समाचार

    Showing 701-710 of 26,780 items.
  • ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुँदै

    काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवको निर्देशनपछि ४० वर्षदेखि उठ्न नसकेको उद्योगको बक्यौता धमाधम असुल हुन थालेको छ । उद्योग मन्त्रालयले लामो समयदेखि विभिन्न उद्योगबाट उठ्न बाँकी रहेको भाडा तथा अन्य बक्यौता असुलीलाई प्राथमिकतामा राख्दै कडाइ गरेपछि करोडौँ रुपैयाँ असुली भएको हो । उद्योगमन्त्री गौरी कुमारी यादवले वर्षौँदेखि राज्यलाई तिर्नुपर्ने रकम नतिरी बसेका उद्योग तथा संस्थाबाट बक्यौता असुल गर्न निर्देशन दिएसँगै असुली प्रक्रिया तीव्र पारिएको हो। करिब ४० वर्षदेखि उठ्न नसकेको उद्योगहरूको भाडा बक्यौता समेत अहिले असुल हुन थालेको छ । यसैक्रममा कन्टिनेन्टलबाट ४ करोड १

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 137 पटक पढिएको
  • देउवालाई एयरपोर्टबाटै पक्राउ गर्न जेनजी युवाको माग

    काठमाडौं / जेनजी आन्दोलन नेपालले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थलबाटै नियन्त्रणमा लिएर निष्पक्ष अनुसन्धान अघि बढाउन सरकारसँग माग गरेको छ । देउवाको निवासबाट स्वदेशी तथा विदेशी ठूलो परिमाणमा रकम भेटिएको भनी सार्वजनिक भएका विवरणबारे तत्काल छानबिन हुनुपर्ने उनिहरुको माग छ । जेनजी आन्दोलन नेपालका विजय शाहले जारी गरेको प्रेस वक्तव्यमा देउवामाथि सार्वजनिक रूपमा उठेका प्रश्नहरूको निष्पक्ष र पारदर्शी अनुसन्धान गर्न माग गरिएको छ । वक्तव्यमा वाइडबडी, एनसेल, नक्कली भुटानी शरणार्थी र मेलम्चीलगायत विभिन्न प्रकरणको समेत उल्लेख गर्दै दोषी देखिए कानुनबमोजिम कारबाही हुनुपर्ने बताइएको छ

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 137 पटक पढिएको
  • पत्रकार किशोर श्रेष्ठ पक्राउ

    काठमाडौं / जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन्। उनलाई बुधबार साँझ ललितपुरको बागडोल क्षेत्रबाट नेपाल प्रहरीले पक्राउ गरेको हो। प्रहरीका अनुसार श्रेष्ठविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा विद्युतीय अपराध तथा वैयक्तिक गोपनीयता उल्लंघनसम्बन्धी कसुरमा जाहेरी दर्ता भएपछि अनुसन्धानका लागि पक्राउ गरिएको हो।जाहेरीका आधारमा प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 226 पटक पढिएको
  • अफिस पुग्नेबित्तिकै रक्तचाप बढ्छ ? कतै तपाईंलाई ‘मास्क्ड हाइपरटेन्सन’ त छैन?

    काठमाडौँ । केही दशकयता कार्यालयको कार्यसंस्कृतिमा आएको परिवर्तनले मानिसको काम गर्ने शैली र बानीमा कैयौँ बदलाव ल्याएको छ।तर, कामको ध्याउन्नमा धेरैजसो मानिस स्वास्थ्यका सामान्य लक्षणलाई बेवास्ता गर्छन्। यीमध्ये उच्च रक्तचापलाई प्रायः सामान्य समस्या मान्ने गरिन्छ। ल्यापटप अगाडि बसेर लामो समयसम्म काम गर्नु, निरन्तर मानसिक तनाव, निद्राको कमी, राति ढिलोसम्म जागा रहने बानी र शारीरिक निष्क्रियताका कारण २५ देखि ४५ वर्ष उमेरसमूहका मानिसमा उच्च रक्तचापको समस्या तीव्र रूपमा बढिरहेको विज्ञहरू बताउँछन्।यद्यपि, चिन्ताजनक कुरा के छ भने धेरै मानिसको रक्तचाप क्लिनिकमा जाँच्दा सामान्य देखिन्छ, तर काम वा कार्यालय

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 220 पटक पढिएको
  • लाल बकैया नदीमा डुबेर बेपत्ता तेस्रो बालिकाको तेस्रो दिन पनि खोजी जारी

    रौतहट । रौतहटको देवाही गोनाही नगरपालिका २ लक्षमिनिया टोलस्थित लाल बकैया नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन बालबालिकामध्ये तेस्रो बालिकाको खोजी कार्य तेस्रो दिन बिहीबार पनि जारी रहेको छ।मंगलबार दिउँसो नदीमा नुहाउने र पौडी खेल्ने क्रममा तीन बालबालिका बेपत्ता भएका थिए। त्यसमध्ये बुधबार बिहान करिब साढे छ बजे घटनास्थलबाट करिब डेढ किलोमिटर तल जिङडिया पुल नजिक दुई बालबालिकाको शव फेला परेको थियो।सशस्त्र प्रहरी बल रौतहटका प्रमुख एसपी रामहरी अधिकारीका अनुसार फेला परेको शव स्थानीय शेख कमरे आलमका करिब १० वर्षीय छोरा मो. रमतुल्लाह र शेख ओसि अख्तरकी करिब १० वर्षीया छोरी सवनम खातुनको रहेको थियो। उनीहरूसँग

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 238 पटक पढिएको
  • आईजीपीलाई जिम्मेवारीबाट हटाएर प्रहरीभित्र भएको अनियमितताबारे छानबिन गर्न खगेन्द्र सुनारको माग

    काठमाडौं । सत्तारूढ दलका सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीमा जुत्ता, मोजा, कपडालगायतका सामान खरिदमा अनियमितता भएको विषयमा तत्काल छानबिन समिति गठन गर्न माग गरेका छन्।लेखा समितिको बैठकमा बोल्दै प्रहरी महानिरीक्षक (आईजीपी)माथि प्रश्न उठिसकेको अवस्थामा पदमै राखेर छानबिन गर्न नहुने बताए।उनले भने, ‘तत्काल छानबिन समिति बनाउनुपर्छ, आरोपित मानिसहरूलाई जिम्मेवारीबाट बाहिर राख्नुपर्छ र निष्पक्ष ढङ्गले छानबिन गरिनुपर्छ।’उनले आरोपित पदाधिकारीलाई जिम्मेवारीबाट अलग गरी निष्पक्ष छानबिन गर्नुपर्ने माग राखे। प्रहरीका लागि खरिद गरिने जुत्ता, मोजा, कपडा तथा अन्य सामग्रीमा अनियमितता हुँदा त्यसको प्रत्यक्ष असर गर

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 257 पटक पढिएको
  • न्यायिक समितिको सारथीः सर्वोत्कृष्ट पुस्तकका रूपमा सम्मानित

    काठमाडौँ । नेपाल कानुन व्यवसायी परिषद्को ३४औँ स्थापना दिवसका अवसरमा आर्थिक वर्ष २०८२–८३ मा कानुन तथा न्यायको क्षेत्रमा प्रकाशित पुस्तकहरूमध्ये उत्कृष्ट पुस्तकलाई पुरस्कृत गरिएको छ । रिनोवेसन नेपालले प्रकाशन गरेको अधिवक्ताद्वय उद्धव प्रसाद अधिकारी र रामबाबु नेपालद्वारा लिखित ‘न्यायिक समितिको सारथी’लाई उत्कृष्ट पुस्तकका रूपमा पुरस्कृत गरिएको हो ।परिषद्ले आयोजना गरेको स्थापना तथा आत्ममूल्याङ्कन दिवस समारोहमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले पुस्तकका लेखकहरूलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गरे ।न्यायिक समितिको सारथी स्थानीय तहमा न्यायिक समितिको कार्यसम्पादन, विवाद समाधा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 205 पटक पढिएको
  • संसद्लाई सम्बोधन गरेर आज राजीनामा दिने मुख्यमन्त्री शाहको तयारी

    कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहका दुई विकल्पमा छलफल गर्न आज पनि कांग्रेस संसदीय दलको बैठक बोलाइएको छ।हिजो सरकारी निवासमा भएको बैठकले आज फेरि ३ बजे बस्ने निर्णय गरेको कांग्रेस सांसदले जानकारी गराएका थिए।अघिल्लो ३१ गते सत्ता गठबन्धनमा रहेको नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्रीसँग ३० दिनभित्र विश्वासको मत लिनुपर्ने वा राजीनामा दिनुपर्ने दुई विकल्प हुन्। आज त्यसको अन्तिम दिन हो।हिजो सभामुख भीम भण्डारीलाई मुख्यमन्त्रीले विश्वासको मत लिने जानकारी गराउँदै संसद् आह्वान गर्न पत्र पठाएका थिए। हिजै यस विषयमा कार्यव्यवस्था परामर्श समितिको बैठक बसेर आज सा

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 247 पटक पढिएको
  • रोल्पामा पहिरोमा परेर १० जना बेपत्ता, खोजी जारी

    रोल्पा । थबाङ गाउँपालिका–५ बोटलबारामा पहिरोमा १० जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बेपत्ताको खोजी जारी छ ।थबाङ –५ बोटलबारामा गएरातिको पहिराले घर सहित गोठ पुरिँदा दुई जनाको मृत्यु भएको थियो भने दुई जना घाइते भएका थिए । घटनास्थल रोल्पा र बागलुङको सीमा नजिक जिल्ला सदरमुकामबाट करिव २१ कोशको दूरीमा पर्दछ ।पहिरामा परेका छ घरमा १० जना बेपत्ता भएका प्रहरीको प्रारम्भिक अनुमान छ । घटनास्थलमा गए राति नै प्रहरी टोली परिचालित भएका थिए । आज बिहानैदेखि प्रहरीको संयुक्त टोली र स्थानीयवासीले बेपत्ताहरुको खोजी जारी रहेको प्रमुख जिल्ला अधिकारी गङ्गाबहादुर क्षेत्रीले जानकारी दिए ।उनले जिल्लास

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 220 पटक पढिएको
  • आज राष्ट्रियसभाको बैठक, पाँच संसदीय समितिको पनि बैठक बस्दै

    काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ । अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेल ‘गनेस’ले प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची छ ।पाँच संसदीय समितिको बैठक बस्दैसङ्घीय संसद सचिवालयका अनुसार, आज विभिन्न पाँचवटा संसदीय समितिको बैठक बस्दैछ । अर्थ समिति, अन्तरराष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । त्यस्तै, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति र महिला तथा सामाजिक विकास समितिको बैठक बस्दैछ ।बिहान ९ः३० बजे

    • प्रकाशित मितिः साउन २८, २०८३
    • 212 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.