समाचार

    Showing 7,021-7,030 of 25,597 items.
  • जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

    झापा— जङ्गली हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान करिब ६ः३० बजे मेचीनगर नगरपालिका–४ बाहुण्डाँगीस्थित खड्का डाँडामा उक्त घटना भएको हो।प्रहरीका अनुसार नेपालबाट भारततर्फ गइरहेको जङ्गली हात्तीसँग जम्काभेट हुँदा आक्रमणमा परेर अन्दाजी ५०–५५ वर्ष उमेरका एक पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतक भारतीय नागरिक जस्तो देखिए पनि हालसम्म उनको नाम, थर र ठेगाना खुल्न सकेको छैन।बाहुण्डाँगी क्षेत्रमा मागीखाने गर्दै हिँड्ने व्यक्ति भएको प्रारम्भिक जानकारी प्राप्त भएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका डीएसपी राजन लामाले बताए। घटनाबारे भारतीय पक्षलाई पनि जानकारी गराइ सकिएको प्रहरीले

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 510 पटक पढिएको
  • एमाले स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा अविचलित छः महेश बर्तौला

    काठमाडौं— नेकपा एमालेका नेता महेश बर्तौलाले नेकपा एमाले मुलुकको स्वाधीनता, लोकतन्त्र र संविधानको पक्षमा दृढताका साथ अघि बढिरहेको बताएका छन् ।बुधबार एमाले महाधिवेशन स्थल भृकुटीमण्डपबाट उनले केही प्रतिवादीहरूले एमालेजस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहना राखे पनि पार्टी देशहित, स्वाधीनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिक अखण्डताको पक्षमा अविचलित रूपमा अघि बढिरहेको बताए ।उनले भने, ‘अन्य कयौँ प्रतिवादीहरुले एमाले जस्तो राजनीतिक शक्ति कमजोर बनोस् भन्ने चाहान्छ तथापी पनि हामी देशहितको पक्षमा स्वाधिनता, सार्वभौमिकता, राष्ट्रको स्वतन्त्रता र भौगोलिकताको पक्षमा जतिसुकै एकल बनाउन खोजे

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 459 पटक पढिएको
  • सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो । बिहीबार छापावाल सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसअघि बुधबार छापावाल प्रतितोला २ लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 514 पटक पढिएको
  • १० लाख सैनिकलाई १७ सय ७६ डलरका चेक दिने ट्रम्पको घोषणा

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउसबाट बुधबार राति देशवासीलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनको मुख्य ‘फोकस’ अमेरिकी अर्थतन्त्रमा थियो ।ट्रम्पले मुद्रास्फीति र उच्च मूल्यका निम्ति पूर्ववर्ती राष्ट्रपति जो बाइडेनलाई जिम्मेवार ठहर्‍याए । सम्बोधनका क्रममा उनले बाइडेनमाथि तिखो कटाक्ष गरे ।उनले आफ्नो सरकारको कार्यकालमा आर्थिक अवस्थामा सुधार र धेरै सकारात्मक प्रगति देखिएको जिकिर गरे । नयाँ योजना घोषणा गर्दै उनले त्यसलाई ‘वारियर डिभिडेन्ड’ नाम दिए ।त्यसअन्तर्गत १० लाख सैनिकलाई १७ सय ७६ डलरका चेक दिइने उनले बताए । ट्रम्पले यसलाई सैनिकको सम्मानको कदम भने ।हालका दिनमा ट्रम्पले मुद

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 547 पटक पढिएको
  • दि ओरिएण्टल इन्स्योरेन्सको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा २० लाख सहयोग

    काठमाडौं— दि ओरिएण्टल इन्स्योरेन्स कम्पनीले भाद्र २३–२४ गतेको आन्दोलनका क्रममा क्षतिग्रस्त भौतिक संरचना पुनर्निर्माण, आर्थिक पुनरुत्थान र राहतकार्यमा सहयोग गर्न नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीस लाख रुपैयाँको योगदान गरेको छ ।कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल सरकारले स्थापना गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा बीस लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो ।बिहिबार अर्थ मन्त्रालयमा पुगी कम्पनीका अध्यक्ष तथा प्रवन्ध निर्देशक संजय जोशीले बीस लाख रुपैयाँ बराबरको चेक अर्थमन्त्री रामेश्वर खनाललाई हस्तान्तरण गरेका हुन् ।अर्थमन्त्रीले कम्पनीको योगदानका

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 528 पटक पढिएको
  • उमेश श्रेष्ठ भन्छन पूराना अनुहारले कांग्रेस संकटमा, नयाँ नेतृत्व अपरिहार्य

    विराटनगर— नेपाली कांग्रेसका कोषाध्यक्ष, शिक्षासेवी र व्यवसायी उमेश श्रेष्ठले कांग्रेसभित्र अब पूरानो शैली र अनुहारभन्दा नयाँ, पढेलेखेका, उद्यमशील र विषयविज्ञ युवालाई नेतृत्वमा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।उनले देशको वर्तमान राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे स्पष्ट धारणा राखे । उनले पछिल्लो समय देखिएको जेन–जी आन्दोलनलाई युवाहरूको निराशा र परिवर्तनको चाहनासँग जोड्दै यसको मूल कारण रोजगारीको अभाव र नीतिगत कमजोरी भएको बताए ।श्रेष्ठका अनुसार देशको समग्र रूपान्तरणको आधार शिक्षा हो । हालको शिक्षा प्रणाली रोजगारमुखी नभएकाले युवाहरू विदेशिन बाध्य भएका छन् । त्यसैले विद्यालय तहदेखि नै सीपमूलक

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 457 पटक पढिएको
  • रास्वपा सभापति रवि र छविको मुद्दामा आज उच्च अदालत बुटवलमा पेसी

    रुपन्देही— सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ।उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरका अनुसार आजको पेसी तोकिएको हो। गत हप्ता यो मुद्दा हेर्न नमिल्ने अवस्थामा परेको थियो भने यसअघि दुई पटक लामिछाने पक्षका कानुनी व्यवसायीहरूले निवेदन पेश गरेर बहस रोकिएका थिए।बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश नारायण सापकोटाको इजलासले स

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 486 पटक पढिएको
  • एमाले महाधिवेशनः मतगणना सुरु

    काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको मतगणना सुरु भएको छ । विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भएसँगै मतदानको मुचुल्का र प्रतिनिधिहरुको सहमतिपछि मतगणना सुरु गरिएको निर्वाचन आयोगले जनाएको छ ।बिहीबार बिहान ७ बजे मतदान सकिएको थियो । मतगणना सुरू भएको करिब तीन घन्टासम्म नतिजा आइसक्ने निर्वाचन आयोगले जानकारी छ ।महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 447 पटक पढिएको
  • एमाले ११औँ महाधिवेशन: मतगणना केही समयमा सुरु हुने

    काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको केही समयमै मतगणना सुरु हुने भएको छ । मतदान सकिएसँगै विद्युतीय भोटिङ मेसिनबाट चिप्स संकलनको काम सम्पन्न भइसकेको एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।निर्वाचन आयोगका अनुसार चिप्स संकलनको काम सकिएसँगै निर्वाचन समितिको बैठक बसेपछि मतगणना सुरु हुनेछ।महाधिवेशनमा कुल २,२६३ प्रतिनिधि मतदाता रहेका थिए, जसमा २,२२७ मत खसेको छ । बाँकी ३६ प्रतिनिधिले मतदानमा भाग लिएका थिएनन् ।विद्युतीय प्रणाली प्रयोग भएकाले मतदानमा समय लागे पनि मतगणनामा धेरै समय नलाग्ने निर्वाचन आयोगले जनाएको छ ।आयोगले करिब ११ बजे आसपास निर्वाचन परिणाम सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।अध्यक्ष पदम

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 525 पटक पढिएको
  • स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि शिक्षकलाई केन्द्रमा राख्दै निर्वाचन आयोगको नयाँ स्रोत पुस्तिका

    काठमाडौं— स्वतन्त्र, निष्पक्ष र सचेत मतदान सुनिश्चित गर्न निर्वाचन आयोगले सामाजिक अध्ययन शिक्षकलाई लक्षित गर्दै नयाँ निर्वाचन शिक्षा स्रोत पुस्तिका सार्वजनिक गरेको छ ।‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनको पूर्वाधार’ नारासहित तयार गरिएको निर्वाचन शिक्षा स्रोत पुस्तिका, २०८२ आयोगले आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको हो।नागरिकमा लोकतान्त्रिक चेतना अभिवृद्धि गर्ने उद्देश्यले तयार पारिएको उक्त पुस्तिकामा शिक्षकको भूमिका विशेष रूपमा समेटिएको छ। पुस्तिकाले विद्यालय तहबाटै लोकतन्त्र, संविधान, निर्वाचन प्रणाली र नागरिक कर्तव्यबारे विद्यार्थीलाई व्यवस्थित रूपमा बुझाउने आध

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 508 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.