समाज

    Showing 451-460 of 11,160 items.
  • ‘कठघरा’का ‘रक्षक’ जीवनजंग बस्न्यात अब ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा

    काठमाडौं / सिनेमा ‘ल्याङ्ग ल्याङ्ग’को मुख्य भूमिकामा कलाकार जीवनजंग बस्न्यात अनुबन्धित भएका छन् । सिनेमाका निर्देशक बलिराम चौहान र बस्न्यातबीच कागजी सम्झौंता भएको छ ।बस्न्यात यही सिनेमामार्फत् पहिलोपटक मुख्य भूमिकामा देखिन लागेका हुन् । त्यसैले उनले ‘ल्याङ्ग ल्याङ्ग’ लाई आफ्नो करियरको महत्त्वपूर्ण मोडका रूपमा लिएका छन् । यसअघि उनले सिनेमा ‘रमिताको पिरती’ मा छोटो भूमिका निर्वाह गरेका थिए । छोटो उपस्थितिमै उनको अभिनयले दर्शकको ध्यान तान्न सफल भएको थियो भने उनले पात्रले पनि सकारात्मक राम्रो प्रतिक्रिया पाएको थियो ।साथै, हिमालयन टेलिभिजनको चर्चित कार्यक्रम ‘कठघरा’ मा ‘रक्षक’को भूमिकामा समेत द

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 160 पटक पढिएको
  • सिन्धुलीको फिक्कलमा बसको ठक्करबाट कार सुनकोशीमा खस्यो, चार जना बेपत्ता

    रामेछाप / सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरमा आज बिहान करिब १०ः३० बजे यात्रुवाहक बसले सडकमा रोकिराखिएको कारलाई ठक्कर दिँदा कार सुनकोशी नदीमा खसेको छ ।स्थानीयका अनुसार दुर्घटनाग्रस्त कारमा चार जना सवार रहेका थिए । समाचार तयार पार्दासम्म कार तथा त्यसमा सवार यात्रुको उद्धार हुन सकेको छैन । दुर्घटनामा परेको कारका चालक तिलकुमार लामा मध्यपहाडी लोकमार्ग निर्माण आयोजनासँग आबद्ध कन्ट्र्याक्टर रहेको जनाइएको छ ।घटनास्थल रामेछाप, सिन्धुली र ओखलढुंगाको सिमाना नजिक नवलपुरघाट नजिकै पर्दछ । सिन्धुली प्रहरीले घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ । प्रहरी तथा उद्धार टोली घटनास्थलमा परिचालन भ

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 171 पटक पढिएको
  • युवालाई सीपयुक्त बनाएर रोजगारी र उद्यमशीलता प्रवद्र्धन गर्न ‘एलजी सीप शिक्षा’ कार्यक्रम

    काठमाडौं / युवाहरूलाई प्राविधिक सीपमार्फत रोजगारी र उद्यमशीलतासँग जोड्ने उद्देश्यले सञ्चालन गरिएको ‘एलजी सीप शिक्षा’ कार्यक्रमले शिक्षा, निजी क्षेत्र र स्थानीय सरकारबीचको सहकार्यलाई थप बलियो बनाएको सरोकारवालाहरूले बताएका छन् ।सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा एलजी सिंगापुरका प्रबन्ध निर्देशक जोनाथन चान्था, चौधरी ग्रुप (सीजी) का प्रबन्ध निर्देशक निर्वाण चौधरी तथा काठमाडौं मोडल कलेजका शिक्षक सुरेन्द्र बजगाईले सीपमूलक शिक्षा, रोजगारी सिर्जना र युवाको क्षमता विकासका विषयमा आफ्नो धारणा राखेका थिए । कार्यक्रममा बोल्दै चान्थाले एलजी इलेक्ट्रोनिक्सले सन् १९५८ देखि उपभोक्ताको जीवनलाई सहज, गुणस्

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 251 पटक पढिएको
  • बिपी राजमार्ग: अत्यधिक सवारीचाप, खराब सडक र उर्लँदो खोलाको जोखिमपूर्ण यात्रा

    रामेछाप / काठमाडौंबाट पूर्वी नेपालका विभिन्न जिल्लामा आवतजावत गर्ने प्रमुख तथा सबैभन्दा छोटो मार्गका रूपमा रहेको बिपी राजमार्गको यात्रा वर्षायाममा थप जोखिमपूर्ण बनेको छ । अत्यधिक सवारीचाप, तीन वर्षअघि बाढीले क्षति पुर्याएको सडकको पुनर्निर्माण अझै सम्पन्न नहुनु तथा रोशी र सहायक खोलाहरुमा आउने आकस्मिक बाढीका कारण यात्रुले दैनिक सास्ती भोग्नुपरेको छ । काठमाडौंबाट काभ्रे र सिन्धुली हुँदै रामेछाप, दोलखा, ओखलढुंगा, सोलुखुम्बु, खोटाङ, भोजपुर, संखुवासभा तथा पूर्वी तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, झापा हुँदै धनकुटा, इलाम र ताप्लेजुङसम्म पुग्ने प्रमुख मार्गका रूपमा रहेको बि

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 155 पटक पढिएको
  • शोकमा ‘निम्सदाई’को जन्म गाउँ: नयाँ घर बनाउने सपना अधुरै

    म्याग्दी / म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना अहिले विश्व कीर्तिमानी पर्वतारोही निर्मल पुर्जा ‘निम्सदाई’को निधनका कारण शोकमा छ । पाकिस्तानको ब्रड पिक आरोहणका क्रममा निधन भएपछि जन्मथलोका आफन्त, साथीभाइ र गाउँलेहरू स्तब्ध बनेका छन् ।निर्मलकी आफन्त कमला केसीले चार दिनसम्म सकुशल फर्किने आशामा बसे पनि अन्ततः त्यो आशा निराशामा बदलिएको बताइन् । उनले दुई वर्षअघि दाना आएका निर्मलले पुरानो पुख्र्यौली जग्गामा मौलिक शैलीको घर बनाउने योजना सुनाएको स्मरण गर्दै त्यो सपना अधुरै रहेको बताइन् । निर्मलका बाल्यकालका साथी तथा अन्नपूर्ण गाउँपालिका–३ का वडा अध्यक्ष रमेश पुर्जाले सानैदेखि साहसी, जिद्दी

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 148 पटक पढिएको
  • धनुषामा निषेधाज्ञा हट्यो, चहल पहल सामान्य

    धनुषा / जिल्ला प्रशासन कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा जारी गरिएको निषेधाज्ञा हटाएको छ ।जिल्ला प्रशासन कार्यालय धनुषाले एक सूचना जारी गर्दै आन्दोलनरत पक्षले आफ्ना सबै आन्दोलनका कार्यक्रम फिर्ता लिएकाले निषेधाज्ञा हटाउने निर्णय गरिएको जनाएको हो । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेलद्वारा जारी सूचनाअनुसार जिल्ला सुरक्षा समितिको बैठकले पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३क० बमोजिम जारी गरिएको निषेधाज्ञा आज सोमबार बिहान ५ बजेदेखि हटाउने निर्णय गरेको हो ।गत साउन १६ गते बिहान १० बजेदेखि जनकपुरधाम उपमहानगरपालिका लगायतका क्षेत्रमा

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 181 पटक पढिएको
  • सुक्खा पहिरोका कारण मुगुको पुलु बजारका स्थानीय रातारात घर छाड्न बाध्य

     मुगु / मुगुको मुगुम कार्मारोङ गाउँपालिका–५ स्थित पुलु बजारमा आइतबार राति एक्कासी आएको सुक्खा पहिरोका कारण स्थानिय बासिन्दा घर छाड्न बाध्य भएका छन् ।आइतबार राति करिब ८ः३० बजे गाउँपालिका कार्यालय नजिकैको डाँडाबाट अचानक ढुङ्गा खस्न थालेसँगै स्थानियले घर छाडेर गएपछि बजार क्षेत्र सुनसान बनेको छ । मुगुम कार्मारोङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द रावलका अनुसार ढुङ्गा खस्ने क्रम सुरु र्भपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै स्थानीयलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । केही दिनअघि सोही क्षेत्रमा गएको पहिरोमा परी ३ वर्षीय बालकको मृत्यु भएको थियो भने ६ वटा घर पूर्ण रूपमा क्षत

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 165 पटक पढिएको
  • २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८४१ जनालाई कारबाही

    काठमाडौं / ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८४१ सयवटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ ।सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५६, सिसिटिभिमार्फत ८०, रातोबत्तीमा २९ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ५४, हर्न निषेधमा २३, लेन क्रसमा २०, अवस्था ठिक नभएको २३, एकतर्फीमा २२ र अन्यमा ५३४ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः साउन १८, २०८३
    • 157 पटक पढिएको
  • नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

    काठमाडौं / नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा दाइजो प्रथाविरुद्ध ‘महिला शक्ति जागरण अभियान’ कल्कि उमनको उद्घाटन गरेका छन् । कल्किजम रिसर्च सेन्टरद्वार आइतबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गरी ‘कल्कि कानुन’ र कल्कि करेन्सी अभियानमार्फत ‘महिला शक्ति जागरण अभियान’ चलाउनेसमेत जनाएको छ । कार्यक्रममा नायिका रेखा थापाले नेपालमा अझै पनि महिलाहरु अधिकारबाट बञ्चित रहेको बताउँदै आयोजकको स्वागत योग्य पहल रहेको र सफलताको शुभकामना दिइन् । महिला मुक्तिका लागि नेपालमा विभिन्न अभियानहरु चलिरहको सन्दर्भमा ‘कल्कि वुमेन’ नौलो र प्रभावकारी बन्ने विश्वासर रहेको बताइन् । कल्किजम रिसर्च सेन्ट

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 217 पटक पढिएको
  • सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

    काठमाडौं / काठमाडौं उपत्यकामा सिरियल रूपमा भइरहेका सुनका सिक्री तथा बहुमूल्य गरगहना लुटपाटका घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ‘कर्मा समूह’का नाइकेसहित पाँच जनालाई पक्राउ गरेको छ ।जिल्ला प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी काठमाडौं उपत्यकामा विभिन्न मिति र समयमा भएका चेन स्न्याचिङ सिक्री लुटपाटका घटनाको अनुसन्धानका क्रममा आपराधिक पृष्ठभूमि भएको ‘कर्मा समूह’ सक्रिय रहेको खुलेको जनाएको हो । प्रहरीका अनुसार उक्त समूहले विशेषगरी महिला तथा वृद्धाहरूलाई लक्षित गरी लुटपाट गर्ने गरेको पाइएको छ । प्रतिकार गर्न खोज्ने पीडितलाई घाँटी थिच्ने, कुटपिट गर्ने तथा घाइते बन

    • प्रकाशित मितिः साउन १७, २०८३
    • 358 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.