बाजुरा / बाजुरामा अविरल वर्षाले गर्दा घर माथिबाट पहिरो गएको छ । पहिरो जाँदा त्रिवेणी नगरपालिका ९ बस्ने कर्ण बहादुर थापाकी छोरी अन्दाजी २० वर्षीय प्रतीक्षा थापा बेपत्ता भएकी छन् ।सोही ठाउँ बस्ने अन्दाजी ४० वर्षका धर्म थापा र धौली देवी रावल घाइते छन् । बिहीबार राति देखिको अविरल वर्षापछि ताम्सु बस्ने ३९ वर्षीय धर्म थापा र ४३ वर्षीय कर्णबहादुर थापाको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पहिरोले घर पुरिँदा सोही घरका दुई जना घाइते भएका छन् । भने एक जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक तथा सूचना अधिकारी नरेश बहादुर शाहीले बताए।घाइते भएका
काठमाडौं / नेपाल प्रज्ञा प्रतिष्ठानसहित तीनवटै प्रज्ञा प्रतिष्ठानमा भएका पछिल्ला नियुक्तिलाई लिएर सरकारमाथि प्रश्न उठ्न थालेको छ। नियुक्तिमा योग्यता, पारदर्शिता, प्रतिनिधित्व र छनोट प्रक्रियालाई लिएर साहित्यकार तथा बौद्धिक क्षेत्रबाट असन्तुष्टि व्यक्त गरिएको हो। सरकारले पुरानो राजनीतिक भागबण्डा अन्त्य गर्दै योग्यता र क्षमताका आधारमा प्राज्ञिक नेतृत्व चयन गर्ने दाबी गरेको थियो। त्यसका लागि खुला प्रतिस्पर्धाबाट कुलपति छनोट गर्ने प्रक्रिया अघि बढाइएको थियो। तर नियुक्तिपछि भने सरकारले आफैंले घोषणा गरेको मेरिटोक्रेसीको मापदण्ड पूरा गर्यो कि गरेन भन्ने बहस सुरु भएको छ।नेपाल प्रज्ञा प्रतिष्ठानक
पोखरा / प्रहरीले पोखराका विभिन्न स्थानमा गरेको कारबाहीका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद गर्नुका साथै कारोबारमा संलग्न रहेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ।वडा प्रहरी कार्यालय बगरबाट खटिएको टोलीले पोखरा महानगरपालिका–२ बाग्लुङ बसपार्क क्षेत्रमा चेकजाँच गर्ने क्रममा धनकुटाका २३ वर्षीय मनोज लिम्बूलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार उनको साथबाट डाइजापाम २१ एम्पुल, फेनारगन २० एम्पुल र नुफिन २० एम्पुल गरी ६१ एम्पुल लागूऔषध बरामद भएको छ। साथै उनको साथबाट मोबाइल एक थान र नगद २१ हजार रुपैयाँसमेत फेला परेको प्रहरीले जनाएको छ। त्यसैगरी पोखरा–९ नागढुंगा क्षेत्रमा लागूऔषध बिक्री भइरहेको सूचनाका
काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न माग गर्दै दायर गरिएको बन्दी प्रत्यक्षीकरण रिटको आज सुनुवाइ हुँदैछ ।सर्वोच्च अदालतमा न्यायाधीश बालकृष्ण ढकालको इजलासमा उक्त रिटको पेशी चढेको हो । श्रेष्ठकी पत्नी सरस्वती श्रेष्ठले बिनाआधार र कारण पक्राउ गरिएको भन्दै थुनामुक्त गर्न माग गरेकी छन् ।दीपिका सिंहको जाहेरीले व्यक्तिगत गोपनीयतासम्बन्धी कसुरमा बुधबार राति पक्राउ परेका श्रेष्ठलाई हिजो अदालते ३ दिनको म्याद थप गरेको थियो ।
काठमाडौँ। परराष्ट्रसचिव अमृतबहादुर राईले नेपाल ‘एक चीन सिद्धान्तप्रति’ दृढ रहेको र नेपाली भूमिलाई चीनको हितविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता पुनः दोहोर्याउनुभएको छ । उहाँले नेपाल र चीनबिचको कूटनीतिक सम्बन्ध पञ्चशीलका सिद्धान्त, असल छिमेकीपन, पारस्परिक साझेदारी, सहकार्य, समानता र एकअर्काका भावना र संवेदनशीलताप्रतिको सम्मानमा आधारित रहेको बताउनुभयो ।नेपाल र चीनबिचको कूटनीतिक सम्बन्धको ७१औँ वार्षिकोत्सव समारोह तथा २०२६ नेपाल–चीनमैत्री लघु भिडियो प्रतियोगिताको पुरस्कार वितरण समारोहका अवसरमा बिहीबार यहाँ आयोजित कार्यक्रममा बोल्दै परराष्ट्रसचिव राईले यो वार्षिकोत्सव ‘हाम्रो कूटनीतिक पात्रोको एउट
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समूहको राष्ट्रिय भेला आजदेखि सुरू हुँदैछ । सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा तय गरिएको भेला ३ दिनसम्म चल्नेछ ।भेला आयोजक समितिका संयोजक डा. शशांक कोइराला छन् । इतर पक्षका शीर्ष नेता देउवा हिजो हङकङबाट फर्किसकेका छन् । उनले नै भेला उद्घाटन गर्ने छन् । संस्थापन इतर समूहले देउवालाई चुनदेवीमा पार्टी सभापतिकै हैसियतमा कार्यकक्ष बनाएर राखेको छ ।आज पहिलो दिनको उद्घाटन समारोहमा देउवालगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने नेता मीन विश्वकर्माले बताए । भोलि र पर्सि बन्दसत्र छ । उपस्थिति ५ हजार नाघ्ने उनको दाबी छ ।भेलामा राजनीतिक प्रतिवेदन पनि पे
बाजुरा। बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोमा परी बेपत्ता भएका र घाइतेको पहिचान खुलेको छ ।बेपत्ता हुनेमा त्रिवेणी नगरपालिका–९ की २० वर्षीया प्रतीक्षा थापा रहेकी छिन् । पहिरोमा परेर स्थानीय धर्म थापा र धौलीदेवी रावल घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरेशबहादुर शाहीका अनुसार थापाको बायाँ खट्टा र शरीरमा तथा रावलको टाउको, खुट्टा र शरीरमा चोट छ । घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल मार्तडी ल्याइएको उहाँले बताउनुभयो ।अविरल वर्षापछि पहिरोले स्थानीय धर्म थापा र कर्णबहादुर थापाको घर पूर्ण रुपमा क्षति भएको छ । पहिरोले पुरिएर थापाकी छोरी प्रतीक्षा बेपत्ता छिन् । उ
काठमाडौँ। अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो तथा बाढीले सडक अवरुद्ध भएका छन् ।नेपाल प्रहरीले आज बिहान ९ः०० बजेसम्मको विवरण सार्वजनिक गर्दै विभिन्न जिल्लाका राजमार्ग तथा सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ ।काभ्रेपलाञ्चोक–सिन्धुली जोड्ने विपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडकखण्डमा सम्भावित बाढीलाई मध्यनजर गर्दै राति १८ः०० बजेदेखि बिहान ४ः०० बजेसम्म सम्पूर्ण सवारीसाधनको आवतजावत रोक लगाइएको छ । बिहान ४ः०० बजेदेखि बेलुका १८ः०० बजेसम्म भने सवारीसाधन सञ्चालन हुने जनाइएको छ ।मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति सवारीसाधनको आवतजावत रोकिएको छ । उक्त सडकमा ब
काठमाडौँ। खानी तथा भूगर्भ विभागले खनिज पदार्थको उत्खनन, उत्पादन तथा निकासीबापत सङ्कलन गर्ने राजस्वमा गत आर्थिक वर्ष करिब रु ७० करोडले कमी आएको जनाएको छ ।विभागले आर्थिक वर्ष २०८१/८२ मा रु एक अर्ब ५९ करोड राजस्व सङ्कलन गरेकामा आर्थिक वर्ष २०८२/८३ मा रु ८९ करोड ४८ लाख मात्र सङ्कलन गरेको हो । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा विभागको राजस्व सङ्कलन करिब ४४ प्रतिशतले घटेको देखिन्छ ।विभागका प्रवक्ता एवं उपमहानिर्देशक गणेशनाथ त्रिपाठीका अनुसार खानी खोज तथा उत्खनन अनुमतिपत्र वितरण, इजाजत नवीकरण, भूबहाल, नक्सा तथा प्रतिवेदन शुल्कलगायतबाट विभागले राजस्व सङ्कलन गर्दै आएको छ ।उहाँका अनुसार देशमा औद्योग
रोल्पा। रोल्पामा चट्याङ लागेर एक जनाको मृत्यु भएको भएको छ । चट्याङ लागेर लुङ्ग्री गाउँपालिका–१ खदरका ५९ वर्षीय वीरबहादुर खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताउनुभयो । प्रहरी निरीक्षक श्रेष्ठका अनुसार बिहीबार राति खत्री आफ्नै घरमा बसिरहेको समयमा चट्याङ लागेर घाइते भएका थिए । उनको उपचारका क्रममा स्थानीय स्वास्थ्य संस्थामा मृत्यु भएको हो ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.