मोरङ  ।  गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलमा आइतबार राति ११ बजेतिर प्रहरीले हवाई फायर गरेको हो। १६ पोका गाँजासहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ।

मोरङमा प्रहरीले हवाई फायर गरी नियन्त्रणमा लिएको एम्बुलेन्सबाट ५ सय २१ किलो गाँजा बरामद भएको छ । गाँजा बोकेको एम्बुलेन्स नियन्त्रणमा लिन आइतबार राति करिब ११ बजे केराबारी गाउँपालिका–५ लाफा टोलमा प्रहरीले हवाई फायर गरेको हो । प्रहरीको कारबाहीपछि गाँजा लोड गरिएको एम्बुलेन्ससहित दुई जना पक्राउ परेका छन।

मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार नियन्त्रणमा लिएको एम्बुलेन्सबाट निकालेर तौल गर्दा ५ सय २१ किलो गाँजा भेटिएको हो । गाँजा ओसारपसारका लागि एम्बुलेन्सको दुरुपयोग गरिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उनले बताएका छन । FB_IMG_1766994679604