समाचार

    Showing 6,191-6,200 of 19,509 items.
  • चलचित्र विधेयकप्रति असन्तुष्टि बढ्यो, संसदबाट फिर्ता लिन आग्रह

    काठमाडौं – प्रस्तावित चलचित्र विधेयक २०८१ प्रति असन्तुष्टि जनाउँदै चलचित्रकर्मीहरूले अभिव्यक्ति स्वतन्त्रता, संघीयताको मर्म र शक्ति सन्तुलनको सिद्धान्त विपरीत रहेको भन्दै पुनरावलोकनको माग गरेका छन् ।चलचित्र निर्देशक मनोज पण्डितको संयोजकत्वमा बसेको चलचित्र सभाले चलचित्र क्षेत्रको सुदृढ विकासका लागि २० बुँदे पुनरावलोकन प्रस्तावसहित विधेयक संसदबाट फिर्ता लिन आग्रह गरेको हो ।चलचित्रकर्मीहरूका अनुसार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिवको हस्तक्षेपकारी भूमिका झल्कने गरी विधेयक निर्माण गरिएको छ । उनीहरूले चलचित्रसँग सम्बन्धित नीति, योजना र कार्यान्वयनको जिम्मेवारी संस्कृति मन्त्रालयअन्तर्गत रा

    • प्रकाशित मितिः असार २३, २०८२
    • 254 पटक पढिएको
  • ठगीको आरोपमा एक जना पक्राउ

    काठमाडौं— काठमाडौंको मुलपानीबाट ठगीको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा केदार अर्याल रहेको काठमाडौं जिल्ला प्रहरी परिसरले जनाएको छ।अर्यालमाथि आर्थिक ठगीको गम्भीर आरोप लागेको प्रहरीको भनाइ छ। प्रारम्भिक अनुसन्धानपछि उनलाई सोमबार पक्राउ गरिएको हो। हाल उनलाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।यस घटनासम्बन्धी विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 442 पटक पढिएको
  • विदेश पठाउने बहानामा १ करोड ८० लाख ठग्ने एक जना पक्राउ

    काठमाडौं— लिथुआनिया र रोमानियालगायत मुलुकमा पठाइदिने बहानामा १ करोड ८० लाख ९३ हजार ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप उमाकुण्ड गाउँपालिका–६ घर भई हाल काठमाडौं–६ बस्ने ३२ वर्षीय फिन्चु लामा रहेका छन्।रोहन भनिने लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। लामालाई काठमाडौं–१० बाट पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ ।लामाले ४५ जना युवायुवतीबाट उक्त बराबरको रकम ठगी गरेको कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए। रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडितहरू प्रहरीमा उजुरी दिन पुगेका थिए।लामालाई थप अनुसन्धान तथा कारब

    • प्रकाशित मितिः असार २३, २०८२
    • 362 पटक पढिएको
  • नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध

    काठमाडौं – नाला–भक्तपुर सडकखण्ड पुनः अवरुद्ध भएको हो ।आइतबार आएको बाढीले बगाएपछि सडक पुनः सडक अवरुद्ध हुन पुगेको हो । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ४ र १ को सीमास्थलमा रहेको पुल शुक्रबार राति भाँचिदा सडकमा यातायात अवरुद्ध भएको थियो ।अस्थायी रूपमा सञ्चालनमा ल्याइ आइतबार बिहानदेखि यातायात सञ्चालन भएको हो । शनिबार राति छवटा ठुल्ठूला ह्युमपाइप राखेर भाँचिएको पुल निर्माण गरेपछि अस्थायी रूपमा आइतबार बिहानदेखि यातायात सञ्चालनमा ल्याइएको थियो  । 

    • प्रकाशित मितिः असार २३, २०८२
    • 133 पटक पढिएको
  • टेक्सासको विनाशकारी बाढी : ८२ को मृत्यु, ४१ जना बेपत्ता

    काठमाडौं – अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्ज

    • प्रकाशित मितिः असार २३, २०८२
    • 277 पटक पढिएको
  • उच्च अदालतको अपत्यारिलो फैसलाः रौतहट बमकाण्डका घाइते गौरीशंकरलाई प्रमाण मान्न अस्वीकार

    काठमाडौं— रौतहटमा वि.सं. २०६४ को चैत २७ गते भएको बम विस्फोटको घटनाका प्रत्यक्षदर्शी तथा पीडित ४३ वर्षीय गौरीशंकर राम चमार अहिले पनि न्यायको खोजीमा छन्। शरीरभरि बमका खतै खत (जो कहिल्यै मेटिदैनन्) बोकेका गौरीशंकर उच्च अदालतको फैसलाबाट निराश छन्, जसले गर्दा उनले भोगेको पीडालाई बेवास्ता गरेको छ। गौरीशंकरले आइतबार पत्रकार सम्मेलमा आफुले लगाएको शर्ट खोलेर बम बिस्फोटमा कहिल्यै नमेटिने खतैखत देखाउँदै पीडा खोल्नु भएको हो । वि.सं. २०६४ साल चैत २७ गते साझ साँढे ६ बजे रौटहटको राजपुरस्थित मोहम्मद आफताब आलमको घरमा भोलिपल्ट हुने संविधानसभा निर्वाचनमा अरुलाई तर्साउने, आफूले बुथ कब्जा गर्ने योजन

    • प्रकाशित मितिः असार २३, २०८२
    • 1,578 पटक पढिएको
  • मन्त्री पाण्डे फ्रान्स प्रस्थान, तिलौराकोटलाई विश्वसम्पदामा सूचीकृत गराउने

    काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे युनेस्कोको वल्र्ड हेरिटेज कमिटीको बैठकमा सहभागी हुन सोमबार फ्रान्स गएका छन् ।  पेरिसमा आयोजना हुने उक्त बैठकमा मन्त्री पाण्डेले कपिलवस्तुको ऐतिहासिक स्थल तिलौराकोटलाई विश्वसम्पदा सूचीमा सूचीकृत गराउने प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।मन्त्री पाण्डेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्रालयका सचिव हरिप्रसाद मैनालीसहित उच्च अधिकारीहरूले बिदाइ गरेका हुन् । मन्त्रालयका अनुसार यो भ्रमण तिलौराकोटलाई अन्तर्राष्ट्रियस्तरमा मान्यता दिलाउने दिशातर्फको कोसेढुंगा सावित हुनेछ ।तिलौराकोटको ऐतिहासिक र पुरातात्

    • प्रकाशित मितिः असार २३, २०८२
    • 172 पटक पढिएको
  • क्रिकेटप्रतिको क्रेज र नेपाली खेलाडीहरूको सफलताको राष्ट्रपतिले गरे तारिफ

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूमा बढ्दो क्रिकेट खेलप्रतिको क्रेज र पछिल्लो समय नेपाली खेलाडीहरूले पाएको सफलता प्रशंसनीय भएको बताएका छन् । एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको विजेता नेपाली टोलीलाई शीतल निवासमा बधाई दिदैं उनले क्रिकेटमा नेपालीले हात पारेको सफलता खेलाडीहरूको खेलप्रतिको समर्पण, लगाव र मेहनतको प्रतिफल भएको उल्लेख गरे । उनले सिंगापुरसँग भएको फाइनल खेलमा एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको उपाधि जितेर मुलुको प्रतिष्ठा उँचो बनाएको भन्दै यसले नेपाल र नेपालीको इज्जयत, प्रतिष्ठा बढाएको स्पष्ट पारे । राष्ट्रपति पौडेलले हामीले हाम्रा परम

    • प्रकाशित मितिः असार २३, २०८२
    • 240 पटक पढिएको
  • प्रेस युनियनद्वारा तीन वरिष्ठ पत्रकार सल्लाहकारमा मनोनित

    काठमाडौं – नेपाल प्रेस युनियन, लोकतन्त्रवादी पत्रकारहरूको छाता संस्थाले आफ्नो विधान २०४८ (छैटौँ संशोधन ०७९) को परिच्छेद ४, धारा २३ बमोजिम तीन वरिष्ठ पत्रकारलाई सल्लाहकार पदमा मनोनयन गरेको छ।मनोनित हुने पत्रकारहरूमा तेजप्रकाश पण्डित (तनहुँ), विपुल पोखरेल (दाङ) र रिता गुरुङ (काठमाडौँ) रहेका छन् । संस्थाले यी सल्लाहकारहरूबाट आफ्ना लक्ष्य र उद्देश्य परिपूर्तिका लागि महत्त्वपूर्ण मार्गदर्शन, सहयोग र योगदानको अपेक्षा गरेको छ। उनीहरूको लामो पत्रकारिता अनुभव र विज्ञताले प्रेस युनियनको गतिविधिलाई थप प्रभावकारी र सशक्त बनाउने विश्वास संस्थाले लिएको अध्यक्ष शिव लम्सालले बताए । नेपाल प्रेस युनिय

    • प्रकाशित मितिः असार २३, २०८२
    • 230 पटक पढिएको
  • रोशी–कोलाँती क्षेत्र विनाशको एक वर्ष : भएकै छैन पुनर्निर्माण, बर्बादी अझै बाँकी

    पनौती(काभ्रे) – काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकास्थित रोशी–कोलाँती क्षेत्र, जहाँ कुनै समय कलकल बगिरहने खोला र हरियालीले रमाइलो बनाएको थियो । आज त्यो ठाउँमा केवल चिहानजस्तै छ । सन्नाटा छाएको छ र स्थानीयबासी डरले कापिरहेका छन् ।गत असोज १० देखि १३ गतेसम्मको त्यो कहालीलाग्दो ‘रेकर्ड ब्रेकिङ’ वर्षाले यहाँको जीवन, सपना र सम्भावनाहरूलाई बगाएर लगेको बर्षदिन वितिसक्यो । खण्डहर बनेको बस्ती र भत्किएका घरहरुको अवस्था जस्ताकोत्यस्तै छ । समय वितेपनि घाउ निको भएन्, पीडालाई बिर्सन दिएन ।राती पानी प‍र्याे कि घरभित्र सुतिरहेका आमाबुबा झसक्क उठ्छन् । बादल लाग्छ, बालबालिकाले आँसु मिसिएको अनुहार बनाउँछन् ।

    • प्रकाशित मितिः असार २३, २०८२
    • 247 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा