समाचार

    Showing 891-900 of 26,783 items.
  • देवानगञ्ज गोलीकाण्ड : उपचाररत अर्का घाइतेको मृत्यु, मृतक संख्या तीन पुग्यो

    काठमाडौं। देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा साउन १० गते दुई समुदायबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर घाइते भएका २१ वर्षीय रवीन्द्रकुमार मेहताको काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको छ। उनको बायाँ तिघ्रामा गोली लागेको थियो र उपचारका क्रममा बायाँ खुट्टा काट्नुपरेको थियो।यसअघि सोही घटनामा देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको घटनाकै दिन मृत्यु भएको थियो भने देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो। रवीन्द्रको मृत्यु भएसँगै देवानगञ्ज गोलीकाण्डमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ।घटनामा ग

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 74 पटक पढिएको
  • अर्थमन्त्रीले २० वाणिज्य बैंकका सिइओसँग छलफल गर्दै

    काठमाडौं । अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले आज २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओहरूसँग छलफल गर्दै छन् ।  मंगलबार दिउँसो ३ बजे मन्त्रालयमा छलफल गर्ने लागेका हुन् । बजेटले घोषणा गरेको आर्थिक सुधारका उपायहरूको कार्यान्वयनमा प्रमुख वित्तीय संस्थाहरूको भूमिका र वित्तीय बजारको वर्तमान अवस्थाबारे जानकारी लिन उनले सिइओहरुलाई छलफलमा बोलाएका हुन् । छलफलमा नेपाल राष्ट्र बैकले (क) श्रेणीमा राखेका २० वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरू सहभागी हुने छन् ।

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 352 पटक पढिएको
  • २० राजदूत नियुक्तिको तयारी अन्तिम चरणमा

    काठमाडौं।  सरकारले रिक्त रहेका २० राजदूत पदमा नियुक्तिका लागि सिफारिस गर्ने तयारी तीव्र बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार तीन हजारभन्दा बढी आवेदनको अध्ययन भइरहेको छ र योग्य उम्मेदवारको नाम अर्को साताभित्र मन्त्रिपरिषद्मा सिफारिस गरिनेछ।भारत, अमेरिका, चीन, बेलायत, जापान, दक्षिण कोरियालगायत १६ देशमा राजदूत पद रिक्त छन्। साथै इजिप्ट, बहराइन, बंगलादेश, म्यानमार र भियनास्थित संयुक्त राष्ट्रसंघीय नियोगमा पनि नयाँ राजदूत नियुक्त गरिने तयारी छ।यसपटक पहिलोपटक खुला आवेदन प्रणालीमार्फत राजदूत छनोट प्रक्रिया अघि बढाइएको हो। सरकारले राजनीतिक नेतृत्व र करिअर कूटनीतिज्ञ दुवै समूहबाट योग्य व्यक्तिला

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 90 पटक पढिएको
  • लिपिङमा पहिरोले थुनियो उत्तरी नाका, चीनसँगको व्यापारिक आवागमन ठप्प

    काठमाडौं। मंगलबार बिहान करिब ९ : ३० बजे लिपिङ क्षेत्रमा माथिबाट ठूलो पहिरो खस्दा अरनिको राजमार्गको सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको हो। पहिरोसँगै सडकको केही भाग भासिएपछि सवारीसाधन आवतजावत पूर्ण रूपमा रोकिएको प्रहरीले जनाएको छ।इलाका प्रहरी कार्यालय कोदारीका प्रमुख प्रहरी निरीक्षक केशव केसीका अनुसार पहिरो हटाउने सामान्य प्रयासले मात्र सडक सञ्चालन सम्भव छैन। सडकको आधार नै कमजोर बनेकाले संरक्षण पर्खाल ९वाल० निर्माण गरेर संरचना मजबुत बनाएपछि मात्रै यातायात पुनः सञ्चालन गर्न सकिने अवस्था रहेको उनले बताएका छन्।अरनिको राजमार्ग नेपाल–चीन व्यापारको प्रमुख जीवनरेखा मानिन्छ। यही सडक अवरुद्ध हुँदा चीनबाट आ

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 58 पटक पढिएको
  • शिक्षा मन्त्री पोखरेलले राजनीतिक पत्रकारसँग छलफल गर्दै

    काठमाडौं / शिक्षा तथा खेलकुद मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेलले विभिन्न सञ्चारमाध्यममा राजनीतिक विषयमा कलम चलाउने पत्रकारहरूसँग आज अन्तरक्रिया गर्ने भएका छन् । सिंहदरबारस्थित मन्त्रालयमा अपराह्न ३ बजे आयोजना हुने अन्तरक्रियामा सूचना प्रवाहमा देखिएका समस्या, चुनौती, नीतिगत सुधार तथा सरकार र सञ्चार माध्यमबिचको समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ । मन्त्रालयका अनुसार छलफलमा सरकारी सूचना प्रवाहलाई व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उपाय, समाचार सम्प्रेषणका क्रममा पत्रकारहरूले भोग्दै आएका चुनौती तथा सूचना प्रवाहलाई अझ सहज र विश्वसनीय बनाउने विषयमा विचार आदान—प्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 605 पटक पढिएको
  • लागूऔषध सहित तीन जना पक्राउ

    काठमाडौं / लागूऔषध सहित तीन जना पक्राउ परेका छन् ।दक्षिणकाली नगरपालिका—५ फर्पिङबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ हजार ६९० ट्याब्लेट र नाइट्राजेपाम २३६ ट्याब्लेट सहित काठमाडौं चन्द्रागिरी बस्ने बारा निजगढ नगरपालिका—१ घर भएका ३१ वर्षीय सुमन भण्डारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । नेपालगंज उपमहानगरपालिका—४ बाट लागूऔषध खैरो हेरोइन १५३ ग्राम ९५० मिलिग्राम सहित २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका—४ बस्ने ३० वर्षीय सुशिल भण्डारी र सोही उपमहानगरपा

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 151 पटक पढिएको
  • बाजुरामा विषालु च्याउ खाएर श्रीमानको मृत्यु, श्रीमतीको अवस्था गम्भीर

    बाजुरा / बाजुरामा विषालु जङ्गली च्याउ खाएर एक जनाको मृत्यु भएको छ । जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर ७ ढम्कनेका ५१ वर्षीय रामबहादुर थापाको जङ्गली च्याउ खाएर मृत्यु भएको हो । सोमबार दिउँसो जङ्गलमा उम्रिएको च्याउ खाँदा उनी बिरामी परेका थिए । थापाको जिल्ला अस्पताल बाजुरामा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेश बहादुर शाहीले जानकारी दिए । विषालु च्याउ खाई बिरामी भएर अस्पतालमा उपचारका क्रममा राति ११ बजेर ४० मिनेटमा चिकित्सकले थापालाई मृत घोषणा गरेका हुन् । साथै जङ्गली च्याउ खाएर मृतक थापाकी श्रीमती अन्दाजी ५० बर्षीया नाम्सरी थापा गम्

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 179 पटक पढिएको
  • पाँच वटा संसदीय समितिकोे बैठक बस्दै

    काठमाडौं / पाँच वटा संसदीय समितिकोे बैठक आज बस्ने भएको छ । मंगलबार अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, राज्य व्यवस्था तथा सुशासन र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहान १० बजे बस्ने अर्थ समितिको बैठकमा ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’माथि दफाबार छलफल जारी रहनेछ । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक १० बजे बस्ने भएको छ । बैठकमा ‘खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा’ छलफल गर्ने कार्यक्रम तय गरिएको छ ।यसैगरी, बिहान ११ बजे बस्ने राज्यव्यवस्था

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 138 पटक पढिएको
  • खोलाले बगाएर बेपत्ता

    गण्डकी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ मुलपानीस्थित एकतारे खोलाले बगाउँदा ३५ वर्षीय भीमबहादुर घर्ती बेपत्ता हुनुभएको छ । रघुगङ्गा–८ चौरखानीबाट किनेर ल्याएको भैँसीसहित खोला तर्ने क्रममा उहाँ बगेर बेपत्ता हुनुभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।घर्तीलाई खोलाले बगाएको सूचना गाउँलेले दिएपछि सोमबार साँझदेखि नै खोजी सुरू गरिए पनि उहाँको अवस्था पत्ता नलागेको कार्यालयका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले बताउनुभयो । आज बिहानैदेखि पुनः खोजी कार्य सुरू गरिएको उहाँको भनाइ छ ।

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 227 पटक पढिएको
  • चितवनमा गत आवमा ५२१ अनलाइन ठगीका निवेदन दर्ता

    चितवन। जिल्लामा ५२१ अनलाइन ठगीका निवेदन दर्ता भएका छन् । ती निवेदनअनुसार गत आर्थिक वर्षमा अनलाइनमार्फत रु १२ करोड २२ लाख ८४ हजार ३३८ ठगी भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठगिएको रकममध्ये रु दुई करोड २९ लाख ९८ हजार ६४३ फिर्ता समेत गरिएको छ । पछिल्लो समय अनलाइन मार्केटिङ, सामाजिक, सञ्जालबाट लिङ्क पठाएर ठगी गर्ने गरिएको उहाँले बताउनुभयो । यस्तै उपहार लिनका लागि जनाउँदै ठगी गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले दैनिक ठगीका निवेदन आउने गरेको छ । सामान्य रुपमा रु २०० देखि लाखौँसम्मको ठगीको उजुरी आएको उहाँले जानकारी दिनुभयो । अनला

    • प्रकाशित मितिः साउन १९, २०८३
    • 244 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.