मोरङ / मोरङका एक युवक बिहीबार राति मृत अवस्थामा फेला परेका छन् । सुनवर्षी नगरपालिका-६ का हरि राजवंशीको घरमा सुतेका २८ वर्षीय तीर्थ निरौला राति ९ः२५ बजे मृत फेला परेको प्रहरीले जनाएको छ ।पेट दुखेको भन्दै राजवंशीको घरमा आराम गर्न उनी ओछ्यानमा बसेको र केही समयमै निरौला मृत भेटिएका हुन् । उनी भोजपुर विराटनगर रुटमा चल्ने बसमा उनी सहचालकको काम गर्दै आएका थिए । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड / बुद्ध एयरको आजबाट हुने भनिएको भद्रपुर–पोखरा उडान स्थगित भएको छ। कम्पनीका बिक्री तथा बजार निर्देशक रूपेश जोशीका अनुसार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आएकाओ) को अडिट सुरु भएका कारण उडान स्थगित गरिएको हो । अब दुई साताका पछि देखि मात्र उडान सुरु गर्ने निर्देशक जोशीले बताए । उनले भने, –‘जहाज पूर्ण रुपमा तयार भइसकेको छ। अहिले आइकाओको अडिटको समय भएका कारण दुई सातापछि देखि मात्र उडान सुरु गर्ने योजना बनाएका छौँ।’रुटका लागि बुद्ध एयरले एकतर्फी सुरुवाती भाडादर ६ हजार ९ सय रुपैयाँ कायम गरेको जनाएको छ । पोखराबाट भद्रपुर दिउँसो १ः २५ बजे र भद्रपुरबाट पोखरा दिउँसो ३ बजे उडान हुने
काठमाडौँ / गोकर्णेश्वर नगरपालिका –३ जगडोल बन कार्यालय नजिक जङ्गलमा मृत भेटिएकी नीला राईले आत्महत्या गरेको खुलेको छ । भोजपुरको हतुवागढी गाउँपालिका –२ घर भई हाल काठमाडौं महानगरपालिका –६ कपनस्थित सरस्वतीनगर बस्दै आएकी राईले आत्महत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको हो । राई गत चैत २५ गते मृत फेला परेकी थिइन् । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतले विष सेवन पछि राईले बायाँ हातको नाडीमा ब्लेडले काटेको आत्महत्या गरेको बताएका छन् । घटनास्थलमा विषको बट्टा समेत पनि फेला परेको थियो ।विदेशमा बस्ने एक पुरुषलाई नीलाले पैसा पठाएको र पैसा फिर्ता नपाउँदा उनले आत्महत्याको बाटो रोजेको अनुसन
झापा / पछिल्लो तीन महिनामा सगरमाथा आरोहणका लागि दुई सय ५० जनाले अनुमति लिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागका अनुसार माघ देखि हाल सम्ममा ३१ आरोही समूहका २५० आरोहीले आरोहण अनुमति लिएका हुन् । सगरमाथा आरोहणका लागि ४५ देशका ५६ पुरुष र १९४ गरी कूल २५० आरोही आएका पर्यटन विभागले जनाएको छ । सगरमाथा हिमालबाट ३१ करोड रुपैयाँ बढी रोयल्टी सङ्कलन भएको छ । अघिल्लो वर्ष सन् २०२१ को वसन्त यामको सगरमाथा आरोहणमा हालसम्मकै सर्वाधिक ४३ आरोही समूहले आरोहण अनुमति लिएका थिए । यो वर्षपनि कोभिड पछि पर्यटन क्षेत्र चलायमान बनिरहेको र पर्वतारोहणका लागि अनुकूल मौसम भए
विराटनगर / मोरङको ग्रामथानमा मोटरसाइकलको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ग्रामथान गाउँपालिका –५ ककरमारीका ६५ वर्षीया केवादेवी चौधरी रहेकी छन् । बुधवार राती साढे ७ बजे विराटचोक घिनाघाट सडक खण्डमा दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको को ३७ प ६३४१ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा चौधरी गम्भीर घाइते भएकी थिइन् । चौधरीको विराट नर्सिङ होम विराटनगरमा आज बिहान ४ बजे उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल र चालक ३० वर्षीय रबिन तबदार इलाका प्रहरी कार्यालय हरैँचाको नियन्त्रणमा लिएको छ ।
बारा / बारामा गोली लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा जितपुर सिमरा उपमहानगरपालिका –१६ का २८ वर्षीय सागर सिँजाली रहेका छन् ।बुधबार राती गाउँका अन्य युवाहरूसँगै गाउँ नजिकैको धर्मनगर स्थित बालगंगा नदीमा पुगेका सिंजाली शिकारीले चलाएको गोली लागी गम्भीर घाइते भएका थिए । घाइते सिंजालीलाई स्थानीयको सहयोगमा उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पतालमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डीएसपी राजेश थापाले जानकारी दिए ।
बिर्तामोड / भारतीय गोर्खा भूतपूर्व सैनिक संघ बिर्तामोडको अध्यक्षमा पुनः धनकुमार (डिके) गुरुङ चयन भएका छन् ।संघको कार्यालय बिर्तामोड बसपार्कमा बुधबार भएको चौथो साधारणसभाले गुरुङलाई पुनः अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।संघको उपाध्यक्षमा भीममाया नेम्वाङ, सचिवमा मिलन हाङ्गाम लिम्बू, कोषाध्यक्षमा तारामणि श्रेष्ठ, सह–सचिवमा नीरा भण्डारी र सहकोषाध्यक्षमा निर्मला गुरुङ चयन भएका छन् ।त्यस्तै, सदस्यहरूमा लक्ष्मी देवान, चन्द्रप्रसाद ओली, पवित्रा तामाङ, सुजन गुरुङ, अनुत सुब्बा, नरकुमार गुरुङ र शेरबहादुर गुरुङ रहेका छन् ।साधारणसभाले पूर्वमेजर श्याम गुरुङको संयोजकत्वमा सल्लाहकार समिति चयन गरेको
काठमाडौँ / त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ लाख भन्दा बढी रकम सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३२ वर्षीय भारतीय नागरिक कन्हैया लाल रहेका छन् । लुकाइछिपाइ भारत लैजान लागेको अवस्थामा १ लाख ८ हजार ५०० भारतीय रुपैयाँ र नेपाली ६ लाख ५४ हजार रुपैयाँ सहित उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
बिर्तामोड / गत चैत ६ गते मोरङको लेटाङमा भएको हिंसात्मक झडपमा परी ज्यान गुमाएकी प्रहरी जवान २६ वर्षीया उर्मिला श्रेष्ठको गोली लागेर मृत्यु भएको खुलेको छ । श्रेष्ठको धारिलो हतियारको प्रहारबाट मृत्यु बताइए पनि विराटनगरस्थित कोशी अस्पतालले दिएको पोस्टमार्टम रिपोर्ट अनुसार उनको गोली लागेर मृत्यु भएको पुष्टि भएको हो । रिपोर्टमा ‘सक प्रिजेन्ट बाई फायरआर्म इन्जुरी’ भनी उल्लेख गरिएको छ । प्रहरीले गरेको लामो अनुसन्धानपछि सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनमा श्रेष्ठको शरीरबाट गोली निकालिएको उल्लेख गरिएको छ । प्रहरीले त्यसदिन तीन वटा हतियारबाट हवाई फायर गरेको उल्लेख गरेको
बिर्तामोड / झापाको मेचीनगर नगरपालिका-६ बाट प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत गाण्डोगलजोते खरीबारी दार्जिलिङका २४ वर्षीय नन्दन बर्मन रहेका छन । बुधबार बिहान इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट पैदल नेपाल तर्फ आँउदै गरेका अवस्थामा बर्मनलाई पक्राउ गरेको हो । बर्मनलाई शंका लागि शरीर खानतलासी गर्दा मलद्वारमा लुकाई राखेको अवस्थामा १ ग्राम ब्राउन सुगर बरामद भएको थियो । प्रतिबन्धित लागूऔषध ब्राउनसुगर सहित पक्राउ परेका बर्मनको इलाका प्रहरी कार्याल
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.