समाचार

    Showing 6,721-6,730 of 19,527 items.
  • अधिकृत गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा दायर

    काठमाडौं— सवारी चालक अनुमति पत्र कार्यालय, पर्साका अधिकृत कमलराज गौतमविरुद्ध २ करोड ५२ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ।गौतमले २०५५ सालदेखि २०७९ सालसम्म सार्वजनिक पदमा रहँदा आम्दानीभन्दा धेरै खर्च गरी अवैध सम्पत्ति आर्जन गरेको आयोगको दाबी छ। आयोगका अनुसार गौतमले वैध रूपमा करिब २ करोड ८९ लाख रुपैयाँ आम्दानी गरे पनि उनले आफन्तको नाममा घर, जग्गा, गाडी, सुन लगायतमा ५ करोड ४० लाख रुपैयाँभन्दा बढी खर्च गरेका थिए।आयोगले स्रोत नखुलेको २ करोड ५१ लाख रुपैयाँ गैरकानुनी सम्पत्ति मानी मुद्दा दायर गरेको हो। साथै, सम्पत

    • प्रकाशित मितिः असार ३, २०८२
    • 266 पटक पढिएको
  • २,१०० किलो गाँजासहित तीन जना पक्राउ

    धरान — सुनसरीको इटहरी उपमहानगरपालिका–२०, तरहरास्थित धरान–तरहरा सडकखण्डबाट २,१०० किलो गाँजासहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ट्रक चालक धनकुटाका ३२ वर्षीय राजेन्द्र राई , सहचालक ३३ वर्षीय सुनिल राई र सुनसरीका ३४ वर्षीय सुमन राई छन्।उनीहरूमाथि लागुऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी प्रमुख सुमनकुमार तिमल्सिनाले जानकारी दिए।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 268 पटक पढिएको
  • भिजिट भिसा प्रकरणः प्रचण्ड भन्छन २०६४ सालदेखि चल्दै आएको समस्या हो

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भिजिट भिसा समस्या अहिलेको मात्र नभई २०६४ सालदेखि चल्दै आएको बताएका छन्। चितवनमा आयोजित पत्रकार सम्मेलनमा उनले छानबिनसहित नीतिगत सुधार गर्नुपर्ने बताए।प्रचण्डले आवश्यक परे संविधान संशोधन र नयाँ ऐन बनाउने विकल्प खुला रहेको उल्लेख गर्दै,'मैले छाडेर यो मुद्दा जनताले छाड्दैनन्' उनले भने।उनले आफूहरू प्रतिपक्षमा भए पनि सत्तापक्षको भूमिका खेल्न बाध्य भएको बताए। संसद् अवरोध खुलाउन ३० दिनभित्र छानबिन समिति बनाउने सर्तमा सहमति भएको पनि स्पष्ट पारे।

    • प्रकाशित मितिः असार ३, २०८२
    • 353 पटक पढिएको
  • ऐतिहासिक नहर अब पक्की संरचनामा रूपान्तरण हुँदै

    म्याग्दी— म्याग्दीको बेनी नगरपालिका–१ अर्जममा १५७ वर्ष पुरानो नहर पक्की बनाउन थालिएको छ । जलस्रोत, खानेपानी तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीले अर्जममा विसं १९२५ मा निर्माण भएको नहर पक्की बनाउन योजना सञ्चालन गरेको हो । साबिक रत्नेचौर गाविसको यो सिँचाइ आयोजनाको नाम ‘पच्चिस साले सिँचाइ योजना’ राखिएको छ । उपभोक्ता समितिका सचिव नरबहादुर थापाले कच्ची नहरमा पानीको चुहावट र जमिन भासिने समस्या भएपछि वर्षौंको प्रयासपछि पक्की निर्माण गरी पाइपलाइन जडान गर्न थालिएको जानकारी दिए। “कच्ची नहरमा मुहानबाट पठाएको पानी चुहिएर पुछारको खेतमा पु(याउन नसक्ने अवस्था थियो,” उनले भने, “गण्डकी प्रदेश सर

    • प्रकाशित मितिः असार ३, २०८२
    • 162 पटक पढिएको
  • नेपाली कांग्रेसको १५औं महाधिवेशन २०८३ भदौमा हुने : महामन्त्री विश्वप्रकाश शर्मा

    विर्तामोड— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको १५ औं महाअधिवेशन २०८३ भदौमा सम्पन्न हुने बताएका छन् । सोमबार नेपाली कांग्रेस झापाको विस्तारित बैठकलाई सम्बोधन गर्दै शर्माले २०८२ फागुनबाट पार्टीका तहगत समितिहरुको अधिवेशन शुरु भई भदौमा महाधिवेशन हुने बताए।लोकतन्त्रको स्थापनापछि कांग्रेसको नेतृत्वमा  भएका विकास निर्माण र समृद्धिको प्रचार गर्न पार्टीले नसकेको तर, अन्य दलले साना उपलब्धीलाई समेत ठूलो आवाजमा प्रस्तुत गर्ने गरेको टिप्पणी गरे।लोकतन्त्र आएपछि केही भएन भनेर नकारात्मक टिप्पणी मात्रै नगर्न आग्रह गर्दै महामन्त्री शर्माले शिक्षा, स्वास्थ्य, सूचना–सञ्चार एवं सडक सञ्जा

    • प्रकाशित मितिः असार ३, २०८२
    • 247 पटक पढिएको
  • ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. श्रेष्ठ गृहमन्त्रीसँग भेट

    काठमाडौं — फेसबुकमा ‘अलविदा’ लेख्दै सम्पर्कविहीन भएका डा. केशव श्रेष्ठले गृहमन्त्री रमेश लेखकसँग भेट गरेका छन्। उनले मंगलबार भैँसेपाटीस्थित मन्त्री निवास पुगेर गुनासो पोखेका हुन्।गृहमन्त्रीसँगको भेटमा डा. श्रेष्ठले कार्यक्षेत्रमा भोगेको प्रशासनिक अन्याय र मानसिक दबाबबारे बताएका थिए। गृहमन्त्री लेखकले डा. श्रेष्ठलाई आत्मबल बलियो बनाएर अघि बढ्न सुझाव दिएका छन्। रामेछाप जिल्ला अस्पतालमा दुई वर्षभन्दा बढी सेवा गरेका डा. श्रेष्ठ हाल हेटौँडा सरुवा भएका छन्। उनले रामेछापमै अमानवीय व्यवहार भएको आरोप लगाउँदै फेसबुकमा 'अलविदा' लेखेपछि सोमबारदेखि सम्पर्कविहीन भएका थिए। प्रहरीले उनलाई बालाजु क्षेत्रम

    • प्रकाशित मितिः असार ३, २०८२
    • 324 पटक पढिएको
  • त्रिकोणात्मक टी–२० नेपाल आज स्कटल्याण्डसँग खेल्दै

    काठमाडौं । स्कटल्याण्डमा जारी त्रिकोणात्मक टी–२० सिरिजको दोस्रो खेलमा नेपाल आज स्कटल्याण्डसँग खेल्दै छ । मंगलबार बेलुका पौने ८ बजेदेखि खेल सुरु हुनेछ । नेपाल र स्कटल्याण्ड आज टी–२० सिरिजमा पहिलो पटक खेल्न लागेका हुन् । सन् २०१३ को टी–२० विश्वकप छनोटमा नेपाल स्कटल्याण्डसँग ८ विकेटले पराजित भएको थियो । नेपालले टी–२० आई मान्यता पाएपछि भने स्कटल्याण्डसँग खेलेको छैन । यसअघि शृंखलाको आफ्नो पहिलो खेलमा नेदरल्याण्ड्ससँग नेपाल रोमाञ्चक ढंगले तेस्रो सुपर ओभरमा पराजित भएको थियो । नेदरल्याण्ड्ससँग खेलेपछि नेपालले आफ्नो १००औं खेल पूरा गरेको छ ।यस सिरिजअन्तर्गत आइतबार भएको पहिलो खेलमा स्कटल्य

    • प्रकाशित मितिः असार ३, २०८२
    • 213 पटक पढिएको
  • जुम्लामा ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मुत्यु, ४ जना घाइते

    मुगु— जुम्लामा ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । गएराती लु २ त १११५ नम्बरको ट्याक्टर जुम्ला एयरपोर्टबाट चन्दननाथ ९ को तलिउम तर्फ जाँदै गर्दा अनियन्त्रित भइ दुर्घटना भएको थियो ।दुर्घटनामा १ जनाको मृत्यु र ४ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रोहित रसाइलीले जानकारी दिए।दुर्घटनाबाट मृत्यु हुनेमा चन्दननाथ नगरपालिका–९ का वर्ष ४८ का जोखे सार्कीको उपचारको क्रममा गएराती कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी सहायक निरिक्षक रसाइलीले बताएका हुन्।घाइते हुनेमा चन्दननाथ नगरपालिका–९ तल

    • प्रकाशित मितिः असार ३, २०८२
    • 213 पटक पढिएको
  • इरानप्रति ट्रम्पको कडा सन्देश – राजधानी खाली गर्न सुझाव

    एजेन्सी— इजरायल–इरान द्वन्द्वको बीचमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको राजधानी तेहरानलाई तुरुन्तै खाली गर्न सल्लाह दिएका छन्।‘मैले हस्ताक्षर गर्न भनेको सम्झौतामा इरानले हस्ताक्षर गर्नुपर्थ्यो। कस्तो लाजमर्दो कुरा, र मानव जीवनको बर्बादी’, ट्रम्पले आफ्नो ट्रुथ सोसियल एकाउन्टमा लेखेका छन्।उनले अगाडि भने, ‘सरल भाषामा भन्नुपर्दा, इरानसँग आणविक हतियार हुन सक्दैन। मैले यो कुरा बारम्बार भनेको छु! सबैले तुरुन्तै तेहरान खाली गर्नुपर्छ!’जी सेभेन शिखर सम्मेलनमा भाग लिन क्यानडा गएका ट्रम्प त्यहाँबाट एक दिन अगाडि नै फर्कदैछन्। उनको चाँडै फर्कनुको कारण मध्य पूर्वको अवस्थालाई दिइएको छ।उता गत वर्ष अम

    • प्रकाशित मितिः असार ३, २०८२
    • 186 पटक पढिएको
  • अदालतमा हाजिर भए राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र काठमाडौं जिल्ला अदालतमा आज हाजिर भएका छन्। तीनकुनेमा चैत १५ गते भएको  आन्दोलनका क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। सो घटनासँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले हाजिरी जमानीमा रिहा गर्ने आदेश दिएपछि उनी अदालतमा हाजिर भएका हुन्।तीनकुनेमा भएको आन्दोलन शान्तिपूर्ण प्रदर्शनका क्रममा मिश्रसहित केही नेताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। आज अदालतमा मिश्रको हाजिरीसँगै थुनछेक बहस सुरु भएको छ। थुनछेक बहसको क्रममा अभियोजन पक्ष र प्रतिवादी पक्षबीच मिश्रलाई थुनामा राख्ने वा नराख्नेबारे कानुनी तर्कहरू प

    • प्रकाशित मितिः असार ३, २०८२
    • 271 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा