समाचार

    Showing 6,901-6,910 of 19,527 items.
  • झापामा तीनजना मृत अवस्थामा फेला परे

    झापा— झापामा तीनजना मृत फेला परेका छन् । आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । अर्जुनधारा–४ मा भेटिएको शवको भने सनाखत हुन बाँकी छ । बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका छन् । तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको प्रवक्ता खड्काले बताए । 

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 287 पटक पढिएको
  • पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधको आरोपमा पक्राउ पुर्जी जारी

    काठमाडौं — पत्रकार दिलभूषण पाठकविरुद्ध साइबर अपराधसम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरिएको पुष्टि भएको छ। प्रहरीका एक उच्च स्रोतले विद्युतीय कारोबार ऐन अन्तर्गत पाठकमाथि अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।प्रहरी स्रोतका अनुसार, "दिलभूषण पाठकविरुद्ध साइबर अपराध अन्तर्गतको कसुरमा पक्राउ पुर्जी जारी भएको हो। अन्य विषयहरु अनुसन्धानको क्रममा छन्।" यद्यपि, कसले उजुरी दिएको हो र कुन आधारमा दर्ता गरिएको भन्नेबारे भने प्रहरीले विवरण सार्वजनिक गरेको छैन।पाठकमाथि उजुरी प्रहरीको केन्द्रीय साइबर ब्यूरोमा परेको थियो। त्यसपछि ब्यूरोले पक्राउ पुर्जीका लागि काठमाडौं जिल्ला अदालतबाट अनुमति मागेको र अदालतल

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 528 पटक पढिएको
  • बाराको टाँगियाबस्तीमा बिजुली बाल्दा युद्ध जितेजस्तो भयो : कुलमान घिसिङ

    बारा -  नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१६ स्थित टाँगियाबस्तीमा पहिलो पटक बिजुली बलेपछि युद्ध जितेजस्तो अनुभव गरेको बताएका छन् । प्रस्तावित नीजगढ दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भन्दै टाँगियाबस्तीमा वर्षौं देखि विद्युतीकरण हुन सकेको थिएन । यसले गर्दा टाँगियाबस्तीका बासीन्दा अँध्यारोमा बस्न बाध्य थिए । प्राधिकरणको करिब दुई करोड ३४ लाख रुपैयाँको लगानीमा प्रसारण लाइन विस्तार गरी २०७९ असोजबाट टाँगियाबस्तीमा वत्ति बलिएको थियो । टाँगिया बस्तीमा करिब एक हजार चार सय ७६ घरधुरी छन् । विद्युतीकरणपछि पहिलो

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 336 पटक पढिएको
  • आइसिसी विश्वकप लिग २ : नेदरल्याण्ड्समाथि नेपालको दोस्रो जित

    काठमाडौं - आइसिसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले नेदरल्याण्ड्सलाई पराजित गरेको छ । मंगलबार स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सलाई लगातार दोस्रो खेलमा १६ रनले पराजित गरेको हो । २ सय ३७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्सले ४९।२ ओभरमा अल आउट हुदै २ सय २० रन मात्र जोड्न सक्यो ।नेपालका लागि ओडिआई डेब्यु खेल खेलेका नन्दन यादबले ९ ओभरमा ३९ रन खर्चिएर ३ विकेट लिए । सन्दीप लामिछानेले ३, ललित राजवंशीले २ तथा करण केसी र कुशल भुर्तेलले समान १ विकेट लिए ।टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गु

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 306 पटक पढिएको
  • सरकारले थाल्यो प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी

    काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओली आगामी साउन महिनामा भारत र तुर्कमेनिस्तान तथा असारको दोस्रो साता स्पेन भ्रमणमा जाने तयारी सुरु गरिएको छ। प्रधानमन्त्रीका निकट स्रोतका अनुसार भारत भ्रमण साउनको दोस्रो हप्ता हुन सक्ने सम्भावना रहेको छ भने स्पेन भ्रमणको तयारी लगभग अन्तिम चरणमा पुगेको छ।परराष्ट्र मन्त्रालयका अधिकारीहरूका अनुसार स्पेन भ्रमणको मिति लगभग तय भइसकेको छ र त्यसअनुसार तयारी तीव्र पारिएको छ। प्रधानमन्त्री ओली असार १६ देखि १९ (जुन ३० देखि जुलाई ३) सम्म स्पेनको सेभिल सहरमा हुने चौथो संयुक्त राष्ट्रसंघीय विकासका लागि वित्तीय सहयोग सम्मेलनमा सहभागी हुनेछन्। यो सम्मेलनमा विश्वभरका नेताहरू,

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 255 पटक पढिएको
  • झापामा तीन जना मृत फेला

    झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको भने परिचय खुलेको छैन ।तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 306 पटक पढिएको
  • पुरानो व्यवस्थामा फर्कने कुरा सम्भव छैन : प्रचण्ड

    म्याग्दी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल अब पुरानो राजनीतिक व्यवस्थामा फर्किन नसक्ने स्पष्ट पारेका छन्।बुधवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र लामो राजनीतिक संघर्ष र जनताको बलिदानबाट स्थापित भएकाले यसबाट मुलुक पछाडि फर्कन नसक्ने बताएका हुन्।"यो प्रणालीमा भएका कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्छ," दाहालले भने, "राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने गरी काम गर्नुपर्छ।"उनले जनताका समस्या बुझ्न आफ्नै

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 201 पटक पढिएको
  • प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

    काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए । आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको  उनको सचिवालयले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 218 पटक पढिएको
  • आज कविर दास जयन्ती, मधेशमा सार्वजनिक बिदा

    काठमाडौं— मधेश प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।मधेश प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 198 पटक पढिएको
  • १३ लाखभन्दा बढी भन्सार छलेर भित्र्याइएका सामान बरामद

    पर्सा— सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो।सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर-१० बजरंगस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यका कपडा बरामद गरेको छ।सशस्त्र प्रहरीले बीआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 410 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा