समाचार

    Showing 6,191-6,200 of 25,595 items.
  • सिरहा–धनुषा जोड्ने कमला पुल पुनःनिर्माण अन्तिम चरणमा, असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य

    जनकपुर— सिरहा र धनुषा जिल्लालाई जोड्ने कमला नदीमाथिको कमला पुलको पुनःनिर्माण कार्य तीव्र गतिमा अघि बढाइएको छ । लामो समयदेखि अलपत्र अवस्थामा रहेको पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने लक्ष्यसहित हाल बाँकी संरचनात्मक र फिनिसिङसम्बन्धी काम भइरहेको छ ।लुम्बिनी बिल्र्डसका साईट इन्चार्ज सुदिप थापाका अनुसार देनिक ४० देखि ५० जना कामदारहरुको टोलीले पुल मर्मत र संरचना निर्माणको कार्य गरिरहेको छ । पप्पु लुम्बिनी जेभीले पुल निर्माण गर्ने ठेक्का पाएपनि पप्पु कन्सट्रक्सनलाई सरकारले कालो सूचिमा राखेकोले अब लुम्बिनी बिल्डर्सले एक्लै बाँकी निर्माण कार्य र ममर्तका कार्यहरु गरिरहेको साईट इन्चार्ज थापाले बताए ।उन

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 544 पटक पढिएको
  • महेश बर्तौलाद्वारा प्रशान्त तामाङप्रति श्रद्धाञ्जली

    काठमाडौं— नेकपा एमालेका केन्द्रीय सदस्य महेश बर्तौलाले इन्डियन आइडल सिजन–३ का विजेता तथा चर्चित गायक अभिनेता प्रशान्त तामाङको असामयिक निधनप्रति दुःख व्यक्त गरेका छन् ।फेसबुक स्टाटस लेख्दै उनले दिल्लीमा भएको तामाङको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै दिवंगत कलाकारप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् । तामाङको निधनपछि विभिन्न सञ्चारमाध्यम, कलाकार तथा संगीतप्रेमीहरूले श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 559 पटक पढिएको
  • डा.शेखरको सन्देश: म एकताको पक्षमा छु, प्रधानमन्त्री वा सभापति बन्ने लालचमा छैन्

    काठमाडौं— नेपाली कांग्रेसका बरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टी एकता आजको आवश्यक्ता भएको बताएका छन् । उनले आफूलाई सभापति वा प्रधानमन्त्री बन्ने कुनै लोभ नभएको पनि बताए । पार्टीको महाधिवेशन र आगामी निर्वाचनको सन्दर्भमा सन्दर्भमा एक भिडियो सन्देश जारी गर्दै कोइरालाले आफ्नो निजी महत्त्वाकाङ्क्षा नभएको स्पष्ट पारेका हुन् । उनले कांग्रेसको समग्र एकताको पक्षमा शान्त आवाज उठाइरहने प्रष्ट पारेका छन् ।उनले आफूलाई मन्त्री वा महामन्त्री हुने लोभले विगतमा कहिल्यै आकर्षित नगरेको र सभापति वा प्रधानमन्त्री हुने कुराले पनि नलोभ्याउने दावी गर्दै आफ्नो परिवारबाट पाएको शिक्षा नै आफ्नो जीवन दर्शन भएको स्पष्

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 456 पटक पढिएको
  • कलेजो रोगसँग सम्बन्धी ९९ प्रतिशत उपचार नेपालमै सम्भव छः डा.विकास जैशी

    काठमाडौं— कलेजो शरीरको सबैभन्दा ठूलो आन्तरिक अंग हो । यसले शरीरका अन्य भागहरूले प्रयोग गर्ने रसायनहरू स्राव गर्छ । कलेजोले कार्य गर्न छाडेमा सम्पूर्ण शरीर नै बन्द हुन्छ । किनकी यसले शरीरलाई सामान्य अवस्थामा राख्न आवश्यक रसायन उत्पादन गर्छ ।तर पछिल्लो समय अस्वस्थकर जीवनशैली र खानपानमा कारण नेपालमा कलेजोको रोग बढ्दो क्रममा रहेको चिकित्सकहरु बताउँछन् ।कलेजोका विरामीहरुको एकिन डाटा नभएतापनि सामान्य बिरामीहरूको संख्या नेपालमा रोग बढ्दो रहेको हेपाटोलोजिष्ट डाक्टर विकास जैशी बताउँछन् ।उनले २० देखि ६० वर्षका उमेर समूहका मान्छेहरूमा एकसयमध्ये २० देखि ३० जनामा कलेजोको समस्या देखिने गरेको जानकारी गराए ।उ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 517 पटक पढिएको
  • राष्ट्रिय एकता दिवसले विविधताबीचको एकतालाई सबल बनाउने प्रेरणा दिन्छः उपराष्ट्रपति यादव

    काठमाडौं— उपराष्ट्रपति रामसहाय यादवले राष्ट्रिय एकता दिवसले साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिने बताएका छन् ।राष्ट्रिय एकता दिवसको अवसरमा शुभकामना सन्देश दिदैँ उनले मुलुकलाई एक सूत्रमा बाँध्ने पुर्खाहरूको योगदानलाई सम्मान गर्नुपर्ने भन्दै आजको दिनलाई सोही सम्मानको रुपमा मनाउनु पर्ने बताए ।उनले भने, ‘पुस २७ गते मनाइने राष्ट्रिय एकता दिवसलाई पृथ्वी जयन्तीको रुपमा पनि मनाइन्छ । यस दिवसले हाम्रो साझा इतिहास, संस्कृति र गौरवलाई स्मरण गराउँदै विविधताबीचको एकतालाई थप सबल बनाउन प्रेरणा दिन्छ । मुलुकलाई एक सूत्रमा बाँध्ने महान् प्रयत्न गर्ने पुर्ख

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 515 पटक पढिएको
  • सिमलताल बस दुर्घटनाको ६ महिनापछि त्रिशूली किनारमा बसको अवशेष फेला

    काठमाडौं— गत वर्ष नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत सिमलतालमा पहिरोसँगै त्रिशूली नदीमा खसेर बेपत्ता भएका दुई बसमध्ये एकको अवशेष छ महिनापछि भेटिएको छ। तनहुँको आँबुखैरहनी गाउँपालिका–५, द्वोन्द्राङ बेँसीस्थित त्रिशूली नदी किनारमा बालुवामा पुरिएको अवस्थामा बसको भाग देखिएपछि अहिले त्यसलाई बाहिर निकाल्ने प्रयास भइरहेको छ।दुर्घटनास्थल सिमलतालबाट करिब २०० मिटर तल तनहुँतर्फको किनारमा अवशेष फेला परेको हो। इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार स्थानीयले माछा मार्ने क्रममा जाल अड्किएपछि खोतल्दा बसजस्तै वस्तु देखिएपछि प्रहरीलाई जानकारी दिएका थिए।अवशेषको बाहिरी भाग निलो देखिएक

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 555 पटक पढिएको
  • विशेष महाधिवेशन प्रतिनिधिले भरिभराउ भृकुटीमण्डप

    काठमाडौं— नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले भृकुटीमण्डप परिसरमा सुरु भएको छ । दोस्रो विशेष महाधिवेशनमा सहभागी हुन आएका महाधिवेशन प्रतिनिधि, नेता(कार्यकर्ता तथा शुभचिन्तकले महाधिवेशनस्थल भरिभराउ भएको छ ।विभिन्न ६ स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डपतर्फ बढिरहेको छ । महाधिवेशन उद्घाटन कार्यक्रमका लागि तयार पारिएको मञ्च परिसर खचाखच छ । उद्घाटन समारोह सकिएपछि भृकुटीमण्डपमै बन्दसत्रको आयोजना हुनेछ ।भृकुटीमण्डपमै प्रतिनिधिहरूको नाम दर्ता पनि चलिरहेको छ । ललितपुरको कुपण्डोल तथा काठमाडौंका सुन्धारा, रत्नपार्क, पद्मकन्या क्याम्पस, शंकरदेव क्याम्पस र कमलपोखरीबाट जुलुस निस्किएका छन् । पद्मकन्या

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 491 पटक पढिएको
  • मिस लिटिल नेवाको ट्यालेन्ट शो सम्पन्न

    काठमाडौं— नेवार समुदायका बालिकाहरुको प्रतिभा प्रदर्शन गर्ने उद्देश्यले मिस लिटिल नेवाको १५औँ  संस्करणअन्र्तगत शनिवार राजधानीमा ट्यालेन्ट शो सम्पन्न भएको छ ।गौशालास्थित होटेल पौवामा सम्पन्न ट्यालेन्ट शोमा मिस लिटिल नेवाका ९ देखि १३ बर्षका २० प्रतिस्पर्धीले आपूmमा अन्र्तनिहीत विभिन्न कला प्रदर्शन गरे ।प्रतिस्पर्धीहरुले नृत्य, स्केटिङ, जिम्न्याष्टिक, चित्रकला, भ्वाइलीन वादन, धिमे वादन, चर्या नृत्य, कुमारी नृत्य, बज्रयोगिनी नृत्य, स्केचजस्ता विविध प्रतिभा प्रदर्शन गरेर निर्णायक र अभिभावकलाई आकर्षित गर्ने प्रयास गरे । ट्यालेन्ट शोमा प्रायः प्रतिस्पर्धीले नेवारी गीतमा नृत्य प्रस्तुत गरेका थिए ।

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 510 पटक पढिएको
  • सिद्धार्थ बैंकको सीईओको जिम्मा बस्याललाई

    काठमाडौं— सिद्धार्थ बैंक लिमिटेडको सञ्चालक समितिले रामेश्वरप्रसाद बस्याललाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) को जिम्मा दिएको छ । बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्याललाई उक्त जिम्मा दिइएको हो ।बस्याललाई उक्त नियुक्ति पुस २५ देखि नै लागू भएको बैंकले जनाएको छ । बैंकिङ क्षेत्रमा करिब ३६ वर्षको अनुभव हासिल गरेका बस्यालले सन् १९८९ देखि २००५ सम्म नबिल बैंकमा विभिन्न जिम्मेवार पदहरूमा कार्य गर्दै अनुभव संगालेका छन् ।सन् २००५ देखि सिद्धार्थ बैंकमा आबद्ध भई उनले प्रबन्धक, वरिष्ठ प्रबन्धक, सहायक महाप्रबन्धक, नायव महाप्रबन्धक, सहायक प्रमुख कार्यकारी अधिकृत तथा नायव प्रमुख कार्यकारी अधिकृ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 460 पटक पढिएको
  • रास्वपाद्वारा समानुपातिक उम्मेदवारको अद्यावधिक सूची आयोगमा बुझाइयो

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आसन्न निर्वाचनका लागि समानुपातिक तर्फका उम्मेदवारहरूको अद्यावधिक नामावली आज बिहान निर्वाचन आयोगमा बुझाएको छ ।आसन्न निर्वाचनको लागि समानुपातिक तर्फबाट उम्मेदवारको अद्यावधिक सूची आज बिहान निर्वाचन आयोगमा बुझाइएको प्रवक्ता मनिष झाले बताए । उज्यालो नेपाल पार्टीसँगको एकता भंग भएपछि सूची बुझाइएको हो ।पार्टीका अनुसार निर्वाचन आयोगको कार्यतालिकाअनुसार समानुपातिक उम्मेदवारहरूको सूची परिमार्जन गरी समयमै बुझाइएको हो । उक्त सूचीमा समावेश उम्मेदवारहरू विभिन्न पृष्ठभूमि, क्षेत्र र समुदायको प्रतिनिधित्व हुनेगरी चयन गरिएको पार्टीले जनाएको छ ।निर्वाचन आयोगले बुझ

    • प्रकाशित मितिः पुस २७, २०८२
    • 457 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.