट— जिल्लाको बौधीमाई नगरपालिका–१ स्थित भुवाली चोक नजिक सोमबार बिहान भएको सवारी दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।पिपरियाबाट अजगैबियतर्फ जाँदै गरेको बा प्र ०३–००१ ज ७६६ नम्बरको विद्युतीय सवारीसाधन (ईभी) ले ‘अन टेस्ट’ प्लेटिना मोटरसाइकललाई ठक्कर दिँदा बौधीमाई नगरपालिका–२, इनर्वा निवासी २३ वर्षीय दीपेन्द्र बैठाको मृत्यु भएको हो।सोमबार बिहान करिब ८ः४५ बजे दुर्घटना भएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बैठालाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।अस्पतालमा उपचारकै क्रममा बिहान १०ः१५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्। मृत

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 383 पटक पढिएको
  • पूर्वप्रधानमन्त्री केपी ओलीको स्थान हद फुकुवा

    काठमाडौं— नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।भदौ २३ र २४ गते घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले सोमबार ओलीलाई तोकेको स्थान हद फुकुवा गरेको हो ।उनलाई विदेश जान र अनुमतिबिना काठमाडौं छाड्न रोक लगाएको थियो । आयोगले आइतबार ओलीसँग भदौ २३ र २४ गते घटनाबारे बयान लिएको थियो । उक्त घटनाका बेला ओली प्रधानमन्त्री थिए ।

    • प्रकाशित मितिः पुस २१, २०८२
    • 375 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा