झापा / १२ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा ६१ वर्षीय वृद्ध पक्राउ परेका छन् । बर्दियाको मधुवन नगरपालिका- ३ बिपतपुर बस्ने ६१ वर्षीय दुखवा थारूलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।थारूले ती बालिकालाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी धनौराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
झापा / सिरहामा बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुहारीसहित ३ जनालाई पक्राउ गरेको छ । जिल्लाको अर्नामा गाउँपालिकामा एक साताअघि भएको बाबुछोराको हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले बुहारी २६ वर्षीया शान्तिदेवी, स्थानीय ४८ वर्षीय जनिफ मियाँ र सिरहाको गोलबजार नगरपालिका- ४ का ६५ वर्षीय बेचु पाललाई पक्राउ गरेको हो । आफ्नै घरमा सुतिरहेको अवस्थामा गत जेठ ७ गते राति अर्नमा गाउँपालिका–१ महनौरका ६० वर्षीय चन्देश्वर पाल र उनको १९ वर्षीय छोरा सन्तकुमारको धारिलो हतियार प्रहार गरी हत्या भएको थियो ।घटनालगत्तै सङ्घीय प्रहरी एकाइ कार्यालय जनकपुर, जिल्ला प्रहरी कार्यालय सिरहाक
बिर्तामोड / प्रदेश नम्बर एकका आन्तरिक मामिला तथा कानुन मन्त्री केदार कार्कीले गैरआवासीय नेपालीहरूको बौद्धिक र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके नेपालको विकासमा टेवा पुग्न सक्ने बताएका छन् । मन्त्री कार्कीले राज्यले यसको उपयुक्त वातावरण बनाउनु पर्नेमा जोड दिए ।बेलायतको स्कटल्याण्डस्थित इडनबर्गमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री कार्कीले गैर आवासीय नेपालीहरुसँग भएको बौद्धिक क्षमता र भौतिक सम्पत्तिको समुचित प्रयोग गर्न सके विकासमा टेवा पुग्नसक्ने बताए । “भूकम्प जाँदा अथवा बाढीबाट पीडित भएकाहरूको लागि मात्र होइन गैर आवासीय नेपालीहरूले विकासका धेरै क्षेत्रमा लगानी गर्न सक्छ
बिर्तामोड / धनकुटा र मोरङको दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा खाँदबारी नगरपालिका- १० सङ्खुवासभा घर भई धनकुटा नगरपालिका- ६ मा डेरा गरी बस्ने २४ वर्षीय पुरन राई रहेका छन् । बुधबार राती २ बजे धनकुटा नगरपालिका- ६ मा धनकुटाबाट धरान तर्फ जाँदै गरेको मे ६ प १७५६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा परि घाईते भएका राईको जिल्ला अस्पताल धनकुटामा उपचारको क्रममा राती नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । यसैगरी गत सोमबार साँझ साँढे ६ बजे मोरङको विराटनगर महानगरपालिका- १० मा को ३९ प &
बिर्तामोड / आज (बुधबार) बिहान झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज काठमाडौं फिर्ता भएको छ । त्रिभुवन विमानस्थल नागरिक उड्यन कार्यालयका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार टायरमा समस्या देखिएपछि भद्रपुरका लागि १०:४३ मा उडेको जहाज बीचबाट फर्किएको हो । फ्लाइट नम्बर–९५३ ‘ए–एनपी’ जहाज ११ बजेर १० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको प्रवक्ता सिटौलाले बताए । ६९ जना यात्रु सवार रहेको उक्त जहाज सकुशल अवतरण गरेर प्राविधिक जाँच भइरहेको प्रवक्ता सिटौलाले जानकारी दिए ।
बिर्तामोड / मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मिक्लाजुङ गाउँपालिका- ५ निवासी २१ वर्षीय चन्द्रकुमार योङवा र सोही ठाउँका २० वर्षीय सुरेन्द्र भन्ने जीवन कुरुवाङ रहेको प्रहरी कार्यालय झापाका डिएसपी वसन्त पाठकले जानकारी दिएका छन् । झापाबाट चोरी भएका मोटरसाइकल पहाडी जिल्ला लगेर बेच्ने गरेको खुलासा भएको छ ।दमक नगर क्षेत्रभित्र पार्किङ गरी राखिएका मोटरसाइकलहरू धमाधम चोरी हुन थालेपछि सवारी धनीले प्रहरीमा उजुरी दिन थालेका थिए। प्रहरीमा एकपछि अर्को गर्दै उजुरी पर्न थालेपछि चोरी भएका मोटरसाइकल खोजतलास गर्ने क्रममा झापा प्रहरीले चार वटा मोटरसाइकल पाँचथरको मिक
झापा / फिरन्ते जीवन बिताइरहेका राउटे समुदायलाई पनि जाजरकोटमा सामाजिक सुरक्षा भत्ता प्रदान गरिएको छ । जाजरकोटको छेडागाड नगरपालिका- ५ बाँका थलहमा बस्दै आएका चालीस परिवारका एक सय ४४ जनालाई गुराँस गाउँपालिका- ८ ले सामाजिक सुरक्षा भत्ता प्रदान गरेको हो । वडा कार्यालयले तीन महिनाको सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको नवनिर्वाचित वडाध्यक्ष दीपेन्द्र ओलीले जानकारी दिए ।वडा कार्यालयले माघ, फागुन र चैतको प्रतिव्यक्ति रु चार हजारका दरले सुरक्षा भत्ता वितरण गरिएको वडाध्यक्ष ओलीले बताए ।
काठमाडौँ / नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले एउटा इन्जिन भएको हेलिकोप्टरमा पनि दुई पाइलट अनिवार्य गर्ने तयारी गरेको छ । एउटा मात्रै इन्जिन भएको हेलिकोप्टरमा दुई पाइलट अनिवार्य गर्ने तयारी भएको र यसका लागि प्रस्ताव तयार पारेर सात दिनभित्र पेस गर्ने गरी पाँच सदस्यीय प्राविधिक टोली गठन गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीपकुमार अधिकारीले जानकारी दिए ।पाइलट बेहोस हुने तथा अरु स्वास्थ्य समस्याका कारण हुनसक्ने दुर्घटनालाई मध्यनजर गरेर दुई पाइलटको व्यवस्था अनिर्वाय गर्न लागिएको उनले बताए । अहिले नेपालमा दुईवटा इन्जिन भएका हेलिकोप्टर र हवाईजहाजमा मात्रै दुई पाइलट अ
झापा / गोरखाको पालुङटारमा चितुवाको आक्रमणबाट प्रहरीसहित तीन जना घाइते भएका छन् । प्रहरी सहायक हवल्दार सुनिल रायमाझी, पालुङटार ४ का ४४ वर्षीय केशरबहादुर नेपाली र १६ वर्षका अभिषेक भण्डारीलाई चितुवाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।मंगलबार साँझ ७ बजे पालुङटार नगरपालिका वडा नम्बर ४ रानीटारमा स्थानीय दुई जनालाई चितुवाले आक्रमण गरेको थियो ।चितुवाको आक्रमणबाट स्थानीय बासिन्दा घाइते भएको खबर पाएपछि पुगेका प्रहरीलाई पनि आक्रमण गरी घाइते बनाएको छ ।जिल्ला वन कार्यालय र प्रहरी टोलीले आक्रमण गर्ने चितुवाको खोजी सुरु गरेका छन् । यसैबीच इलाका प्रहरी कार्यालय पालुङटारले यस आसपासका क्षेत्रमा बसोबास गर्ने
काठमाडौं / आइतबार मुस्ताङमा तारा एयरको विमान दुर्घटनामा परेसँगै विमान उडान सम्बन्धी प्रचलित कानुन र नियममा कडाइ गरिएको छ । विमान दुर्घटना भएपछि विमान दुर्घटना सम्बन्धी कानुनमा सरकारको ध्यानाकर्षण भएको हो । मौसम सफा नभएको अवस्थामा आन्तरिक उडान गर्न नपाउने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले मौसम सफा नभए आन्तरिक उडान गर्न नपाउने निर्णय गरेको हो । प्राधिकरणले तारा एयरको विमान दुर्घटना भएसँगै अबदेखि उड्ने र पुग्ने स्थानको मौसम सफा हुनुपर्ने जनाएको छ । दुवै ठाउँको मौसम सफा नभएको खण्डमा उडान अनुमति नदिइने निर्णय गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता उपमहानिर्देशक देवच
Copyright © 2021 / 2024 / Esoul Media (P) Ltd. / All Rights Reserved.