काठमाडौं / काठमाडौं महानगरपालिका–३२ गोठाटारस्थित एक काठ गोदाममा शनिबार राति लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ।

शनिबार राति करिब साढे ९ बजे अचानक आगलागी भएपछि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीय बासिन्दाको सक्रिय प्रयासमा आगो नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार आगलागीको जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मी र दमकल घटनास्थलमा परिचालन गरिएको थियो।

आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ। साथै, आगलागीबाट भएको क्षतिको यकिन विवरण संकलन भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।