काठमाडौं— नयाँ बसपार्क क्षेत्रलाई सुरक्षित र व्यवस्थित बनाउन प्रहरीले विशेष निगरानी बढाएसँगै यात्रुलाई झोला तानेर दुःख हैरानी पुर्याउने ४६ जना पक्राउ परेका छन्।काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र प्रहरी प्रभाग नयाँ बसपार्कको संयुक्त टोलीले गोँगबुस्थित बसपार्क क्षेत्रमा पटक–पटक यात्रुहरूलाई लक्षित गरी झोला तान्ने, जोरजबरजस्ती गर्ने तथा शंकास्पद गतिविधि गर्दै हिँड्ने व्यक्तिहरूलाई बुधबार साँझ नियन्त्रणमा लिएको हो।पक्राउ परेकामध्ये ट्याक्सी चालक, होटल सञ्चालक तथा होटलका कर्मचारी समेतलाई रहेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईले जानकारी दिए । राजधानी भित्रिएका
काठमाडौं— आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले ५ प्रतिशत लाभांश दिने भएको छ । आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई उक्त लाभांश प्रस्ताव गरेको हो ।मंसिर २५ गते मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।
काठमाडौं— सहरी विकास मन्त्रालयका लागि चालू आर्थिक वर्षमा ९१ अर्ब ३४ करोड १७ लाख रुपियाँ विनियोजन गरिएको मध्ये २१४० कार्यक्रमका लागि विनियोजन गरिएको ६१ अर्ब ७६ करोड ३१ रुपियाँ रोक्का भएको छ । चालू आवको चार महिनाको मन्त्रालयको खर्च ४ प्रतिशत रहेको छ ।मन्त्रालयअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभागको कार्यक्षेत्रभित्र ४२ ओटा ठेक्का रुग्ण छन् । त्यसमध्ये ठेक्का किन नतोड्ने भन्दै ३७ ठेक्काको सूचना निकालिएकामा ३ ओटाको मात्र ठेक्का तोडिएको छ । सूचना निकालिएपछि ३६ ओटा सम्पर्कमा आई काम सुरु गर्ने अवस्था रहेको र एउटा सम्पर्कमा नै नआएको विभागले जनाएको छ । स्थानीय पूर्वाधार विकास विभाग अन्तर्गत १६ ठेक्
दाङ— बर्दियामा दाङ तुलसीपुरका २७ वर्षीय निरज चौधरीको गोली प्रहार गरी हत्या गरेको आरोपमा महावीर चौधरीलाई पक्राउ गरिएको छ। महावीर लुम्बिनीका पूर्वमुख्यमन्त्री डिल्ली चौधरीका भाई हुन्।महावीरलाई कैलालीको पैलारी गाउँपालिका–५ बाट आज बिहान करिब ३ बजे नियन्त्रणमा लिइएको बर्दिया प्रहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । प्रहरीले घटनामा प्रयोग भएको पेस्तोल समेत बरामद गरेको उनको भनाइ छ।मंसिर १९ गते बिहानै बर्दियाको राजापुर–४ स्थित हमार थारु घर रेष्टुरेन्टमा काम गर्दै आएका निरज चौधरीलाई महावीरले गोली हानेर हत्या गरेको आरोप छ।
काठमाडौं— हुलाकी राजमार्गअन्तर्गत कञ्चनपुरको मोहना नदी—डोकेबजार—बेलौरी—बेलडाँगी—दैजी सडक खण्ड निर्माणको ठेक्का तोडिएको छ ।सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गत योजना कार्यालय धनगढीले बिहीबार सडक निर्माणका लागि बाबा हन्स—सिद्धीसाई संयुक्त उपक्रम (जेभी) काठमाडौंसँगको ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी गरेको छ ।सडक स्तरोन्नतिका लागि आर्थिक वर्ष २०७३/७४मा ठेक्का सम्झौता भएको थियो । करिब २० किलोमिटर सडकमध्ये ५ किलोमिटर मात्र कालोपत्रे गर्न बाँकी रहेको छ । निर्माण प्रगति करिब ८२ प्रतिशत रहेको छ ।पटक—पटक ताकेता गर्दा काम नगरेको, प्रतिबद्धता बमोजिम काम नगरेको र साइ
काठमाडौं— नेकपा एमाले निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघभित्र अध्यक्ष पासाङ शेर्पालाई लिएर डेढ वर्षदेखि जारी विवाद अझ तीव्र बनेको छ । महासचिव पेमा गुरुङका अनुसार फौजदारी मुद्दामा अदालतबाट तीनै तहमा दोषी ठहर भइसकेका शेर्पालाई संगठनको शीर्ष जिम्मेवारीमा राखिराख्न केही नेताहरू सक्रिय भएपछि संगठनभित्र नैतिकता, अनुशासन र प्रक्रियाको गम्भीर प्रश्न उठेको छ ।उनले सार्वजनिक पद धारण गर्न अयोग्य ठहर भएको व्यक्तिलाई जोगाउन खोजिँदा सोझा कार्यकर्तालाई गुटगत भिडन्तको सिकार बनाउन खोजिएको आरोप लगाए । गुरुङले पासाङ शेर्पा सम्बन्धी मुद्दा लगायत महासंघको प्रतिनिधि चयन प्रक्रियामा समेत व्यापक अनियमितता र मनपर
काठमाडौं— सालपा विकास बैंकले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई लक्षित गरी आईपीओ निष्कासन प्रक्रिया सुरु गरेको छ । बैंकले सर्वसाधारणका लागि छुट्याइएको कुल शेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ७२ हजार ३८८ कित्ता शेयर विदेशमा रहेका नेपालीका लागि जारी गरेको हो ।बैंकलाई नेपाल धितोपत्र बोर्डले मंसिर ८ गते १०० रुपैयाँ अंकित दरका १७ लाख २३ हजार ८८० कित्ता, कुल १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको आईपीओ जारी गर्न अनुमति दिएको थियो । जारी हुने शेयर मध्ये ५ प्रतिशत अर्थात ८६ हजार १९४ कित्ता सामूहिक लगानी कोषका लागि, ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता कर्मचारीका लागि र १० प्रतिशत वैदेशिक
काठमाडौं— शोलुखुम्बुका कुशल कालीगढ मिङ्मा शेर्पाले हिमाली जिल्ला मुस्ताङको जोमसोममा घर सजावट तथा चढ्नका लागि प्रयोग हुने याकको डमि तयार गरेका छन् ।लदाकमा विशेष सिप सिकेपछि उनले मुस्ताङ आएर आफ्नै कला र सीपलाई प्रयोग गर्दै याकका यथार्थजस्ता डमिहरू बनाइरहेका हुन् ।उनका अनुसार, हालसम्म उनले मुस्ताङमै १० वटा याकको डमि निर्माण गरिसकेका छन् ।
काठमाडौं— नेकपा एमालेकी केन्द्रीय सदस्य तथा आसन्न महाधिवेशनका लागि अतिथि सत्कार उपसमितिको जिम्मेवारी सम्हालिरहेकी सुनिता बरालले महाधिवेशनलाई केवल पार्टीको कार्यक्रम नभई उत्सव, जिम्मेवारी र संगठन सुदृढीकरणको महत्वपूर्ण क्षणका रूपमा व्याख्या गरेकी छन्। क्षेत्र–क्षेत्रबाट निर्वाचित प्रतिनिधिहरूको सहभागिता रहने महाधिवेशन पार्टी जीवनकै ठूलो उत्सवजस्तै भएको बरालको भनाइ छ ।बरालका अनुसार महाधिवेशनले नेतृत्व परिवर्तन मात्र होइन, संगठनलाई समन्वय, सहकार्य र सामूहिक नेतृत्वतर्फ लैजाने बाटो खोल्छ । उनी भन्छिन्,,‘व्यक्ति–केन्द्रित बहस पार्टीको सिद्धान्तसँग मेल खाँदैन । सामूहिक नेतृत्वबाट मात्र थप बलिय
भादगाउँ। चाँगुनारायण नगरपालिका–९ ताथलीमा अवस्थित ताथली गढी र मनमोहक प्राकृतिक आकर्षणले भरिएको हलालगाउँ सिँढी पछिल्लो समय आन्तरिक पर्यटकको प्रमुख गन्तव्यका रूपमा विकसित भएको छ । स्थानीय इतिहास, प्राकृतिक सौन्दर्य र ग्रामीण जीवनशैली नजिकबाट नियाल्न चाहनेहरू यो क्षेत्रमा आकर्षित भएका हुन् । ताथलीगढी क्षेत्र ऐतिहासिक दृष्टिले महत्वपूर्ण मानिन्छ । यहाँ पुरातात्विक महत्वका सम्पदाका अवशेष पाइएका छन् । यहाँको आइतबारे र ठूलोपाखा वनस्थित गढीबाट काठमाडौँ उपत्यका, बनेपा र काभ्रेका विभिन्न भाग देख्न सकिन्छ । यहाँ दैनिक सयौँ आन्तरिक पर्यटक आउने गरेका चाँगुनारायण नगरपालिका–९ का वडासदस्य विद्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.