गण्डकी। म्याग्दी सदरमुकाम बेनीदेखि मुस्ताङको जोमसोम जोड्ने सडकखण्डमा रातको समयमा सवारी आवागमन बन्द गरिएको छ । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार बिहीबार बिहान ५ः०० बजेसम्म यातायात सञ्चालनमा रोक लगाइएको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मङ्गलबार र बुधबार भारी वर्षा हुने प्रक्षेपण गरेपछि उक्त सडकखण्डमा सवारी आवागमन बन्द गरिएको हो । बेनी–जोमसोम सडक कालीगण्डकी करिडोरअन्तर्गत पर्छ । सो सडक भएर यात्रु मुक्तिनाथदेखि कोरला नाकासम्मको यात्रा गर्छन् । सम्भावित विपद् जोखिमलाई दृष्टिगत गरी रातिको समयमा यातायात सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्
काठमाडौं । नेपाल–भारत सीमामा अवैध आर्थिक गतिविधिमाथि सुरक्षा निकायले निगरानी कडा बनाइरहेका बेला सर्लाहीको सीमा क्षेत्रबाट श्रोत नखुलेको १३ लाख रुपैयाँसहित दुई जना पक्राउ परेका छन्।सशस्त्र प्रहरी स्रोतका अनुसार साउन १९ गते सर्लाही जिल्लाको पर्सा गाउँपालिका–६ स्थित सीमा इलाकामा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई व्यक्तिमाथि शङ्का लागेपछि जाँच गरिएको थियो। जाँचका क्रममा उनीहरूको साथबाट १३ लाख नेपाली रुपैयाँ बरामद भएको थियो।नियन्त्रणमा परेकाहरूमा सर्लाही पर्सा गाउँपालिका–६ का २३ वर्षीय असपाक साह र महोत्तरी श्रीपुर नगरपालिका–४ का ४६ वर्षीय साजन मुखिया रहेका छन्।सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस
एजेन्शी । ब्लड क्यान्सरबाट पीडित ७४ वर्षीय भारतीय अभिनेता प्रदीप रावतको उपचारका क्रममा निधन भएको छ । ब्लड क्यान्सरबाट पीडित ७४ वर्षीय भारतीय अभिनेता प्रदीप रावतको उपचारका क्रममा नि'धन भएको छ। उनले 'महाभारत' सिरियलमा अश्वत्थामाको भूमिका तथा 'सरफरोस', 'लगान' र 'गजिनी' जस्ता फिल्ममा खलपात्रको अभिनय गरेका थिए। रावतले हालै नेपाली फिल्म 'आबाट आमा-२' को छायांकन पनि सम्पन्न गरेका थिए।
झापा । विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, भविष्य निर्माण हुने आधारभूमि पनि हो । तर पछिल्ला वर्षहरूमा विद्यालय समयअघि र पछाडि विद्यालय परिसरमा हुने अवाञ्छित गतिविधि, लागूऔषधको बढ्दो प्रभाव र सामाजिक विकृतिले अभिभावक, शिक्षक र स्थानीय समुदायलाई चिन्तित बनाइरहेको छ । यही चिन्तालाई अवसरमा रूपान्तरण गर्ने प्रयासस्वरूप झापाको बाह्रदशी गाउँपालिकामा सामुदायिक विद्यालयलाई सुरक्षित र लागूऔषध दुव्र्यसनमुक्त बनाउने दीर्घकालीन अभियान सुरु गरिएको छ । अभियानको पहिलो पाइला बाह्रदशी गाउँपालिका–२ बुट्टाबारीस्थित भगवती आधारभूत विद्यालयबाट चालिएको छ । विद्यालय परिसरमा चारवटा सिसी क्यामेरा ज
काठमाडौं : रेजिडेन्ट तथा इन्टर्न डाक्टरहरूको उचित निर्वाह भत्ता सुनिश्चित गर्नुपर्ने माग राख्दै आमरण अनशनमा बसेका डाक्टर डिल्ली हरिजनप्रति राष्ट्रिय समता पार्टीले पूर्ण ऐक्यबद्धता जनाएको छ। पार्टीले डाक्टर हरिजनले उठाएका मागहरू न्यायोचित, व्यावहारिक तथा स्वास्थ्य क्षेत्रको समग्र सुधारसँग सम्बन्धित रहेको उल्लेख गर्दै नेपाल सरकार र सम्बन्धित सबै निकायलाई तत्काल गम्भीरतापूर्वक सम्बोधन गर्न आग्रह गरेको छ।पार्टीले जारी गरेको धारणा अनुसार स्वास्थ्य सेवाको मेरुदण्डका रूपमा रहेका रेजिडेन्ट तथा इन्टर्न डाक्टरहरूले आफ्नो अध्ययन र सेवाका क्रममा न्यूनतम जीवनयापन गर्न सक्ने गरी उचित निर्वाह भत्ता प्र
काठमाडौं / नेपाल राष्ट्रिय शिक्षक सङ्गठन राष्ट्रिय समितिको २४ औँ राष्ट्रिय परिषद् बैठक ललितपुरको जावलाखेलमा सम्पन्न भएको छ ।२०३६ सालमा निरङ्कुश पञ्चायती व्यवस्थाको कठिन समयमा स्थापना भई ४७ औँ वर्षमा प्रवेश गरेको सङ्गठनले यस बैठकबाट २५ बुँदे ऐतिहासिक ‘ललितपुर घोषणापत्र, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । साउन १६ देखि १९ गतेसम्म सञ्चालित बैठकमा सातै प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूको उत्साहजनक सहभागिता रहेको थियो । परिषद्को पहिलो दिन जेटीयुसीसीका अध्यक्ष विनोद श्रेष्ठको प्रमुख आतिथ्यतामा उद्घाटन समारोह सम्पन्न भएको थियो ।परिषद् बैठकका क्रममा ‘नेपाली शिक्षक आन्दोलनः वर्तमान सन्दर्भ र
सिरहा। सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर १५ वर्षीय गणेश यादवको ज्यान गएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित उच्चस्तरीय छानबिन समितिले स्थानीय तहमा अध्ययन र छलफललाई तीव्र बनाएको छ। गृहमन्त्रालयले सहसचिव पुष्पराज शाहीको नेतृत्वमा गठन गरेको समितिले घटनास्थलको प्रत्यक्ष अवलोकन गर्दै प्रमाण संकलन, सर्वदलीय बैठक, व्यवसायी तथा मुस्लिम समुदायका प्रतिनिधिसँग छुट्टाछुट्टै छलफल सुरु गरेको हो। समितिले सुनसरीको कप्तानगञ्जबाट सुरु भएको तनाव कसरी गोलबजारसम्म फैलियो, आन्दोलनका क्रममा गोली चल्नुपर्ने अवस्था किन आयो र गणेश यादवको मृत्यु कसरी भयो भन्ने विषयलाई अनुसन्धानको मुख्य केन्द्र बनाएक
काठमाडौं। सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेर उपचाररत रहेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएपछि स्थिति फेरि तनावपूर्ण बनेको छ। मृतकका आफन्तले सरकारले स्पष्ट जवाफ, दोषीमाथि कारबाही र न्यायको सुनिश्चितता नगरेसम्म शव नबुझ्ने अडान लिएका छन्।महाराजगञ्ज प्रहरी वृत्तका डीएसपी नवराज पोखरेलका अनुसार मेहताका परिवारले घटनामा गोली चलाउने व्यक्तिको पहिचान सार्वजनिक गर्न, कानुनी कारबाही अघि बढाउन तथा उचित क्षतिपूर्तिको घोषणा गर्न माग गरेका छन्। उनीहरूका अनुसार गृहमन्त्रीले घरमै पुगेर गरेको सहमति मात्र पर्याप्त नभएको भन्दै ठोस कार्यान्वयन देखिएपछि मात्रै शव बुझ्ने निर्णय गरिनेछ।यता, रवीन्द्र मेहताको निधन
काठमाडौं / सभामुख डोल प्रसाद डीपी अर्यालसँग नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोले बिदाइ शिष्टाचार भेट गरेका छन् । संघीय संसद् सचिवालय, सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा भएको भेटवार्तामा नेपाल–युरोपेली संघ सम्बन्ध, संसदीय सहयोग, आर्थिक साझेदारी, विकास सहकार्य तथा आपसी हितका विविध विषयमा विचार–विमर्श भएको थियो । भेटका क्रममा सभामुख अर्यालले सन् २०१३ देखि नेपाल युरोपेली संघको हवाई सुरक्षा सूचीमा समावेश रहँदै आएको उल्लेख गर्दै उक्त सूचीबाट नेपाललाई हटाउने विषय नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताए ।यस प्रक्रियामा युरोपेली संघको निरन्तर सहयोग र सकारात्मक समर्थनको अप
काठमाडौं / ‘नेपाल ज्येष्ठ नागरिक स्वाथ्य केन्द्र’द्वारा ज्येष्ठ कलाकारहरुको स्वास्थ्य परीक्षण गरिएको छ ।मनमोहन मेमोरियल मेडिकल कलेज एन्ड टिचिङ हस्पिटलमा रहेको स्वास्थ्य केन्द्रबाट मंगलबार ‘नेपाल चलचित्र कलाकार संघ’ संग सहकार्य गर्दै नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रले कलाकारहरूको निःशुल्क स्वास्थ्य परीक्षण गरेको हो । चलचित्र क्षेत्रका ६० वर्षभन्दा माथिका ज्येष्ठ सदस्यहरूका लागि निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालन हुँदैछ । नेपाल जेरियाट्रिक्स सेन्टर र नेपाल चलचित्र कलाकार संघको संयुक्त पहलमा यो स्वास्थ्य सेवा प्रदान गर्न लागिएको हो । नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्रको अ
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.