समाचार

    Showing 591-600 of 18,946 items.
  • नेकपा एमालेको मूल व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन समितिको बैठक आज बिहान ८ः३० बजेदेखि बस्दैछ ।बिहिबार पार्टी कार्यालय च्यासलमा बस्न लागेको बैठकमा महाधिवेशन नजिकिँदै गर्दा हालसम्मका तयारी र अब गर्नैपर्ने कामका सन्दर्भमा छलफल हुनेछ । मूल समितिको संयोजक महासचवि शंकर पोखरेल हुन् भने सचिव उपमहासचिव पृथ्वी सुब्बा गुरुङ हुन् ।आज १४ वटै समितिका संयोजकहरुले आफ्नो तर्फबाट गरिएको तयारीका बारेमा बैठकमा जानकारी गराउनेछन् भने बैठकमा महाधिवेशन उद्घाटन कार्यक्रमको विषयमा पनि जानकारी गराइने छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 336 पटक पढिएको
  • ‘पर्यावरण संरक्षण नेपाल जस्तो अल्पविकसित देशको लागि महत्वपूर्ण हुन्छ’

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले ८० प्रतिशतभन्दा बढी भूभाग पर्वतीय रहेको र हिमालयको काखमा अवस्थित देश नेपाल जलवायु परिवर्तनले सिर्जना गरेका जोखिमहरूको अग्रपङ्क्तिमा रहेको बताएका छन् ।बिहिबार २३औँ विश्व पर्वत दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले हिमनदी पग्लनु, नदीहरूको जलप्रवाहमा आएको अस्थिरता र करोडौँ मानिसहरूको जीवनमा पैदा भएको जोखिम आजको यथार्थ भएको भन्दै अल्पविकसित राष्ट्रहरूले भोगिरहेको यो पीडा विकसित देशहरूको उच्च कार्बन उत्सर्जनको प्रत्यक्ष परिणाम रहेको बताए ।उनले भने, ‘यस वर्षको विषयवस्तु “हिमनदीहरूले जल, खाद्यान्न र जीविकोपार्जनका लागि महत्त्व

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 345 पटक पढिएको
  • आज अन्तरराष्ट्रिय पर्वत दिवस

    काठमाडौँ। हिमनदी पग्लिँदा पहाड तथा पर्वतीय जीवनमा पर्ने प्रभाव, पर्वतीय विकासका अवसर र चुनौतीबारे जनचेतना बढाउने तथा विश्वभर पर्वतीय समुदाय एवं वातावरणका पक्षमा सकारात्मक परिवर्तन ल्याउन सहकार्य निर्माण गर्ने उद्देश्यका साथ आज विश्वका विभिन्न मुलकमा अन्तरराष्ट्रिय पर्वत दिवस मनाइँदै छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा सन् २००३ देखि हरेक वर्ष ११ डिसेम्बरमा यो दिवस राष्ट्रसङ्घका अधिकांश सदस्य देशमा यो दिवस मनाइने गरेको छ । रोमस्थित राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठन (एफएओ)को प्रधान कार्यालयमा  आज पर्वतीय जीवन, हिमनदी तथा पर्यावरणसम्बन्धी प्रवचन, प्रदर्शनीलगायत विविध कार्यक्रम आयोजना हु

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 157 पटक पढिएको
  • दरबारको सौन्दर्यीकरणपछि पर्यटकको आकर्षण बढ्दै

    गलकोट। एक सय वर्ष पुरानो बागलुङको ऐतिहासिक गलकोट दरबार अवलोनक गर्ने आन्तरिक पर्यटकको सङ्ख्या एक वर्षमै २० हजार पुगेको छ ।  यहाँको पुरानो सदरमुकाम रहेको गलकोटको हरिचौर बजारस्थित दरबारको संरक्षणसँगै दरबार क्षेत्रलाई थप सौन्दर्य बनाएपछि यहाँ आन्तरिक पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो ।दरबार संरक्षण अभियानमा लागिरहनुभएका मन्जेस बम मल्लका अनुसार दरबारको सौन्दर्यीकरण र यहाँ खाने तथा बासोबासको व्यवस्थापनसमेत भएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । द्वन्द्वकालमा तत्कालीन मल्ल राजाका सन्तान विस्थापित भएपछि जीर्ण भएको दरबार हाल पुरानै स्वरुपमा फर्काइएको छ । दरबारका झ्यालढोका पुरा

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 169 पटक पढिएको
  • रवि र छविको मुद्दा सुनुवाइका लागि पेसी तोकियो

    काठमाडौं— सहकारी ठगी र सङ्गठित अपराध अभियोगमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दामा आज पेसी तोकिएको छ ।मुद्दा सुनुवाइको लागि आज पेसी चढाइएको उच्च अदालत बुटवलका सूचना अधिकारी राम बहादुर कुवरले बताए । यसअघि दुई पटक रवि पक्षका कानुनी व्यवसायीहरूले निवेदन दिएपछि बहस रोकिएको थियो । बुटवलको सुप्रिम सहकारी ठगीको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन गरेको आफ्नो भागको बिगो रकम दाखिल गर्दा पनि जिल्ला अदालतका रुपन्देहीका  न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ रुपन्देहीले र

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 349 पटक पढिएको
  • डडेल्धुराबाट काठमाडौं जाँदै गरेको बस दाङमा २२ यात्रु घाइते

    काठमाडौं— डडेल्धुराबाट काठमाडौंतर्फ यात्रु लिएर जाँदै गरेको ना ८ ख ७४५५ नम्बरको बस आज बिहान दाङमा दुर्घटना परेको छ ।लमही नगरपालिका–१, कौडियापुल नजिकै पूर्व–पश्चिम राजमार्गमा करिब ३ बजे बस पुलबाट तल खोलामा खस्दा २२ जना यात्रु घाइते भएका हुन् ।वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरी निरीक्षक रोशनराज पाण्डे नेतृत्वको टोलीले घाइतेहरूको उद्धार गरी तत्काल उपचारका लागि लमही अस्पताल पुर्‍याएको जनाएको छ ।अस्पतालका अनुसार सबै घाइतेको उपचार जारी रहेको छ भने तीमध्ये २ जनालाई थप जटिल उपचारका लागि बाहिर रेफर गर्नुपर्ने सम्भावना रहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिए ।बसमा कुल ३८ जना सवार रहेको प्रारम्

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 354 पटक पढिएको
  • ‘कर्णालीको विकासका लागि पाँच बुँदे प्रतिबद्धता’

    कर्णाली। कर्णाली प्रदेश सरकारसहित सरोकार भएकाहरूले प्रदेशको विकासका लागि पाँच बुँदे प्रतिबद्धता गरेका छन् ।कर्णाली प्रदेश योजना आयोगद्वारा बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजित ‘कर्णाली विकासमा सरोकारवालाहरूको भूमिका’ विषयक कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता जनाइएको हो । प्रदेश योजना आयोगका उपाध्यक्ष सूर्यनाथ योगीले आयोगले बनाएको दोस्रो पञ्चवर्षीय योजनाले तोकेको लक्ष्यभन्दा माथि पुग्ने तयारीका साथ सरकार अगाडि बढेको र यसमा सबैको सहयोग आवश्यक रहेको बताउनुभयो ।उहाँका अनुसार विकास आयोजनामा हुने दोहोरोपन हटाउन विकास साझेदारबाट सम्पादन गरिने कार्यक्रमको विवरण सम्बन्धित मन्त्रालयमा प्रदेश सरकार

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 160 पटक पढिएको
  • दाङमा बस दर्घटना, २२ यात्रु घाइते

    काठमाण्डौ  ।  डडेलधुराबाट काठमाडौं आउँदै गरेको बस दाङमा दुर्घटना हुँदा २२ यात्रु घाइते भएका छन् । ना ८ ख ७४५५ नम्बरको बस आज बिहान ३ बजे दुर्घटना भएको हो ।बस पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाङ देउखुरीको लमही नगरपालिका–१ स्थित कौडिया पुलबाट तल खसेको छ । दुर्घटनास्थलबाट २२ जना घाइतेलाई उद्धार गरी लमही अस्पताल पठाइएको वडा प्रहरी कार्यालय लमहीका इन्सपेक्टर रोशनराज पाण्डेले जानकारी दिए । बसमा ३८ जना सवार थिए । बस चालकले पट्टा भाँचिएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् । दुर्घटनाबारे अनुसन्धान भइरहेको इन्सपेक्टर पाण्डेले बताए ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 130 पटक पढिएको
  • आज एनपिएलमा लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दै

    काठमाण्डौ  ।  त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला जारी नेपाल प्रिमियर लिग अन्तर्गत दोस्रो क्वालिफायरमा आज अपराह्न ४ः०० बजे लुम्बिनी लायन्स र विराटनगर किङ्स भिड्दैछन्। पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग ७७ रनले पराजित भएपछि विराटनगरले दोस्रो क्वालिफायर खेल्ने मौका पाएको हो। लुम्बिनीले इलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई ४ विकेटले हराएर दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ। लिग चरणमा लुम्बिनीले विराटनगरलाई ५ विकेटले हराएको हो। आज विजयी हुने टोली फाइनलमा पुग्ने भएकाले दुवै टोलीका लागि यो खेल महत्त्वपूर्ण छ। विजयी टोली उपाधिका लागि सुदूरपश्चिमसँग सामना गर्नेछ। फाइनल खेल यही मंसिर

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 172 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव पर्ने छैन । हाल देशभर मौसम मुख्यतया सफा रहेको छ ।दिउँसो कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।राति देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २५, २०८२
    • 231 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा