दाङ / दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं - १७ का नेकपा (एमाले) को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयनका लागि आजको समय तोकिएको छ । तुलसीपुर उपमहानगरपालिकाका निर्वाचन अधिकृत रामेश्वर अर्यालका अनुसार एमालेका लागि मात्रै बुधबार बिहान १० देखि १ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको छ । बिहीबार बेलुका ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने भएको छ । वडा नं १७ को हकमा वैशाख ३१ गतेदेखि मौन अवधि सुरु हुने छ भने वैशाख ३१ गते मध्यरातिसम्म प्रचार प्रसार गर्न पाइने छ । त्यसपछि मौन अवधि सुरु हुनेछ । त्यस्तै जेठ ३ गते मतदानको समय तोकि
म्याग्दी / म्याग्दीमा ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक मकवानपुरको कैलास गाउँपालिका- ५ का ३४ वर्षीय सन्तबहादुर तितुङ र अन्नपूर्ण गाउँपालिका- १ दोवा ४३ वर्षीय ट्रकका मालिक खुमबहादुर राम्जाली रहेको प्रहरीले जनाएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका- ४ नारच्याङमा ग २ ख ६५८ नम्बरको ट्रक दुर्घटना भएको हो ।मंगलबार बेलुका नारच्याङ स्थित निलगिरी हाइड्रोपावरका लागि मकवानपुरको हेटौडाबाट सिमेन्ट ल्याएर अनलोड गरी भुरुङ तातोपानी तर्फ फर्कदै गर्दा मालारानी भन्ने स्थानमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक राजन ढकालले जानकारी दिएका छन् । बेनी–ज
काठमाडौँ / मौसम पूर्वानुमान महाशाखा अनुसार वैशाख २८ गते मंगलबार वर्षाको सम्भावना रहेको छ । स्थानीय र पश्चिमी वायुसँगै आसानी नामक चक्रवातको असर समेत रहेको छ । दिउँसो प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।राति पनि प्रदेश १, बागमती, गण्डकी र सुदूरपश्चिमका थोरै स्थान र बाँकी प्रदेशका एक-दुई स्थानमा वर्षाको आँकलन गरिएको छ ।बिहीबार प्रदेश १, मधेश, बागमती, गण्डकी र लुम्बिनीका केही स्थानमा वर्षाको सम्भावना छ । कर्णाली र सुदूरपश्चिमका थोरै स्थानमा पनि हल्का वर्षाको सम्भावना छ ।शुक्र
स्याङ्जा / स्याङ्जामा नेपाली काँग्रेस र नेकपा एमालेका कार्यकर्ताहरु बीचमा भएको झडपमा परि ४ जना घाइते भएका छन् । स्याङ्जाको हरिनास गाउँपालिका र आँधिखोला गाउँपालिकामा दुई पक्षबीच झडप भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी रविन्द्र खनालले बताए ।हरिनाशको चिसापानीमा मंगलबार साँझ भएको झडपमा परेर काँग्रेस निकट ३० वर्षीय पूर्णबहादुर घर्ती र अमृत थापा घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि पोखरा लगिएको छ । आँधिखोलाको सेतीदोभानमा भएको झडपमा दुईजना घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ ।
काठमाडौं / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागी नयाँ मतदाताहरूलाई निर्वाचन आयोगले आज बुधबार र भोलि (बिहीबार) मतदाता परिचय पत्र वितरण गर्ने भएको छ ।पहिलोपटक मतदाता नामावलीमा नाम दर्ता गराएका र परिचय पत्रका लागि जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएकाहरूलाई आयोगले बुधबार र बिहीवार गरी दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने भएको हो ।आयोगले सम्बन्धित मतदान केन्द्रबाट मतदाता परिचय पत्र वितरण गर्ने जनाएको छ । नागरिकता प्राप्त गरेर वडा विभाजनभित्र परेका ६ हजार ७४३ वडा भित्रका मतदाता नामावलीमा नाम भएका सबै नागरिकले मतदान गर्न पाउने गरी सबै क्षेत्रमा निर्वाचनको व्यवस्था गरिएको आयोगले
बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट दमक वडा नं- ७ को खुल्ला वडा सदस्यका उम्मेद्वार गुमानसिंह तामाङले उम्मेद्वारी एवं पार्टी परित्याग गरी गठबन्धन दललाई सघाउने घोषणा गरेका छन् ।गठबन्धन दलद्वारा दमकमा आयोजित चुनावी सभामा एक विज्ञप्ति जारी गर्दै तामाङले पार्टी परित्याग गरेको घोषणा गरेका हुन् । उनले आफ्नो विज्ञप्ति आफैं पढेर गठबन्धन दललाई सघाउने उद्घोष गरेका हुन् । स्थानीय तह निर्वाचनका सन्दर्भमा गठबन्धन दलको घरदैलो कार्यक्रममा वडावासीको सद्भाव तथा समर्थन एवम् नगर प्रमुख पदका उम्मेद्वार राम थापा र उपप्रमुखका उम्मेद्वार रेगिना भट्टराई प्
काठमाडौं / इन्धन खपत कम गर्न भन्दै जेठबाट लागू हुने गरी सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय राजपत्रमा छापिएको छ । सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म निर्धारण गर्दै प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने भएको छ।२०७९ सालका लागि निर्धारण गरिएका दशैँ र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा स्वास्थ्य संस्था, रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, बैंकिङ सेवा, राजस्व, मालपोत, नापी, भन्सार, स्थानीय तह लगायतले तेस्रो दिनदेखि मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने व्यवस्था गरेको छ । त्यसैग
बिर्तामोड / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कर्मचारी तथा निर्माण व्यवसायी गरी ६ जनाविरुद्ध आरोप पत्र दायर गरेको छ । आयोगले झुटो बिल भरपाई बनाएर ६६ लाखभन्दा बढी भुक्तानी गरेको आरोप लगाउँदै उनीहरु विरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरको हो । आयोगका अनुसार तत्कालीन जिल्ला प्राविधिक कार्यालय सप्तरीका प्रमुख जिल्ला इन्जिनियर राजकुमार गोइत, इन्जिनियर उग्रानन्द पाठक र लेखापाल छत्र बहादुर श्रेष्ठले काम नै नगरेको विवरण गलत रुपमा उल्लेख गरी झुट्टा बिल बनाएको पाइएको छ ।आयोगले नक्कली बिल नै बनाएर ६६ लाख ६४ हजार ६९२ रुपैयाँ २२ पैसा भुक्तानी गरेको पाइएपछि उनीहरु विरुद्ध आरोपपत्
काठमाडौं / २०७४ सालको स्थानीय तह निर्वाचनमा निर्वाचित ४८ जना जनप्रतिनिधि विरुद्ध प्रहरीले फौजदारी कसुरमा मुद्दा दायर गरेको छ । सुशासन कायम गदै देश विकास गर्नका लागि जनताका प्रतिनिधिको रुपमा निर्वाचित भएका जनप्रतिनिधि नै आपराधिक घटनामा मुछिएपछि प्रहरीले मुद्दा दर्ता गरेको हो ।मुद्दा दर्ता गरिएका मध्ये २८ जना पक्राउ परिसकेका छन् भने २० जना अझै फरार रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । अपराधमा संलग्न भएको अभियोगमा दुई जना पालिका प्रमुख, एक जना उपप्रमुख, २१ जना वडाध्यक्ष र अन्य वडा सदस्य रहेको प्रदेश १ प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी नायब उपरीक्षक (एसपी)&n
हेटौंडा / मोटरसाइकलको ठक्करबाट हेटौंडामा ६० वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१५, शिखरपानीकी मनमाया पाख्रिनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।हिजो साँझ मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएकी पाख्रिनको हेटौंडा- ११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।ना ४६ प २२७७ नम्बरको मोटरसाइकलले महिलालाई ठक्कर दिएको प्रहरीले बताइएको छ । ठक्कर दिने मोटरसाइकल र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.