समाचार

    Showing 6,601-6,610 of 19,527 items.
  • सप्तरीमा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु, एक घाइते

    सप्तरी — सप्तरी जिल्लाको हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित भलुवा जाने बाँधको भित्री सडकमा आइतबार बिहान दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।कङ्कालिनी मन्दिरबाट भलुवातर्फ जाँदै गरेको को १० प ५६२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएपछि दुर्घटना भएको हो।दुर्घटनामा परेर बा ५५ प ६६३९ नम्बरको मोटरसाइकल चालक सप्तरी शम्भुनाथ नगरपालिका–११ राजपुर निवासी १९ वर्षीय अविनाश मण्डल र को १० प ५६२ नम्बर मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–१ बैरवा निवासी ३४ वर्षीय ओमप्रकाश पञ्जियारको ज्यान गएको इलाका प्रहरी कार्य

    • प्रकाशित मितिः असार ८, २०८२
    • 224 पटक पढिएको
  • सङ्घीय सरकारले लक्ष्यभन्दा आधा पनि उठाउन सकेन बाह्य ऋण

    काठमाडौं— चालु आर्थिक वर्षमा रू दुई खर्ब १७ अर्ब बाह्य ऋण उठाउने भनेर बजेट स्रोत देखाएको सङ्घीय सरकारले हालसम्म वार्षिक लक्ष्यको आधा पनि उठाउन सकेको छैन ।सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको गत जेठ मसान्तसम्मको सार्वजनिक ऋणको प्रतिवेदनअनुसार रू ९९ अर्ब २० करोड १७ लाख बराबर बाह्य ऋण उठाइएको छ । यो वार्षिक लक्ष्यको ४५ दशमलव ७२ प्रतिशत हो । अर्कोतर्फ सरकारले चालु आवका लागि राखेको आन्तरिक ऋणको लक्ष्य भने शतप्रतिशत प्राप्ति हुने देखिएको छ ।गत जेठ मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको ९५ दशमलव ४५ प्रतिशत आन्तरिक ऋण उठाइसकेको छ । चालु आवका लागि रू तीन खर्ब ३० अर्ब आन्तरिक ऋण उठाउने भनिएकामा पछिल्लो ११

    • प्रकाशित मितिः असार ८, २०८२
    • 295 पटक पढिएको
  • चन्द्रागिरि आपसी विवाद हुँदा चक्कु प्रहार, एक जना युवक पक्राउ

    काठमाडौं— काठमाडौंको चन्द्रागिरि नगरपालिका–४ स्थित गोदामचौरमा आपसी विवाद हुँदा एकजनाले चक्कु प्रहार गरेका छन् । चक्कु प्रहारबाट ४६ वर्षीय सुकबहादुर लामा घाइते भएका छन् । उनको चिउँडोमा चोट लागेको छ ।चक्कु प्रहारमा संलग्न २५ वर्षीय महेश्वर लामालाई प्रहरीले पक्राउ गरेको छ । युवकले मदिरा सेवन गरेर आपसी विवाद हुँदा चक्कु प्रहार गरेका हुन् । घाइतेलाई उपचारको लागि ललितपुर स्थित बीएण्डबी अस्पतालमा भर्ना गरिएको छ । घटनाबारे प्रहरी वृत्त थानकाले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले  जनाएको छ ।  

    • प्रकाशित मितिः असार ८, २०८२
    • 257 पटक पढिएको
  • अमरेशले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि भयो लफडा

    काठमाडौं— प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंहले नेपाललाई लिजमा अर्को देशलाई दिऊँ भनेपछि  लफडा भएको छ ।सांसद सिंहले आपत्तिजनक र राष्ट्रघाती अभिव्यक्ति दिएको भन्दै एमाले प्रमुख सचेतक महेश बर्तौलाले आपत्ति जनाएका थिए । त्यसपछि सत्तापक्षका अन्य सांसद समेत उठेर विरोध गरेका थिए ।सभामुख देवराज घिमिरेले सिंहले बोलेको कुरा राष्ट्रहित विपरीत रहेको भन्दै उक्त शब्द रेकर्डबाट हटाउन निर्देशन दिएका थिए । त्यसपछि सिंहले सभामुख एमालेको मात्रै भन्दै बजेट नजाने बोल्न पनि नपाउने किन भन्दै आक्रोश व्यक्त गरेका थिए ।उनले एमाले देशप्रति गद्दार तपाईँहरू हो भन्दै आक्रोश व्यक्त गरेका थिए । त्य

    • प्रकाशित मितिः असार ८, २०८२
    • 295 पटक पढिएको
  • प्रधानमन्त्री ओलीको नेतृत्वमा गठित सुशासन आयोगको बैठक आज बस्दै

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गठित उच्चस्तरीय शासकीय सुधार आयोगको दोस्रो बैठक आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्दैछ । बैठकमा सार्वजनिक सेवालाई सरल, पहुँचयोग्य र झञ्झटरहित बनाउनेलगायत विषयमा छलफल हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव डा भीष्मकुमार भुसालले जानकारी दिए ।गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकबाट प्रधानमन्त्री ओलीको अध्यक्षतामा गठन भएको आयोगको पहिलो बैठक यही असार ४ गते भएको थियो । आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया, संघ

    • प्रकाशित मितिः असार ८, २०८२
    • 202 पटक पढिएको
  • लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

    विराटनगर— झापा र मोरङका दुई फरक स्थानहरूबाट प्रहरीले लागू औषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ।गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका–५ स्थित चेकजाँचको क्रममा भारतबाट नेपाल प्रवेश गर्दै गरेको प्रदेश ०१–०३० च ७७९३ नम्बरको कार जाँच गर्दा कारको सिटमुनि लुकाएर ल्याउँदै गरिएको ४७ ग्राम ६९० मिलिग्राम ब्राउन सुगर बरामद गरेको हो।साथै उक्त कारका चालक काठमाडौं महानगरपालिका–२६ का २४ वर्षीय निवेश कुँवर र कारमा सवार लमजुङकी २२ वर्षीया नोजिना रानामगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।उता म

    • प्रकाशित मितिः असार ८, २०८२
    • 271 पटक पढिएको
  • पेस्तोल र खुकुरीसहित भारतीय नागरिक पक्राउ

    झापा— झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्क क्षेत्रबाट अवैध हतियारसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत पश्चिम बंगाल, सिलिगुढीका ३५ वर्षीय जय प्रकाश कुमार पाठक रहेका छन्।विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले प्रहरी नायव उपरीक्षक (डीएसपी) राजन लामाको कमाण्डमा उक्त पक्राउ गरेको हो। टोलीले चेकजाँचका क्रममा शंकास्पद रूपमा भेटिएको एक गाडी नियन्त्रणमा लिएको थियो।जाँचका क्रममा गाडीको सिटमुनी लुकाएर राखिएको एक थान कालो रंगको म्यागजिनसहितको एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट र दुई थान खुकुरी बरामद गरिएको प्रहरीले जनाएको

    • प्रकाशित मितिः असार ८, २०८२
    • 322 पटक पढिएको
  • सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदै छ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा आज सुनको मूल्य तोलामा पाँच सय रुपैयाँ बढेको छ । मूल्य बढेसँगै आज छापावाला सुनको भाउ प्रतितोला एक लाख ९५ हजार दुई सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले जनाएको छ ।महासंघका अनुसार गत शुक्रबार सुनको भाउ प्रतितोला एक लाख ९४ हजार सात सय रुपैयाँ रहेको थियो ।शुक्रबारको तुलनामा आज असली चाँदीको भाउ तोलामा १० रुपैयाँ वृद्धि भएको छ । मूल्य बढेसँगै आज चाँदीको भाउ प्रतितोला दुई हजार एक सय ६० रुपैयाँ कायम भएको छ ।गत शुक्रबार चाँदी प्रतितोला दुई हजार एक सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • 264 पटक पढिएको
  • रास्वपा प्रचारप्रसार विभाग प्रमुखमा झा, प्रशिक्षणमा आचार्य

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टीको अभियान तथा प्रचारप्रसार विभाग प्रमुखमा मनीष झा नियुक्त भएका छन्। शनिबार बसेको केन्द्रीय समिति बैठकले उनलाई विभाग प्रमुखको जिम्मेवारी दिएको हो। उनी रास्वपा प्रवक्ता समेत हुन्। त्यस्तै प्रशिक्षण विभाग प्रमुखको जिम्मेवारी सहमहामन्त्री विपिनकुमार आचार्यलाई दिइएको छ। अनुसन्धान तथा अभिलेखीकरण विभागको कार्यवाहक प्रमुखको जिम्मेवारी रविकिरण अधिकारीलाई दिइएको छ। 

    • प्रकाशित मितिः असार ८, २०८२
    • 224 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य बढ्यो, प्रतिलिटर कतिले बृद्धी भयो ?

    काठमाडौं— नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ।निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर एकले वृद्धि भएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर रु दुईले वृद्धि भएको छ।निगमका अनुसार नयाँ मूल्य आज राति १२ बजेदेखि लागू हुनेछ। नयाँ मूल्य अनुसार अब काठमाडौं, पोखरा र दीपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ६० हुनेछ। यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक सय ४५ पर्नेछ।

    • प्रकाशित मितिः असार ८, २०८२
    • 212 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा